• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन पहल

by
२८ माघ २०८०,
0
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन पहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ)। दक्षिण एसियाकै ठूलो दाबी गरिएको तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ ।

गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीयस्थलका रुपमा विकास गर्न लागेको हो ।

त्यसका लागि गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमका लागि सिद्धगुफा छनोट भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

जनपर्यावरणमैत्री तथा सिद्धगुफा विकास कार्यक्रममार्फत यस ठाउँको विकास गर्न लागिएको छ ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणापत्र पेश गरेपछि दुवै पक्षबीच सम्झौता भएको थापाले जानकारी दिए ।

स्थानीय तहले नवप्रवर्तनका माध्यमबाट स्थानीय सेवा प्रवाह, सुशासन र स्थानीय आर्थिक विकासमा योगदान दिने परियोजना प्रस्ताव पेश गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपयुक्त प्रस्ताव छनोट गरेको हो ।

यो कार्यक्रम सञ्चालन हुने पालिकाहरुले वार्षिक रु २५ लाख्भन्दा कम आन्तरिक आम्दानी भएकाले २५ प्रतिशत र रु २५ लाखमाथि वार्षिक आम्दानी भएका पालिकाहरुले ३० प्रतिशत लागत साझेदारी गर्नुपर्ने प्रावधान रहेको छ ।

सिद्धगुफा विकासका लागि नवप्रवर्तन साझेदारी कोषअन्तर्गत कूल लागत रु एक करोड तीन लाख ९५ हजार तीन सय बजेट रहेको छ ।

त्यसका लागि प्रदेश सरकारले रु ७५ लाख अनुदान दिएको छ भने गाउँपालिकाले रु २८ लाख ९५ हजार तीन सय लागत साझेदार गर्नेछ ।

उक्त कार्यक्रममा स्टोन ट्रेल, रक क्लाइम्बिङ, सौन्दर्यीकरण, सत्तल पाटी पौवा निर्माण, डिजिटल डिस्प्ले सञ्चालन, क्षमता विकासका कार्यक्रम, कला, संस्कृति संरक्षण, पर्यटकीयस्थलको प्रवद्र्धन लगायतका कार्यक्रम गरिने थापाले जानकारी दिए ।

उनले भने, “सिद्धगुफालाई दक्षिण एसियाकै ठूलो गुफा दाबी गर्ने गरिएको छ, यस ठाउँमा पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्न सकिन्छ भनेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।”

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेका एक सय नयाँ पर्यटकीय स्थलमध्ये सिद्धगुफा पनि एक हो । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्धगुफा समुन्द्री सतहबाट छ सय मिटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ ।

विसं २०४४ चैत १३ गते स्थानीय चन्द्रबहादुर साम्लीङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत पाँच जनाको समूहद्वारा पहिलो पटक सो गुफा पत्ता लागेको थियो ।

पुरातत्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्रागकालिन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी तीन हजार पाँच सय वर्ष पुरानो मानिएको छ ।

सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचिन वस्तु, अक्षर मेटिएका तामाका पैसा, माटोबाट बनेका टुक्की, पानीका घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरका दारा, टेराकोटाको शुल्पा र सानो थाल जस्ता सामग्री इसं १६ र १७औँ शताब्दी अघिका भएको अनुमान गरिएको छ ।

केही भागमा पानी भए पनि घामको प्रकाश नहुने भएकाले लेउ नलाग्ने हुँदा चिप्लो पनि छैन । करिब पाँच सय मिटरभित्रसम्म हिँडेपछि गुफाको आकार झनै ठूलो छ ।

लगभग आठ सय मिटर लम्बाइ रहेको यो गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौँ आकृति हेर्न सकिन्छ । कतै भगवानको मूर्ति त कतै चराचुरुङ्गी र जनावरका तथा विभिन्न आकृति भेटिन्छन् ।

भर्‍याङको सहायताले तल झरेपछि सबैभन्दा फराकिलो ठाउँमा पुगिन्छ । त्यहाँ सहासिक खेल र्‍यापलिङ (अँध्यारो गुफा भित्रको भिरमा डोरीको सहायताले माथिबाट तल झर्ने खेल) खेल्ने गरिने सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताए ।

Previous Post

नेप्से परिसूचकको ओरालो यात्रामा

Next Post

बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै

सम्बन्धित खबर

पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
Load More
Next Post
बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै

बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In