• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर्वसाधारणका लागि कहिलेदेखि खुल्ला ओलीले बनिनसक्दै अढाइ वर्षअघि नै उद्घाटन गरेको धरहरा ?

by
२३ पुस २०८०,
0
सर्वसाधारणका लागि कहिलेदेखि खुल्ला ओलीले बनिनसक्दै अढाइ वर्षअघि नै उद्घाटन गरेको धरहरा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आगामी नयाँ वर्षदेखि धरहरा अवलोकन गर्न पाइने गरी निर्माण सम्पन्नताको तयारी भइरहेको छ । काठमाडौँको सुन्धारामा धरहरा निर्माणको काम सकिनै लागेकाले चैत मसान्तभित्रमा सम्पूर्ण काम सकेर वैशाखदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको हो । आगामी २०८१ वैशाख १ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुल्ने निर्माण कम्पनी रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर रमेश पौडेलले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमै हतार(हतार उद्घाटन गरेको धरहरा निर्माण अझै पनि सकिएको भने छैन । निर्माणको काम ९० प्रतिशत मात्रै भएको छ । जबकि ०७५ असोज १४ मा बनाउन सुरू गरिएको धरहराको निर्माण सकिने म्याद पाँच पटकसम्म थपिएको छ ।

सुरूमा ठेक्का सम्झौता अनुसार सकिनुपर्ने अवधि २०७७ असोज १४ थियो । तर आगामी चैत मसान्तसम्ममा पनि काम नसकिने हो कि भन्नेमा अझै अन्योलमा छ ।

६र६ महिनाको दरले म्याद थप गर्दै आए पनि यसको निर्माण कार्यमा स्थानीयको रोक तोक, निर्माण कम्पनीको कमजोरी तथा भूकम्पका कारण काम रोकिएको जस्ता अनेक बनिरहेका छन् । यस धरहरा निर्माणको ठेक्का जीआईईटीसी(रमण जेभीले पाएको हो । धरहरा निर्माणका लागी ३ अर्ब ४८ करोड १६ लाख रूपैयाँ ठेक्का मा उक्त कम्पनीलाई दिइएको हो । अहिलेसम्म २ अर्ब भन्दा बढी रकम भुक्तानी भइसकेको छ ।

२०७८ वैशाख ११ मै उद्घाटन भइसकेको भए तापनि धरहरा सर्वसाधारणका लागि भने अझै पनि खुल्ला भएको छैन । निकै फुर्ती र तामझामका साथ तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दा समग्रमा आयोजनाको काम ४० देखि ४५ प्रतिशत मात्रै सम्पन्न भएको थियो ।

काम ढिला हुनुको मुख्य कारण सुरूमा कोभिडको आतङ्क भएको ठेकेदार कम्पनीको दाबी छ । ‘काम पनि नगरेका होइनौँ, सुरूमा ठेक्का निकाल्दा पाँच रोपनी जग्गाभित्र निर्माणको काम उल्लेख थियो । पछि काम गर्दै जाँदा ४२ रोपनी पुर्‍याइदिए,’ आयोजनाका एक इन्जिनियरले भने ।

उनका ठाउँ थपिएपछि त्यसका लागि नक्सा, सामान, दक्ष जनशक्तिको व्यवस्थापन आदि साना(ठूला बाधाहरूले गर्दा पनि निर्माण ढिला हुन पुगेको हो ।

अहिले निर्माण भएको धरहरा दुई तल्ला अन्डरग्राउन्डसहित २२ तल्लाको छ । जसमा तीन तले छुट्टै अन्डरग्राउन्ड पार्किङको व्यवस्था छ । पार्किङमा चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिन्छ । पहिले ९ तले धरहरा अहिले २२ तले बनेको छ । जसको उचाइ भूमिगत तलासहित ९२ मिटर रहेको एक इन्जिनियरले जानकारी दिए ।

जमिनबाट गजुरसहित धरहरा भने ८३ मिटर छ । धरहराभित्र दुई वटा लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले मात्र यात्रा गर्न सक्नेछन्, अर्थात् लिफ्टको क्षमता ६८० किलो छ । लिफ्ट बाटा २० औँ तलासम्म जान सकिन्छ । २० तलासम्म पुग्न जम्मा ३७र३८ सेकेन्ड लाग्ने लिफ्ट अपरेटर अरविन यादवले जानकारी दिए । अहिले लिफ्ट हल्लिने समस्या भएकाले यसको मर्मतका लागि टिम बोलाइएको र २र३ दिनभित्रमा लिफ्ट हल्लिने समस्या हट्ने उनले बताए ।

‘लगभग ९० प्रतिशत काम सम्पन्न भयो । बाँकी रहेको काम त्यही फिनिसिङ, म्युजियममा मार्बल, फलसिलिङ, बिजुलीको काम मात्रै बाँकी छ । केही बाधा(अड्चन नआए चैतसम्ममास क्ने लक्ष्य छ,’ एक इन्जिनियरले भने ।

कहिले टाइममा निर्णय नदिने, कहिले नक्सा थप्नुपर्ने, कहिले सामनहरुको समस्याका कारण निर्माण लम्बिएको हो । ठुला सामानहरू चीन र भारतबाट ल्याउनुपर्ने हुँदा भन्सार बोर्डर गर्दा केही सामान ल्याउनै ३८ दिन जति लाग्ने हुँदा पनि काम मा ढिला भएको एक इन्जिनियरले जानकारी दिए ।

धरहरा अवलोकन गर्न नपाउँदा सर्वसाधारणहरू भने निराश छन् । धरहरा छेउमै रहेको पुलमा बसेर फोटो खिचेरै भए पनि चित्त बुझाइरहेका एक युवक भन्छन्, ‘अब नयाँ वर्षमा धरहरा चढेर नयाँ सालको सुरूवात गर्न मन छ ।’ निर्माण गर्न ढिला भए तापनि पक्की र दीर्घकालीन बने राम्रो हुने उनले बताए ।

‘धरहरा बन्नलाई पाँच वर्षभन्दा पनि बढी समय लागिसक्यो । नेपालीहरूले निकै प्रतीक्षा गरिसक्यौं तर पनि निर्माण सम्पन्न होला र अवलोकन गर्न पाइएला भनेर यतिका वर्ष कुर्नु पर्‍यो,’ एक युवक भन्छन् । आफूलाई धरहरा चढ्न र धरहराको टुप्पोमा पुगेर भिडियो र फोटो खिच्न हतार भएको एक युवती बताउँछिन् । तर नयाँ सालदेखि धरहरा चढ्न पाउने कुरामा भने उनी खुसी छिन् ।

स्रोतः रूपेश आचार्य
आईएनएस/स्वतन्त्र समाचार

Previous Post

इरानकी एक महिलालाई ७४ कोर्रा सजाय

Next Post

मध्य सोमालियामा अल शबाबका ७६ लडाकु मारिए

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
मध्य सोमालियामा अल शबाबका ७६ लडाकु मारिए

मध्य सोमालियामा अल शबाबका ७६ लडाकु मारिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In