नेपालका लागि हुन्डाईगाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंक लिमिटेड सँग आफ्नो इलेक्ट्रिक भेहिकल (EV) कालागि वित्तिय सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापछि ग्राहकहरूले आफ्ना हुन्डाईईभी हरू ग्लोबल आइएमई बैंक मार्फत १२.९९% ब्याजदरमा फाइनान्स गर्न सक्नेछन्।यो योजना अन्तर्गत खरिद गरिएका सवारीसाधन ३ दिनभित्रमा उपलब्ध गराइने छ । ग्लोबल आइएमई बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड सँगको मर्ज रपूरागरेपछि चुक्ता पुँजीको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ।यसरी दुईपक्षबीच भएको सम्झौताले हुन्डाईका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहजता प्रदान गर्ने विश्वास लिईएको छ।
ग्राहकहरूले ग्लोबल आइएमईको कुनै पनि शाखा वा हुन्डाईका देश भर रहेका १७ वटा शोरुममा गएर सम्बन्धित विभागमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन् । हुन्डाईको KONA र IONIQ 5 नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीमा पर्छन् । यो सम्झौता सँगै ग्राहकहरूले दुवै विकल्पहरू सजिलै खरिद गर्न सक्नेछन्।
हुन्डाई मोटर कम्पनीले दिगो विकासको लागि गरेको प्रतिबद्धता सँग हुन्डाई नेपाल ले ऐक्यबद्धता जनाउँदै आफ्नो “Be (v) the change” अन्तर्गत विभिन्न सामाजिक (आर्थिकयोजनाहरू अगाडि बढाएको छ ।ग्लोबल आईएमईबैंक संग भएको यो समझदारीले पनि देशैभरीका विद्युतीय सवारीप्रेमीहरू लाई सवारीसाधन खरिद गर्न प्रोत्साहन गर्दै दिगो भविष्य को लक्ष्यमा अगाडि बढ्न सघाउने आशा गरिएको छ।













