• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रित्तिँदै म्याग्दीका घुम्ती गोठ

by
२३ माघ २०८०,
0
रित्तिँदै म्याग्दीका घुम्ती गोठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । शरीरका लुगाफाटा च्यातिएका छन्। कपाल र दाह्री फुलेर सेता भएका छन्। गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन्।

उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ।

गोठमा भैँसीलाई चरनखर्कमा चराउने, घाँस दाउरा काट्नेदेखि बिहान–बेलुका गोठमा वस्तुभाउको स्याहारसुसार, कुँडो(भकारो उनको नियमित काम हो। जीवनको अधिकांश समय गोठमा बिताएका उनको गोठमा अहिले नौ भैँसी छन्। उहाँले परम्परागतरूपमा घुम्तीगोठ राखेर भैँसीपालन गर्दै आएका छन्।

घुम्तीगोठलाई यहाँका पशुपालक किसानले रुवाचौर, एकराते, नेपाने, नयाँवन, च्यामली, रुरुलगायतका लेकाली बुकीहरूमा गोठ सार्ने गर्छन्। गाउँको फेदीबाट बग्ने कालीखोलाको किनारमा रहेको काफलडाँडाको फाँटमा गोठ राखेका तुलाचनको गोठमा रहेका भैँसीमध्ये एक दुहुनो र तीनवटा ब्याउने छन्। ‘म सानैदेखि गोठमै हुर्किएको हुँ। बुबाआमा पनि गोठमा बस्नुहुन्थ्यो। देशविदेश पनि घुमेँ। भनेजस्तो नभएपछि गाउँ फर्किएर पुर्खाकै पेशा अँगालेर गोठाला बनेको हुँ’, उनले भने।

रोजगारीका लागि कोरिया गए पनि छ महिनामै फर्किनुपरेको र पुनः जापान जाने तयारी गरे पनि सफल नभएपछि गाउँ फर्किएको उनको भनाइ छ। गाउँ आएपछि सुरुमा कास्कीको नौडाँडाबाट म्याग्दी सदरमुकाम बेनीसम्म सामान ढुवानी गर्नेगरी खच्चड व्यवसाय शुरु गरेका तुलाचनले दुई महिनामै आफ्नो पुर्ख्यौली पेशा घुम्तीगोठमा पशुपालन शुरु गरेको विगत स्मरण गरे।

परिवारमा छ दाजुभाइ रहे पनि अन्यले काठमाडौँ, बुटवल, थाकखोलालगायतका ठाउँमा व्यापार व्यवसाय गरे पनि आफूले पुर्ख्यौली घुम्तीगोठलाई निरन्तरता दिएको उनको भनाइ छ। करिब १५ वर्षसम्म भेडाबाख्रापालन गरेका तुलाचनले दुई दशकदेखि भने भैँसीपालन गर्दै आएका छन्। २०–२५वटासम्म भैँसी पाल्ने उनले उमेर बढ्दै र कामको दौडधुप गर्ने शक्ति घट्दै गएपछि भैँसीको सङ्ख्या घटाउँदै लगेको जानकारी दिए।

गोठबाट दूध दिने भैँसी, राँगा र घिउ बिक्री गरेर हुने आम्दानीबाट आफ्नो घरखर्च चलेको उनले बताए। बेनीमा होटल व्यवसाय गर्ने आफ्नो छोरीसँगै श्रीमती पनि बजारमा बस्न थालेपछि तुलाचन भने गाउँकै घुम्तीगोठमा रमाएका छन्। ‘मलाई पनि गोठ नबस्न परिवारले भन्दै आएका छन्, तर तल बजारमा गएर म बस्नै सक्दिनँ। गाउँकै चिसो हावापानीमा बस्दा मलाई खुसी मिलेको छ। तागतले भ्याएसम्म म गोठमै उकाली–ओराली गर्ने सोचमा छु’, उनले भने।

घुम्तीगोठ भएकाले खर्क र बुकीमा गोठ सारिरहनुपर्ने र यसका लागि काम गर्ने व्यक्तिलाई ज्याला दिनुपर्दा गोठको दुःख आफूलाई आम्दानी जति गोठलाई हुने गरेको उनले बताए। ‘एक ठाउँमा गोठ बनाउन, तीन–चारजना मानिस चाहिन्छ, ठाउँ–ठाउँमा सरकारले घुम्तीगोठको अस्थायी टहरा बनाइदिए सहज हुने थियो, हामी गोठालाको कुरा कसले सुन्ने’, उनले गुनासो गरे।

गाउँबाट घुम्ती गोठ रित्तिन थालेका छन्। बढ्दो वैदेशिक रोजगारका कारण गोठमा युवापुस्ताको आकर्षण छैन। गोठ बस्ने दौतरी गाउँ र सहर पसेपछि साथी भेट्नसमेत मुस्किल पर्ने गरेको उनी गुनासो गर्छन्। तुलाचनको उमेरका गोठ बस्ने व्यक्ति अहिले गोठमा भेटिन कठिन हुने मल्कबाङका भेडापालक किसान देवान छन्त्यालले बताए। गोठमा गरिने परम्परागत पशुपालन व्यवस्थित र व्यावसायिक नहुँदा युवापुस्ता आकर्षित हुन नसकेको उनको भनाइ छ।

Previous Post

वर–पिपल र पानीका मुहान जोगाउन बाँस हटाउने अभियान

Next Post

नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते गरिने

सम्बन्धित खबर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित
फिचर-ब्यानर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

३१ बैशाख २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
फिचर-ब्यानर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

३१ बैशाख २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
समाचार

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

३१ बैशाख २०८३,
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
समाचार

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

३१ बैशाख २०८३,
सगरमाथा आरोहण मार्ग खुला
फिचर-ब्यानर

सगरमाथा आरोहण मार्ग खुला

३१ बैशाख २०८३,
Load More
Next Post
नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते गरिने

नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In