• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यस्ता छन् पुरुष भन्दा महिला बढी बाँच्ने कारण

by
१३ पुस २०८०,
0
यस्ता छन् पुरुष भन्दा महिला बढी बाँच्ने  कारण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिबिसी – नेपालमा मात्र होइन संसारभर नै महिलाहरूको औसत उमेर पुरुषको भन्दा बढी छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका छन्।

यो तथ्याङ्क लिङ्गका आधारमा औसत आयु छुट्टाउँदा भने महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना भएको उल्लेख छ ।

एक सय वर्षभन्दा बढी जिउने महिलाको संख्या पुरुषका तुलनामा बढी हुन्छ ।

सन् २०१० को अमेरिकी जनगणनामा अमेरिकाका एक सय वर्षभन्दा माथि उमेरका ५३ हजार ३ सय ६४ जना थिए ।

उनीहरूमध्ये ९ हजार १ सय ६२ जना पुरुष र ४४ हजार २ सय २ जना महिला थिए ।

किन पुरुषभन्दा महिला बढी बाँच्छन् त रु उनीहरूलाई के ले पुरूषभन्दा लामो जिउन सहयोग गर्छरु

प्रमुख तीन कारण यस्ता छन्ः
१. जीन
मानव मृत्युदरका बारेमा ४० देशका तथ्याङ्क उपलब्ध छन् । तीमध्ये स्वीडेन र फ्रान्सका क्रमशस् सन् १७५१ र १८१६ देखिका तथ्याङ्क छन् ।
तर जापान र रुसमा बीसौं शताब्दीको मध्यपछिको तथ्याङ्क मात्रै उपलब्ध छ ।

तथ्याङ्क भएका ती सबै देशमा प्रत्येक वर्ष महिलाहरूको औ‍सत उमेर पुरुषहरूको भन्दा बढी छ । त्यसैले महिलाको तुलनामा पुरुषलाई प्रकृतिले नै जिउन कम उमेर दिएको देखिन्छ ।

युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक डेभिड जेम्स भन्छन्, ‘पुरुष भ्रूणहरू महिला भ्रूणभन्दा बढी खेर जान्छन् ।’

यसको एउटा कारण चाँहि लिङ्ग निर्धारण गर्ने क्रोमोजोमका कारण हुनसक्छ ।

महिलाहरूमा दुई एक्स तथा पुरुषहरूमा एक्स र वाई क्रोमोजोम हुन्छन् ।

क्रोमोजोमा जीन हुन्छ । एक्स क्रोमोजोममा आयु लामो बनाउने धेरै नै क्रोमोजोम हुन्छ ।

बीबीसी रेडियोसँग कुरा गर्दै जेम्सले भने, ‘यदि तपाईंको एक्स क्रोमोजोमको कुनै समस्या छ र तपाईं महिला हो भने तपाईँसँग अर्को एउटा एक्स क्रोमोजोम रहन्छ । तर तपाईँ पुरुष हो भने तपाईँसँग अर्को एक्स क्रोमोजोम हुन्न ।’

‘पुरुषहरू गर्भावस्थामै मर्ने सम्भावना २० देखि ३० प्रतिशत बढी हुन्छ,’ एक्टर विश्वविद्यालयकी लोर्ना ह्यारिसले भनिन्।

२. हर्मोन
किशोरावस्थामा किशोर किशोरीहरूमा हर्मोन परिवर्तन हुन्छ ।

धोक्रो आवाज र छातीमा रौंजस्ता पुरुषजन्य विशेषताका लागि टेस्टस्टोरोन नामक हर्मोन जिम्मेवार हुन्छ ।

किशोरावस्थाको अन्तिमतिर पुरुषहरूमा ह्वात्तै टेस्टस्टोरोन बढ्छ। यही समय पुरुषहरूको मृत्युदर पनि बढ्छ ।

विज्ञहरूका अनुसार पुरुषहरूले झगडा, तीव्रगतिमा सवारी हाँक्नेजस्ता जोखिमपूर्ण कामहरू र आत्महत्या पनि धेरै गर्छन् ।

केही वर्ष अगाडि कोरयाली वैज्ञानिक हान नाम पार्कले उन्नाइसौं शताब्दीमा एउटा समुदायमा मरेकाहरूको मृत्युको विवरण अध्ययन गरेका थिए ।

तीमध्ये किशोरावस्थामा पुग्नु अगाडि अण्डकोष निकालिएका ८१ जना नपुंसकहरू थिए र उनीहरूको ‍औसत उमेर ७० वर्ष पाइएको थियो । त्यही समयका अरू पुरुषहरूको उमेर भने ५० थियो ।

धेरै अध्ययनहरूले मानिस वा जनावरहरूको आयु अण्डकोष नभएमा लामो हुने देखाएका छन् ।

महिलाहरूको हार्मोन एस्ट्रोजिनमा भने शरीरमा हुने हानीकारक तत्वहरूलाई हटाउने गुण हुन्छ।

महिलाहरूको हर्मोन एस्ट्रोजिन हानीकारक कोलोस्ट्रोलविरुद्ध लडेर मुटु रोगबाट बच्न मद्दत गर्छ ।

३. पेशा र आचरण
द्वन्द्वग्रस्त क्षेत्रहरूमा पुरुष आयु धेरै घट्छ । तर स्वास्थ्य सेवा नपुगेका ठाँउहरूमा सुत्केरी हुने बेलामा धेरै महिलाहरूको ज्यान जान्छ ।

धूम्रपान, मद्यपान र खानपानका कारण पनि विभिन्न देशहरूमा पुरुष र महिलाको आयु फरक हुन्छ ।

रुसमा पुरुषहरू अधिक मद्यपानका कारण महिलाहरूभन्दा १३ वर्ष कम बाँच्छन् ।

महिलाको आयु लामो भएपनि उनीहरूमा रोग लाग्ने सम्भावना ज्यादा हुन्छ।

महिलाहरू १६ देखि ६० वर्षको उमेरमा पुरुषभन्दा धेरै अस्पताल पुग्ने गर्छन्।

हालैका केही अध्ययनहरूले महिला पुरुषबीच आयुको यो खाडल छिट्टै पुरिने बताएका छन्।

ब्रिटेनमा महिला र पुरुषको आयु दुई दशकमा बराबर आउने बताइएको छ ।

इम्पेरियल कलेज लण्डनको एक अध्ययनका अनुसार सन् २०३० सम्ममा ब्रिटेनमा महिला र पुरुषबीचको यो दुरी एक वर्ष नौ महिनामा झर्ने बताइएको छ ।

अहिले ब्रिटेनमा जन्मेको पुरुष ७९ वर्ष दुई महिना बाँच्ने र महिला ८२ वर्ष नौ महिना बाँच्ने तथ्याङ्क छ ।

प्राध्यापक लेस मेहेउले गरेको एक अध्ययनमा सन् २०३२ सम्ममा महिला पुरुषको आयु बराबर हुने देखाइएको छ ।

Previous Post

उत्तर कोरियाली नेता किमद्वारा युद्धको तयारीलाई तीव्रता दिन आग्रह

Next Post

राष्ट्रियसभा निर्वाचनः पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
८२ वटा दलले बुझाएनन् निर्वाचन आयोगमा आय व्ययको हिसाव

राष्ट्रियसभा निर्वाचनः पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In