• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका मुक्तकमैया

by
१६ पुस २०८०,
0
‘चामलसँग तरकारी साटेर ल्याउने दिन गए’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका(८ नौखरी मुक्तकमैया शिविरका महादेव चौधरीले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।

एक दशक अघिदेखि चौधरी तरकारी खेतीमा संलग्न हुँदै आएका हुन् । चौधरीको स्वामित्वको पाँच कठ्ठा जग्गा मात्रै छ । थप पाँच कठ्ठा जग्गा रु १० दश हजार वर्षको तिर्ने गरी भाडामा लिएका छन् ।

भाडामा लिएको र आफ्नो स्वामित्वको गरी १० कठ्ठा जग्गामा उनले बाह्रैमहिना तरकारी खेती मात्रै गर्छन् । वर्षमा तरकारी बेचेर रु सात देखि रु १० लाखसम्म आम्दानी हुन्छ । खर्च कटाएर रु सात लाख बचत हुने गरेको छ ।

‘तरकारी खेतीबाट कमाइ गरेको रकमले गाउँमा पक्की घर ठड्याएको छु’ उनले भने, ‘छोरालाई वैदेशिक रोजगारीमा पठाउन सकिएको छ, तरकारी बजारसम्म पुर्‍याउन र यात्रु बोकेर कमाइ गर्न अटो खरिद गरेको छु, आठ जनाको परिवारको घरखर्च सबै तरकारी खेतीबाटै व्यहोरिन्छ ।’

शीत तुसारो, हुस्सु, घाम, पानी लगायतबाट बिग्रने र बेमौसमी तरकारी प्लाष्टिकघरभित्र लगाउँदै आएको उनले बताए । अरु मौसमी तरकारी प्लाष्टिकघर बाहिरै उत्पादन हुने गरेको छ । चौधरीको बारीमा अहिले काउली, बन्दा, गोलभेडा, खुर्सानी, हरियो सागपात रोपिएको छ । अहिलेसम्म उनले रु ६० हजार बढीको काउली र गोलभेडा मात्रै बिक्री गरेको बताए ।

तरकारी खेती गर्नुअघि महादेवले मजदुरी गरेर जीविका चलाउदथे । तरकारी खेती गरेपछि जीवनशैली नै परिवर्तन भएको उनी बताउँछन् । ‘मजदुरी गर्दा घरखर्च चलाउन मुस्किल हुन्थ्यो’ उनले भने, ‘साहुको ऋण लाग्ने गर्दथ्यो, साहुको ऋण तिर्नेकि परिवार पाल्ने भन्ने पिरलो सधैँ हुन्थ्यो, अहिले तरकारी खेती गरेपछि ऋण लागेको छैन, परिवारको खर्च सहज रुपमा चलेको छ ।’

महादेव जस्तै मुक्तकमैया बस्तीका २७ परिवार अहिले व्यावसायिक तरकारी खेतीमा संलग्न रहेका छन् । तरकारी खेतीबाट गतिलो आम्दानी घरमै बसीबसी हुन थालेपछि यसलाई निरन्तरता दिँदै आएको स्थानीय मिसालु चौधरीले बताए ।

पाँच कठ्ठा जग्गामा गोबरमलको प्रयोग गरी काउली, गोलभेडा, आलु रोपेका छौँ” उनले भने, ‘हाताहाती घरबाटै बिक्री भइरहेको छ, अग्र्यानिक तरिकाले उत्पादन भएको तरकारी भएकाले बजार मूल्य भन्दा बढीमा बिक्री हुँदै आएको छ ।’

वार्षिक तरकारी बिक्रीबाट मात्रै रु दुई लाख आम्दानी हुने गरेको उनले सुनाए । कमैयाबाट मुक्ति पाएपछि सरकारले पुनःस्थापन गराउँदा कमाउने साधन केही नभएर अधिकांस परिवार मजदुरी गर्न बाध्य भएका थिए ।

अहिले अधिकांश परिवारले व्यावसायिक कार्य गर्न थालेपछि मजदुरी गर्न छाड्दै जाने बढ्न थालेको स्थानीय भागिराम चौधरीले बताए ।

उनले भने, ‘केही व्यावसायिक तरकारी खेतीमा संलग्न छन्, केही डकर्मी, सिकर्मीको काम गर्छन्, कोही प्लम्बर र विद्युत् वाइरिङको काम गर्छन् ।’ व्यावसायिक कार्य गर्ने मुक्तकमैया परिवारलाई मुक्तकमैया महिला विकास मञ्च नाम गैरसरकारी संस्थाले सघाउँदै आएको छ ।

मञ्चले मुक्तकमैयालाई व्यावसायिक खेती गर्न तालिम दिने, बीउबिजन, प्लास्टिक टनेल, प्राविधिक सहयोगसँगै तरकारी बजारसम्म पुर्‍याउनका लागि साइकल उपलव्ध गराएको छ । यसैगरी हाँस कुखुरापालन, बङ्गुरपालन तालिम ड्राइभिङ तालिम र खोर निर्माणमा सहयोग गरेको छ ।

व्यावसायिक तरकारी खेतीका लागि १२ जनालाई पोलिहाउस, ५० जनालाई घरबगैँचा सहयोग, व्यवसाय स्थापनाका लागि तीन जना र पाँच जनालाई साइकल सहयोग गरिएको मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले बताए ।

मुक्तकमैयालाई उद्यमी बनाउन रु २५ लाख ४३ हजार तीन सय ७८ रकम खर्च गरिएको मञ्चले जनाएको छ । नगरपालिकाले मुक्तकमैया परिवालाई तरकारी खेतीतर्फ डोर्‍याउनका लागि रासायनिक मल, बीउबिजनसँगै प्राविधिक सहयोग उपलव्ध गराउँदै आएको छ ।

‘मुक्तकमैया परिवार लक्षित गरी अनुदान कार्यक्रम सञ्चालन गरिएपछि व्यावसायिक खेती गर्नेहरु बढेका छन्” नगरपालिकाको कृषि शाखा प्रमुख करनसिंह बुढाएरले भने, ‘मुक्तकमैया परिवारको विगतको भन्दा आर्थिक अवस्थामा सुधार भई स्वरोजगार हुँदै गएका छन् ।’

Previous Post

साइज नमिल्ने ब्रा हुनसक्छ हानिकारक

Next Post

अर्घाखाँचीको नरपानीमा बढ्न थाले पर्यटक

सम्बन्धित खबर

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
Load More
Next Post
अर्घाखाँचीको नरपानीमा बढ्न थाले पर्यटक

अर्घाखाँचीको नरपानीमा बढ्न थाले पर्यटक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In