• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाँसको सिन्का उत्पादन गर्दै काठेखोला

by
२५ माघ २०८०,
0
बाँसको सिन्का उत्पादन गर्दै काठेखोला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ) । काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ । दुई वर्षदेखि काठेखोला-७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको हुँदा उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो । सङ्घीय सरकारको तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पुर्‍याइ सकेको हुँदा बनेका संरचनामा उद्योग सञ्चालन गर्ने काठेखोला-७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ देखि नै निर्माण सुरु गरेको उनले बताए । सङ्घीय सरकारले रु तीन करोड मात्रै औद्योगिक ग्राममा लगानी गर्ने भए पनि काठेखोला गाउँपालिकाले रु ५० करोडको विस्तृत योजना प्रतिवेदन (डिपीआर) गराएका काम अगाडि बढाएको उनको भनाइ छ । निर्माण भएका संरचनालाई प्रयोग गरी उत्पादनसँग जोडिँदै जाने र नयाँ संरचना पनि थप्दै जाने योजना रहेको अध्यक्ष लामिछानेले बताए । गाउँमा उत्पादन हुने कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसायको प्रवर्द्धनका लागि औद्योगिक ग्रामले महत्त्वपूर्ण भूमिका खेल्ने उनी बताउछिन् ।

उनले भने, ‘सबै संरचना निर्माण भइसक्दा धेरै समय लाग्छ, निर्माण भएका संरचनालाई प्रयोग गरी केही उद्योग सञ्चालन गरौँ भनेर लागेका छौँ, अहिले बनेका संरचनामा विद्युत् र सडकको पहुँच पुर्‍याएका छौँ, त्यसले गर्दा उपकरण जडान गरेर प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गरौँ भनेर लागेका छौँ, संरचना थपिँदै जान्छन्, अन्य उद्योग पनि बिस्तारै सञ्चालनमा ल्याउँदै जाने छौँ ।’ गाउँपालिकाका इन्जिनियर विनोद लामिछानेले सङ्घीय सरकार आउनुपर्ने रु तीन करोडमध्ये आव २०७७/०७८ मा पहिलो किस्तामा ९२ लाख, २०७९/०८० मा ८० लाख आएको र चालु आवमा पनि ८० लाख आउने बताए । यस वर्ष गण्डकी प्रदेशबाट पनि रु २० लाख विनियोजन भएको जनाउँदै कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ । औद्योगिक ग्रामसम्म जाने सडक स्तरोन्नति भएको जनाउँदै सीमित उद्योग सञ्चालनका लागि संरचना उपयोगी रहेको इन्जिनियर लामिछानेले बताए ।

काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले औद्योगिक ग्रामले स्थानीयलाई स्वरोजगार बनाउनुका साथै उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुग्ने बताए। औद्योगिक ग्राम निर्माणपश्चात् यहाँ साना, मझौला र ठूला सबै उद्योग यहाँ सञ्चालन हुने जनाउँदै उद्योग गर्न चाहने स्थानीयले यस ठाउँ गाउँपालिकाले उपलब्ध गराउने उनको भनाइ छ । गाउँपालिकामा रहेका युवा शक्तिलाई उद्योगधन्दा, व्यापार व्यवसाय गर्न प्रेरितसमेत गाउँपालिकाले गर्ने उनले बताए ।

Previous Post

नागरिकता किर्ते गरेर ६३ लाख ठगेको आरोपमा दुई जना पक्राउ

Next Post

अचानक पृथ्वी घुम्न छाडयो भने के हुन्छ ? थाहा पाउनुहोस् डरलाग्दो कुरा

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
अचानक पृथ्वी घुम्न छाडयो भने के हुन्छ ? थाहा पाउनुहोस् डरलाग्दो कुरा

अचानक पृथ्वी घुम्न छाडयो भने के हुन्छ ? थाहा पाउनुहोस् डरलाग्दो कुरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In