• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेटौडा औद्यौगिक क्षेत्रका दुई दर्जन उद्योगको सम्झौता खारेजको प्रक्रिया सुरु

by
२२ माघ २०८०,
0
हेटौडा औद्यौगिक क्षेत्रका दुई दर्जन उद्योगको सम्झौता खारेजको प्रक्रिया सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागमती । उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हेटौडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय हेटौँडाले सो सम्झोता पत्र खारेजको काम अगाडि बढाएको हो । “सम्झौता गरेर जमिन ओगेट्ने काम मात्र भयो, उद्योग सञ्चालन भएन । फलस्परुप कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ”, कार्यालयका प्रमुख भोजराज विडारीले भने । उनका अनुसार केही उद्योगका सम्झौता खारेज गर्दा जिल्ला अदालत मकवानपुरमा मुद्दासमेत दायर गरिएका छन् ।

हेटौँडा वडा नं ८ मा रहेको उक्त औद्योगिक क्षेत्रमा एक सय ४७ मध्ये एक सय १५ वटा उत्पादनमूलक उद्योग सञ्चालन छन् । बन्द भइसकेकामा नौ, निर्माणाधी २३ उद्योग रहेका कार्यालयबाट प्राप्त तथ्याङ्कमा जनाइएको छ । ती उद्योगमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ ।

औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उक्त क्षेत्रमा यसअघि तीन सिफ्टमा सञ्चालन हुने उद्योग अहिले एक सिफ्टमा सञ्चालन हुने गरेका छन् । कतिपय उद्योग कहिले सञ्चालन हुने र कहिले बन्द हुने अवस्थामा रहेका प्रमुख विडारीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय यहाँ सञ्चालित अधिकांश उद्योगको उत्पादन र बिक्ती घट्दै गएको छ ।

उद्योगको अवस्था तीन वर्षयतादेखि दिनप्रतिदिन खस्किँदै गएको, लगानी अनुसार प्रतिफल प्राप्त नहुँदा नोक्सानी बढ्दै गएको विडारीको भनाइ थियो । कोरोना महामारीका साथै अन्य विभिन्न कारणले भएको आर्थिक तथा व्यावसायिक मन्दिले उद्योग र व्यवसायको अवस्थामाथि उठ्न नसकेको उनले बताए ।

यसैबीच, उद्योगको आर्थिक अवस्था कमजोर हुँदै गएकाले भाडा दिनमासमेत समस्या भइरहेको उद्योगीको गुनासो छ । यहाँ सञ्चालित उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, बिक्री नहुनु, बजार व्यवस्थापनमा समस्या, आर्थिक मन्दिलगायत कारणले कमजोर बन्दै गएका उद्योग वाणिज्य सङ्घ हेटौडाका पदाधिकारीको भनाइ छ ।

“अहिले बजारको अवस्था कमजोर बन्दै गएको छ । पसल र सटर खाली हुँदै गएका छन् । उद्योगबाट उत्पादित सामान बिक्री हुँदैनन् । उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको छ । थप लगानीका लागि बैंकले ऋण दिदैँनन्”, हेटौडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भने ।

यस क्षेत्रमा निर्माणसम्बन्धी सामग्री उद्योग पाँच, प्लाष्टिक सामग्रीसम्बन्धी २८, विद्युतीय सामग्रीसम्बन्धी तीन, खाद्यन्न तथा पेय पदार्थका ११, फर्निचरका छ, इञ्जिनियरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकलतर्फ ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल उद्योतर्फ एक, खानीजन्यतर्फ तीन र अन्यमा १० वटा उद्योग सञ्चालित छन् ।

उक्त औद्योगिक क्षेत्रभित्र सरकारी र गैरसरकारी कार्यालय तथा विभिन्न सङ्घसंस्थातर्फ ११ कार्यालय रहेका छन् । यस औद्योगिक क्षेत्रको विसं २०२० मङ्सिर २० गते स्थापना भएको थियो । औद्योगिक क्षेत्रको तीन हजार दुई सय २८ रोपनी जग्गा रहेको छ ।

Previous Post

अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमै राख्न अदालतको अनुमति

Next Post

सवा एक खर्ब रुपैयाँको हिसाबः नाम बूढीगण्डकीको, खर्च अन्तै ?

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
सवा एक खर्ब रुपैयाँको हिसाबः नाम बूढीगण्डकीको, खर्च अन्तै ?

सवा एक खर्ब रुपैयाँको हिसाबः नाम बूढीगण्डकीको, खर्च अन्तै ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In