• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गरिब बस्तीमा जाडो छल्न ‘घूर’ र ‘चटाइ’

by
७ माघ २०८०,
0
गरिब बस्तीमा जाडो छल्न ‘घूर’ र ‘चटाइ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । कठ्याङ्ग्रिँदो यो जाडो छल्न यहाँका पराले झुप्राका गरिब बस्तीमा ‘घूर’ (पातपतिङ्गर बटुलेर सल्काइएको आगो) र परालका लुइँठा बटारेर बनाइएका चटाइ नै सहारा बनेका छन् । ‘घूर’ का वरपर बसेर तातिएको अनुभूति लिन र सुत्दा चटाइको सहाराले उज्यालो पर्खने गरिब बस्तीको नियति नै बनेको छ ।

भङ्गाहा नगरपालिका–३ सकरी मुसहरीटोलकी रामराजी सदा ससाना नानीलाई पराले चटाइ ओढाएर सुताउने प्रयत्न गर्छन् । जाडो छल्ने यिनै चटाइ पनि सबै परिवारका सदस्यलाई ढाक्नेगरी जोहो गर्न नसकिएको रामराजीको व्यथा छ । ‘चटाइ पनि दुईमात्र छन्, नानीहरु कसैगरी निदाए भने आपmूहरु तिनै निदाएको हेरेर सन्तोस गरिन्छ’, रामराजी भन्छन्, ‘अब आधा माघ कटेपछि घाम देखिने भन्ने आश छ ।’

यो सकरी मुसहरीटोलकी रामराजीको मात्र व्यथा नभई जिल्लाका सबैजसो भेगमा बसोबास गर्ने आम मुसहरको व्यथा हो । मुसहरमात्र नभएर यहाँका बाँतर, मेस्तर, डोम, दुसाध र हलखोर जाति समुदाय आर्थिक अवस्थाले अत्यन्त पछि देखिन्छन् ।
बाँसको खाँबा र झिक्राझिक्रीको बार ९बेराघेरा० का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइ÷चौडाइका झुप्रा गरिबको घर संसार हुन् । ‘हजुर, हाम्रो चिसो छल्ने यही सहारा हो’, बलवा नगरपालिकाको भगवतीपुर बस्तीकी करिब ६० वर्षीया पुरनी सदा मुसहर भन्छन् ।

‘रात कटाउन पराल र चटाइ छ, उज्यालो भएपछि घूर हुन्छ ।” लगातार बढ्दै गएको चिसोले बिहानै मजदुरी गर्न जान नपाएपछि खाने कुराको पनि समस्या बढेको पुरनीको थप पीडा छ । रामराजी, पुरनीजस्तै भङ्गाहा–८ धर्मपुरको अन्हारवन बस्तीकी हेमकली बाँतरको पनि पीडा उस्तै छ । ‘न खाने कुरा यो भन्ने छ, न ओढ्ने, बस्ने लुगा’, ५० वर्षीया हेमकलीले भने, ‘हामी गरिबलाई हेर्ने कोही छैनन्, यसपालिको जाडोबाट बाँच्न कठिन छ ।’

महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । यीमध्ये भङ्गाहा, गौशाला, औरही, बर्दिबास र लोहारपट्टि नगरपालिकामा अन्यभन्दा बढी मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले अति नै पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् । दुवै जातिको रीतिथिति समान नै देखिने भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालको भनाइ छ ।

मुसहर जिल्लाका सबै स्थानीय तहमा रहे पनि बाँतर बस्ती भने भङ्गाहा नगरक्षेत्रमा मात्र छन् । आफ्नो नगरक्षेत्रमा मुसहर र बाँतरको एक ठाउँ गणना हुँदा फरक÷फरक जाति समुदाय बसोबास तालिकाको अभिलेखमा मुख्य स्थान ओगट्ने भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साह स्वीकार गर्छन् । जिल्लामा अहिले मुसहर, बाँतर दुवै मिलाएर ४० हजारको हाराहारी जनसङ्ख्या पुगेको छ । त्यसमा मुसहरको २७ हजार तीन सय ५२ रहेको पछिल्लो राष्ट्रिय जनगणना तथ्याङ्क–२०७८ ले देखाएको छ ।

करिब ४० हजारको हाराहारी पुग्नै लागेको जनसङ्ख्याभित्रका मुसहर, बाँतर समुदायबाट प्रवेशिका उत्तीर्ण गर्नेको सङ्ख्या ५० कटेको छैन । विद्यालयमा प्रत्येक वर्षजसो भर्ना अभियानका नाउँमा यी समुदायका बालबालिकाको नाउँ विद्यालयमा लेखिए पनि गरिबी र अभावले टिक्न सक्दैनन् ।

‘सबै स्थानीय तहमा दैवीप्रकोप उद्धार कोष छ, प्रत्येक जिल्लामा सरकारका मुख्य प्रतिनिधि मानिने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति छ’, नेपाल सरकारको सहसचिवबाट सेवानिवृत्त हुनुभएका भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेल भन्छन् ‘सेवानिवृत्त भएर घर बसेको २० वर्ष हुन लाग्यो, कहिल्यै प्रकोपको पूर्वतयारी कसैले गरेको देखिँदैन ।’ सेवाप्रदायक निकाय उत्तरदायी हुन नसक्दा सालसालै चिसोकै कारण ज्यान जाने र दीर्घरोगले ग्रसित हुने बढिरहेका भुजेलको भनाइ छ ।

Previous Post

तराई मधेसमा शीतलहरले जनजीवन आक्रान्त

Next Post

जसले कुँदे भगवान् रामको भव्य मूर्ति

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
जसले कुँदे भगवान् रामको भव्य मूर्ति

जसले कुँदे भगवान् रामको भव्य मूर्ति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In