• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव

    निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव

    नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

    नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

    राष्ट्रपतिसँग सभामुखको भेट

    राष्ट्रपतिसँग सभामुखको भेट

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

    भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    चिप अभावले महँगिँदै मोबाइल

    चिप अभावले महँगिँदै मोबाइल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्षतिग्रस्त खानेपानी योजना मर्मतपछि सञ्चालन

by
२३ पुस २०८०,
0
२३ वर्षपछि बस्तीमा धारा वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर । बाढीले क्षति भएको सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २ गते आएको बाढीले पूर्णरुपमा क्षति भएको आयोजना मर्मतपछि सञ्चालन आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएपछि यहाँका तीन सय १८ परिवारले पानीको समस्या भोग्दै आएका थिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले मुहानस्थलको पुनःनिर्माण गरेर बस्तीमा पानी पुर्याएको हो । बन्द अवस्थामा रहेको आयोजना सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजनाका अध्यक्ष उद्धवराज त्रितालले बताए ।

सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइरहेको यो आयोजनाबाट तीन सय ८६ घर परिवारमध्ये एक सय १८ परिवारले पानीको उपभोग गर्दै आएका छन् । अहिले सबै परिवारमा पाइप जडान कार्यसम्पन्न भएकाले केही दिनभित्र सबै परिवारमा पानी वितरण हुने उनले बताए ।

‘निर्माणको अन्तिम अवस्थामा रहेको आयोजना बढीले बगाएपछि हामीलाई पानीको समस्या थियो’, अध्यक्ष त्रितालले भने, ‘पुनः निर्माण गरेर पानी बस्तीमा पुर्याएका छौँ । अहिले यहाँको पानीको समस्या हटेको छ ।’

बाढीले क्षति पुगेको आयोजनाको पुनःनिर्माण भएर बस्तीमा पानी पुगेपछि सहज भएको स्थानीयवासी ललित राईले बताए । पानी नहुँदा समस्या भइरहेको अवस्थामा कार्यालयको सक्रियताले पुनः बस्तीमा पानी पुगेपछि सहजता भएको उनको भनाइ छ । ‘बाढीले आयोजना बगाएपछि बस्तीमा पानीको हाहाकार नै भएको अवस्था थियो’, उनले भने, ‘आयोजना बगाएको करिब पाँच महिनामा पुनःनिर्माण भएको छ । बस्तीमा पानी पुगेपछि धेरै सहज भएको छ ।’

बाढीले क्षति भएको आयोजनाको पुनः मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । आयोजना निर्माणको काम सम्पन्न भएकाले अब उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए ।

‘निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा यहाँ बाढीले क्षति पुर्यायो’, उनले भने, ‘अहिले पानी पुनःनिर्माण गरेर बस्तीमा पानी पुर्याएका छौँ । निर्माण काम पूरा भएकाले यो योजनालाई उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी भइरहेको छ ।’ कूल अनुमानित ११ करोड ११ लाख आठ हजार नौ सय २७ लागतमा आर्थिक वर्ष २०७५/७६ बाट यो योजनाको निर्माण थालिएको हो ।

Previous Post

काभ्रेमा चिसोबाट प्रभावित विपन्न समुदायको पहिचान गर्न निर्देशन

Next Post

बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

सम्बन्धित खबर

निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव
फिचर-ब्यानर

निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव

१६ अशोज २०८३,
नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन
फिचर-ब्यानर

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

१६ अशोज २०८३,
राष्ट्रपतिसँग सभामुखको भेट
समाचार

राष्ट्रपतिसँग सभामुखको भेट

१६ अशोज २०८३,
सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान
फिचर-ब्यानर

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

१६ अशोज २०८३,
भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
फिचर-ब्यानर

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

१६ अशोज २०८३,
चिप अभावले महँगिँदै मोबाइल
फिचर-ब्यानर

चिप अभावले महँगिँदै मोबाइल

१६ अशोज २०८३,
Load More
Next Post
बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In