• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धुलिखेल–खावा सडकः प्रधानमन्त्रीको निर्देशन पनि वास्ता गर्दैनन् ठेकेदार, ठेक्का तोडिँदै

by
२३ माघ २०८०,
0
धुलिखेल–खावा सडकः प्रधानमन्त्रीको निर्देशन पनि वास्ता गर्दैनन् ठेकेदार, ठेक्का तोडिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको काम सुस्त भएको छ । चार किलोमिटर उक्त सडकखण्ड विस्तारकार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा यस सडकखण्ड विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो । कार्यालयले सोमबार सूचना जारी गर्दै उक्त सडकखण्डमा कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेपछि ठेक्का तोड्न लागिएको जनाएको छ । सूचनामा ठेक्का नतोड्नु पर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न कार्यालयले निर्माण कम्पनीलाई समय दिएको छ ।

पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणको काम बीचमा छाडेर कम्पनी सम्पर्कविहीन भएकोसमेत सूचनामा उल्लेख गरिएको छ । कम्पनीले आउँदो चैत १९ गतेसम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । सम्झौताको समयावधि नजिकिँदै गर्दा एकतिहाइ समेत काम नसकिएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको जनाएको हो ।

उक्त सडकखण्ड विस्तारका लागि व्यवसायीसँग २० करोड १९ लाख ४६ हजार पाँच पाँच सय एकमा सम्झौता गरिएको थियो । कार्यालयले ठेक्का तोडेर कार्यसम्पादन जमानतबापतको रकमसमेत जफत गर्ने योजना बनाएको जनाइएको छ । साथै बाँकी काम सम्पन्न गर्न लाग्ने लागत समेत यसै निर्माण कम्पनीबाट असुलउपर गरिने कार्यालयले जनाएको छ ।

गत मंसिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन समेत ठेकेदार कम्पनीले अटेर गर्दै आएको छ । यस्तै निर्धारित समयमा काम सम्पन्न गराउन जिल्लास्तरमा सरोकारवालाको पटक–पटक छलफल भए पनि ठेकेदार कम्पनीले काम गर्न आलटल गर्दै आइरहेको थियो । समयमै काम सम्पन्न नहुँदा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुँदा यस सडक भएर आवतजावत यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आइरहेका छन् । दैनिकजसो दुर्घटना हुने गरेको छ ।

निर्माणकार्यका लागि हाल आधा दर्जनको सङ्ख्यामा मजदुरको भरमा निर्माण कम्पनीले समय बिताइरहेको छ । जिल्ला तहमा उक्त कम्पनीलाई म्याद थप नगर्न दबाब बढिरहेको छ । ‘प्रमको प्रशासनिक तहमार्फत निर्माण कम्पनीलाई निर्देशन दिनुभएको खबर पाइयो, तर त्यसपछि पनि निर्माण व्यवसायीले अटेर गरेको देखिन्छ’, धुलिखेल नगरपालिका–८ का वडाध्यक्ष विनोद गौतमले भने ।

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो । कार्यालयका इञ्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार उक्त सडकखण्डको ठेक्का लिएको निर्माण व्यवसायीले काममा ढिलाइ गरेका हुन् । डिभिजन कार्यालयले निर्माण व्यवसायीले सुरुआती चरणदेखि नै काममा ढिलाइ गरेपछि कार्यालयले पटक–पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको उनले बताए ।

उनका अनुसार निर्माण व्यवसायीले कुनै पनि पत्रको जवाफ पठाउने गरेका छैनन् । पत्रको बेवास्ता गरेपछि कार्यालयले पुनः पटक–पटक सार्वजनिक सूचना जारी गर्दै गैरजिम्मेवारीपन देखाएको जनाउँदै समय सीमा दिएर लिखित स्पष्टीकरण पेस गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको थियो । सरोकारवालाले निर्माण व्यवसायीले उक्त सडकखण्डबाट अनधिकृतरूपमा माटो र ढुङ्गा निकालेर अन्यत्र बिक्री गरेको आरोपसमेत लगाउँदै आएका छन् ।

सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ ।

यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । चार महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामो दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् भने दैनिक दुई हजार पाँच सय मालवाहक सवारी गुड्ने गर्दछन् ।

Previous Post

इन्टरपोल मार्फत १०९ जना नेपाली र विदेशी नागरिकको खोजीमा नेपाल प्रहरी

Next Post

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदै कारोबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In