• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

    विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

    सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

    सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

    ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

    ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

    साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

    साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

    कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मौरीपालन व्यवसायले बदलिएको भाग्य

by
२६ माघ २०८०,
0
मौरीपालन व्यवसायले बदलिएको भाग्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ । सुन्दरबजार नगरपालिका वडा नंं ५ का ४६ वर्षीय मीनबहादुर गुरुङ आफूले गर्दै आएको सिकर्मीको काम छाडेर विसं २०६८ मा थप आयआर्जनका लागि कतार गए । त्यहाँ एक महिना काम गरेका उनले मासिक तलब नेपाली १७ हजार जति पाए ।

यति रकमले न परिवार खुसी हुने न आफू, न परिवारको भविष्य नै उज्ज्वल बनाउन सकिने भएकाले नेपालमै मौरीपालन व्यवसाय गर्नसके राम्रो हुने थाहा पाएर गुरुङ विदेश पुगेको एक महिनामै स्वदेश फर्किए । विदेश जाँदा लागेको एक लाख ५० हजार ऋण पनि तिर्न बाँकी नै थियो ।

स्वदेश फर्कनासाथ उनले छ–सात महिना सिकर्मीकै काम गरी आएको रकमले ऋणको ब्याज तिर्नुका साथै परिवारको गुजारा पनि चलाउँदै आए । अलिअलि रकम जम्मा गर्दै तीन हजार पाँच सयले सुरुमा एक घार मौरीसहितको घार खरिद गरे । त्यसबेला मकैबारीमा काम गर्दैगर्दा मौरीमाथि उडेर गएकाले यस्तो उडेर जाने माहुरी किन्नुभन्दा चामल किनेको भए परिवारले खान त पाउने थिए भन्दै आफूलाई गाली गरेको गुरुङले सुनाए ।

पहिलोचोटी परिवारको गाली खाए पनि फेरि सोही रकम बराबरको अर्को एक घार मौरीसहितको घार खरिद गरेर काम थालेका व्यवसायी गुरुङले विसं २०६९ मा युवा लक्षित कार्यक्रमबाट ४० हजार अनुदान प्राप्त भएपछि सो रकमबाट मौरीसहितको गोल घार थप्दै गएको र पछि यसको सङ्ख्या बढाउँदै अहिले दुई सय ७५ जति घार करिब सात रोपनी जग्गामा फैलिसकेको जानकारी दिए ।

विसं २०७३ मा सुजिता मौरीपालन तथा घार उद्योग तथा मौरीपालन स्रोत केन्द्र दर्ता गरेका उनले मौरीपालनमात्र नभई मौरीसम्बन्धी घार बनाउने, मौरीसम्बन्धी टोपी, स्टेन, आधार चाका, फ्रेमलगायत आवश्यक सामग्रीसमेत बनाउन थाले ।

सत्र जनालाई रोजगारसमेत दिलाएका व्यवसायी गुरुङले यतिका कर्मचारीबाहेक अन्यलाई समेत रुख काट्ने कामका लागि खटाउने गरिएको बताए । उनका अनुसार मह बिक्री, मौरिसहितका घार, खाली घार, मौरीसम्बन्धी विभिन्न उपकरणका सामग्री बिक्री गरेर बर्सेनि तीन करोडभन्दा बढीको कारोबार हुँदै आएको छ । आठ–नौ वर्षदेखि सबै खर्च कटाएर २५ लाखदेखि ३६ लाखसम्म मुनाफा हुँदै आएको छ । प्रतिकिलो एघार सयमा मह बिक्री गर्दा गत वर्ष तीन करोड ७६ लाखबराबरको कारोबार भएकामा यस वर्ष हालसम्म आठ लाख कमाई भइसकेको छ ।

यहाँ उत्पादित मह लमजुङसहित काठमाडौँ, गोरखा, पोखरालगायत अन्य ठाउँमा पुग्ने गरेका र लमजुङबाहेक विगत पाँच वर्षदेखि कास्की जिल्लास्थित रुपा गाउँपालिकामा ७५ वटा र चिवतनमा ५० वटा मौरीको घारसमेत राखिएको व्यवसायी गुरुङको भनाइ थियो ।

“मौरीका लागि धेरै खटिराख्नु नपर्ने र समयअनुसार हेरचाह गरे पुग्ने भएकाले बेलाबेलामा आफैँ पुगेर हेरचाह गर्दै आएको उनले जानकारी दिए । आफूसहित श्रीमती र पढ्दै गरेका दुई छोरा तथा एक छोरीले सहयोग गर्ने गरेका छन् । व्यवसायी गुरुङले भने, “पहिला खानालाउन समस्या हुन्थ्यो, अरुसँग ऋण माग्नुपर्ने थियो, घरव्यवहार चलाउनै नसक्ने अवस्थामा थिएँ । गरिब भएकै कारण अरुले हेला गर्दर्थे । धेरै दुस्खकष्ट व्योहोर्नुपर्यो तर अहिले धेरै राम्रो भएको छ । त्यतिबेलाको दुःख भुलेको छु । मौरी व्यवसायबाटै सफलता हुँदा यस पेसाले मेरो भाग्य नै बदलियो ।”

प्राप्त आम्दानीबाट गाउँ पालिकाको वडा नंं ५ गहतेमै लाखौँ मूल्यका दुईतले घर, सुन्दरबजारमा एक रोपनी जग्गासमेत उनले जोडिसकेका छन् । गायक पशुपति शर्माले गाएको गीत ‘मलाई अमेरिका पनि यहीँ, बेलायत पनि यहीँ, जापान पनि यहीँ, चिन्ता छैन केही’ भनेजस्तै भइरहेको छ भन्दै उनले गर्न सके विदेशमा मात्र होइन, आफ्नै गाउँठाउँमा पनि काम गर्न सकिनेमा जोड दिए ।

आफूले गर्ने कामको पहिचान गरेर अघि बढ्न सक्नुपर्ने सुझाव दिने व्यवसायी गुरुङ सुन्दरबजार नगरपालिकाबाट यस वर्ष उत्कृष्ट किसानका रूपमा सम्मानित हुनाका साथै विसं २०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत पुरस्कृत भइसकेका छन् ।

Previous Post

त्रिविको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक

Next Post

विज्ञानलाई चुनौती दिँदै आगोको भुँग्रोमा नाच

सम्बन्धित खबर

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा
जीवन शैली

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

३ जेष्ठ २०८३,
सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा
आर्थिक

सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

३ जेष्ठ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
जीवन शैली

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

३ जेष्ठ २०८३,
‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
आर्थिक

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

३ जेष्ठ २०८३,
साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड
आवाज

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

३ जेष्ठ २०८३,
कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण
समाचार

कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

३ जेष्ठ २०८३,
Load More
Next Post
विज्ञानलाई चुनौती दिँदै आगोको भुँग्रोमा नाच

विज्ञानलाई चुनौती दिँदै आगोको भुँग्रोमा नाच

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In