गंगा खड्का
“जे होस्, मैले तिमीलाई खराब हालतमा छोडिदिए पनि तिमीले त निकै उन्नति गरिछ्यौ । बधाई छ तिमीलाई । “पन्ध्र वर्षअघि पारपाचुके गरिसकेको लोग्नेले उषालाई एउटा सेमिनारमा भेटेर भन्यो ।
उषाले पनि आफू आशिन पद, प्रतिष्ठा र मर्यादाको आडमा बडो रवाफिलो पारामा व्यङ्ग्य प्रहार गरी— “के गर्नु त महोदय ! खुट्टामा लागेको चोटले हिँड्न मात्रै सिकाउने रहेछ तर मनमा लागेको चोटले त जिन्दगी नै बदल्न सिकाउने रहेछ ।”











