अहिले चिसो बढ्दो क्रममा छ । यो मौसममा केटाकेटी र बुढाबुढीको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्छ । दम तथा मुटुरोगबाट ग्रसित विरामीले झनै यो मौसममा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । चिसोबाट बच्न खानपानमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ—
– मनतातो पानीमा मह र कागती मिलाएर पिउनु लाभदायक हुन्छ ।
– अदुवा पानी उमालेर त्यसमा मह मिलाएर पिउनु हितकर हुन्छ ।
– भिटामिन ‘सी’युक्त फलफूलहरुको जुस पिउनुपर्दछ ।
– भुइँकटहरको जुस पनि यो समस्यामा लाभदायक हुन्छ ।
– लसुनको सुप रुघाको परम्परागत औषधि मानिन्छ ।
– लसुनलाई एक मिनेट उमालेर वा काँचै ५–६ केस्रा दैनिक सेवन गर्नु अत्यन्त स्वस्थकर मानिन्छ ।
– प्याजलाई पनि दैनिक भोजनमा समावेश गराउनुपर्दछ ।
– बेसार, मेथी, ज्वानो, अदुवा, जिरा, तुलसी आदि उमालेर पानी पिउनु चिसो तथा रुघाखोकीमा ज्यादै लाभदायक हुन्छ ।
– बाबरी (पुदिना) १० ग्राम हरियो प्याजको सेतो डाँठ पिनेर पानीमा उमालेर पिउनाले रुघा तथा चिसोका कारण हुने टाउको दुखाइमा लाभ गर्दछ ।













