• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, १५ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

    त्रिविमा जनशक्ति विकासका लागि एक करोड २५ लाख बजेट विनियोजन

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

    ‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

    ‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

    नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

    नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

    अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

    अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

महोत्तरीमा हात्ती आतंकले मजदुरको गाँस खोसियो

१६ पुस २०८०,
0
कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन किसानलाई समस्या
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

महोत्तरी । जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ । खेती मजदुरी गरी वर्षभर खाना सञ्चय गरेको धान हात्तीले नष्ट गरिदिएपछि राधिकालाई अब केले गुजारा गर्ने भन्ने चिन्ता परेको छ ।

‘हेर्नोस् हजुर कति आवश्यकता थाँती राखेर धान किनी थन्क्याएकी थिएँ, अब म के गरी गुजारा गर्ने होला रु’ हात्तीले घर भत्काएसँगै भकारी फोरेको घटना निरीक्षणका लागि घटनास्थल पुगेका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीसहितका जनप्रतिनिधिलाई भत्केको घर र भकारी देखाउँदै राधिकाले भनिन्, ‘मै गरीबको छाप्रो चाहिँ फोर्नु परेछ ।’ शुक्रबार बिहान झिसमिसेमा हात्तीले बस्ने घर, खाने अन्न धान नोक्सान गरेपछि राधिकाको विचल्ली भएको छ ।

हात्तीले काठेघरको माथिल्लो तलामा राखेको भकारी घरको भित्ता लडाएर सूँडले तानेर फुटाएको हो । घरमा एक्लै बस्दै आएकी राधिका धन्न बाँचेको बताउँछिन् ।

घर हल्लाएर लडाउँदा अब बाँच्दिन जस्तो लागेको उनी सुनाउँछिन् । ‘माथिल्लो तलामा सुतेकी थिएँ, एक्कासी घर दुईतिरबाट हल्लियो, हंस नै उड्यो’, माझी शुक्रबार बिहान झिसमिसेको घटना सम्झँदै भन्छिन्, ‘चन्द्रमाको उज्यालोमा घरका दुवैतिर हात्ती देखेँ, गुडुल्किएर चाल मारेर बसिरहें, धन्न भकारी फोरेर धान छरेपछि हात्ती हिँडे र बचे ।’

घरमा एक्लै बस्दै आएकी माझीको घर भत्काएर भकारी फोर्दै हात्तीले पाँचरछ क्विन्टल धान छरेको छ ।

राधिकासँगै सोही दिन एक जोडा हात्तीले पाँच सय मिटर परको प्रेमबहादुर भुजेलको घर पनि भत्काएको छ । भुजेल पनि आफू कालको मुखबाटै जोगिएको बताउँछन् । भुजेल सुतिरहेको खाट हात्तीले लडाएको घरको पर्खालले थिचिएर भाँच्चिएको छ । परिवारसहित वनको पाखातिर दौडँदै भाग्दा केहीबेर हात्तीले लघारेको भुजेलले बताए । दुवै पीडित परिवारलाई राहत उपलब्ध गराइने नगरप्रमुख क्षत्रीले प्रतिबद्धता जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विजय यादवले पनि दुवै घटनाबारे जिल्ला विपद् व्यवस्थापनमा जानकारी गराई आवश्यक सहयोगको अनुरोध गरिएको बताए ।

यसअघि गत बुधबार साँझ हात्तीले गौशाला(१ रामनगर सिरानको सागरनाथ वन विकास परियोजनाको प्लटमा दाउरा बोकेर घर फर्कंदै गरेका मुन्ना शेषलाई लडाएर घाइते बनाएको थियो ।

पछिल्ला करिब दुई महिनायता महोत्तरीका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । वनक्षेत्रसँग जोडिएका जिल्लाका बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा हात्तीको आतङ्क छ ।

दिनभर घनाजङ्गलका झाडीमा लुक्ने र रात परेपछि हात्ती बस्ती पस्दै आएका छन् । काठेघरका भित्ता हल्लाएर लडाउने, भकारी फोरेर अन्नपात छर्ने, केराका थाम लडाउने र खेतबारीका बाली माडेर नोक्सान पुर्‍याउने अहिले देखिएका हात्तीका बिग्याइँ छन् ।

यसपालि खेतबारीको बाली क्षति गर्दै आएका हात्तीले पछिल्ला केही दिनयता घर लडाउने, मान्छेलाई आक्रमण गर्ने क्रम बढेपछि यहाँ त्रास छाएको छ । सर्वसाधारण घाँस दाउरा गर्न र गाईबस्तु चराउन पनि वन पस्न छाडेका बर्दिबास–३ पाटुकै सामाजिक कार्यकर्ता विनोद ढुङ्गेलको भनाइ छ ।

बस्ती पसेर बिग्याइँ गरिरहेका हात्ती धपाउन नगर प्रमुख क्षेत्रीसहित वनक्षेत्रमा एक सातादेखि खोज अभियानमा लागेका सुरक्षाकर्मीले भने हात्ती दिउँसो लुक्ने ठाउँ फेला नपरेको प्रहरी नायब उपरीक्षक यादवको भनाइ छ ।

यसैबीच बर्दिबास नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर सघन वनक्षेत्र नपस्न, हात्ती राती बस्ती पसे निकै परबाट राँको देखाउन र घर तोडफोड गर्नलागे विस्तारै चाल मारेर सुरक्षित स्थानतर्फ भाग्न सचेत गराएको छ ।

अघिल्लो समाचार

लुम्बिनीमा विषयगत समिति निर्वाचन स्थगित

अर्को समाचार

प्रहरी संगठनभित्र सरूवा–बढुवामा हुने पैसाको चलखेल शून्यमा झारियोः गृहमन्त्री

सम्बन्धित खबर

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
फिचर-ब्यानर

त्रिविमा जनशक्ति विकासका लागि एक करोड २५ लाख बजेट विनियोजन

१५ कात्तिक २०८३,
खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान
समाचार

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

१५ कात्तिक २०८३,
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
आर्थिक

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

१५ कात्तिक २०८३,
‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’
समाचार

‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

१५ कात्तिक २०८३,
नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व
समाचार

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

१५ कात्तिक २०८३,
अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित
समाचार

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

१५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
प्रहरी संगठनभित्र सरूवा–बढुवामा हुने पैसाको चलखेल शून्यमा झारियोः गृहमन्त्री

प्रहरी संगठनभित्र सरूवा–बढुवामा हुने पैसाको चलखेल शून्यमा झारियोः गृहमन्त्री

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

त्रिविमा जनशक्ति विकासका लागि एक करोड २५ लाख बजेट विनियोजन

१५ कात्तिक २०८३,
खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

१५ कात्तिक २०८३,
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

१५ कात्तिक २०८३,
‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

१५ कात्तिक २०८३,
नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

१५ कात्तिक २०८३,
अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

१५ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन