• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आहा ‘बराह ताल’

by
२८ पुस २०८०,
0
आहा ‘बराह ताल’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल। हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो। बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन। ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे। अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ।

घना जङ्गलको बीचमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। सिद्धबराह मन्दिर पनि यही ताल छेउमै छ। त्यसले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ। पदयात्राका लागि निकै सम्भावना बोकेको बराह तालमा भौगोलिक विकटताका कारण अघिल्लो वर्षसम्म सडक पुगेको थिएन। गाउँपालिकाले गत वर्षमात्रै भयरबोङ्गा, मुठाचौर हुँदै यहाँ सडक पुर्‍याएको छ।

पहाडको टुप्पोमा रहेको तालमा ढोरपाटन नगरपालिकाको अधिकारीचौर, तनमाखेला–२ खोलेस्बाङ र भयरबोङ्गा गाउँबाट सहजै पुग्न सकिन्छ। गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट पैदल यात्रा गरेको दुई घण्टामै यहाँ पुग्न सकिन्छ भने गाडीमा एक घण्टामै पुग्न सकिन्छ। पालिका केन्द्रदेखि खोलेस्बाङसम्म गाडी र एक घण्टाको जङ्गलमा पैदल यात्रा गरी करिब ४५ मिनेटमा तालसम्म पुग्न सकिन्छ।

तालसम्म पुग्नका लागि धेरै गोरेटो रहेको हुँदा पर्यटकलाई यहाँ पुग्न समस्या छैन। ताल र छेउँमै रहेको सिद्ध बराह मन्दिर तथा यहाँबाट देखिने अनगिन्ती हिमश्रृङ्खला र दृश्यले जोकोहीलाई मोहित पारिरहेको छ। बागलुङ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको ताल अघिल्लो वर्षसम्म व्यवस्थित बन्न सकेको थिएन। गाउँपालिकाले केही वर्षयता निरन्तर काम गर्दै आएपछि पर्यटक पनि बढ्न थालेका छन्। केही वर्ष अगाडिसम्म गाउँलेले पूजा गर्ने ठाउँ बराह ताल क्षेत्र हो।

गोठालाले पशुचौपाया चरन क्षेत्रका रुपमा सो क्षेत्र प्रयोग गर्ने गर्छन्। वर्षौं पहिले बनेको जीर्ण मन्दिर, खुला ताल र अव्यवस्थित तालका कारण पर्यटक पुग्न सकेका थिएनन्। गाउँपालिकाले मन्दिरको पुनर्निमाणसँगै प्रचारप्रसार थालेपछि अहिले आन्तरिक पर्यटक आकर्षित हुँदै गएका छन्। तमानखोला–२ मुठाचौरमा रहेको बराह तालमा गाउँपालिका र प्रदेश सरकारले अहिलेसम्म रु एक करोड बढी लगानी गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए।

लामो समयदेखि अव्यवस्थित बनेको तालको संरक्षणसँगै अन्य संरचना बनाएपछि अहिले निकै व्यवस्थित बनेको अध्यक्ष बुढामगरको भनाइ छ। पालिकाले ताल र मन्दिर नजिकै शौचालय, खानेपानीको व्यवस्थापनसँगै घेराबार गरिरहेको उनले बताए। पदमार्गसमेत निर्माण भइसकेको हुँदा पर्यटकलाई सहज भएको बुढामगर बताताउँछन्।

ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। वैशाखे पूर्णिमामा बागलुङका विभिन्न स्थान, गुल्मी, प्यूठान, अर्घाखाँचीलागायत ठाउँबाट भक्तजन पूजाआजा गर्न यहाँ आउने गर्छन्। यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत दर्जनौँ हिमशृङ्खला देखिने अध्यक्ष बुढामगरको भनाइ छ। यो याम घुमफिर र वनभोजको हुँदा बिदाका दिन सयौँ मान्छे बराह ताल पुग्ने गरेका छन्। –डम्मर बुढा मगर

Previous Post

बलिउडः राखीको जमानत निवेदन खारेज, पक्राउ सम्भावना उच्च

Next Post

बलात्कार आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

बलात्कार आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In