• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर

by
१२ पुस २०८०,
0
विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रु चार अर्ब ७६ करोड बराबर रकमान्तर र रु सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ । पाँच महिनाको अवधिमा विभिन्न आठ वटा आयोजना तथा कार्यक्रमका लागि रु सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले सार्वजनिक गरेको पाँच महिनाको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिसम्बन्धी विवरणअनुसार अर्थ विविध शीर्षकमा पछिल्लो पाँच महिना अवधिमा रु दुई अर्ब एक करोड चार लाख ९४ हजार निकासा भएको छ । यो शीर्षकबाट गत भदौमा रु ७६ लाख ९९ हजार सात सय ८० र असोज महिनामा रु एक करोड ६८ लाख ६८ हजार चार सय ९० निकासा भएको छ ।

अर्थ विविध शीर्षकबाट कात्तिकमा रु दुई करोड ७४ लाख ६३ हजार नौ सय ४० बराबर र मङ्सिरमा रु एक अर्ब ९५ करोड ८४ लाख ६२ हजार निकासा भएको तथा मङ्सिर मसान्तसम्ममा सरकारले रु चार अर्ब ७६ करोड ३२ लाख एक हजार नौ सय बराबरको रकमान्तर गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार गत साउनमा रु ५१ करोड १३ लाख, भदौमा रु ७५ करोड ५९ लाख ४८ हजार नौ सय र असोज महिनामा रु तीन अर्ब दुई करोड ६० लाख २७ हजार बराबर रकमान्तर भएको छ । कात्तिकमा रु ४३ करोड ९९ लाख २६ हजार र मङ्सिरमा रु तीन करोड बराबर रकमान्तर गरिएको छ ।

पछिल्लो पाँच महिनामा पुँजीगततर्फ रु एक करोडभन्दा बढीको बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा १४ वटा योजना तथा कार्यक्रमका लागि रकमान्तर भएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सबै निर्वाचन कार्यालयलाई खारेज गर्ने निर्णय गर्दै ती कार्यालयको बजेट कटौती गरेको थियो । त्यसको विरोध भएपछि सरकारले उक्त निर्णय फिर्ता लिइएको थियो ।

त्यसरी खारेज गर्ने निर्णय भएका निर्वाचन कार्यालयलाई साबिकको अवस्थामा कायम गर्न सरकारले रकमान्तर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणीकरण नियन्त्रकको कार्यालय, औद्योगिक पूर्वाधार विकास कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बाली विकास तथा जैविक विविधता संरक्षण कार्यक्रम, केन्द्रीय कृषि प्रयोगशालालगायत निकायका लागि रकमान्तर गरेर बजेट दिइएको छ ।

उक्त अवधिमा बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमतिको अवस्था हेर्दा रु आठ अर्ब ९७ करोड ४८ लाख बराबरको स्रोत सुनिश्चितता दिइएको छ । अर्थ मन्त्रलालका अनुसार गत मङ्सिरमा विभिन्न सातवटा आयोजना तथा कार्यक्रमका लागि रु सात अर्ब ६४ करोड ४८ लाख र कात्तिकमा एउटा आयोजनाका लागि रु एक अर्ब ३३ करोड बराबरको स्रोत सहमति दिइएको छ । गत साउनदेखि असोज महिनासम्ममा भने बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमतिका लागि अर्थ मन्त्रालयले कुनै निर्णय गरेको देखिँदैन ।

गत कात्तिकमा तिनपिप्ले–रानीपौवा सडक खण्डका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रु एक अर्ब ३३ करोड बराबरको स्रोत सहमति दिइएको छ । त्यसैगरी मङ्सिरमा डुम्रे–बेँसीसहर– चामे सडक आयोजना, सालझण्डी–सन्धीखर्क–ढोरपाटन आयोजना, कोशी करिडोर ९बरुण–च्यामताङ सडकखण्ड०, धनगढी–खुटिया–दिपायल सडक र गँगटे–लब्धु–समुद्रटारपाटी सडकका लागि स्रोत सहमति दिइएको छ ।

त्यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेका लागि रक्षा मन्त्रालयलाई र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा एक्स–रे मेसिन जडानका लागि अर्थ मन्त्रालयलाई पनि थप रकम उपलब्ध गराउने सहमति दिइएको छ । सरकारले गत साउनदेखि मङ्सिरसम्म विभिन्न दुई वटा शीर्षकमा आर्थिक सहायता दिएको छ । अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचार खर्चबापत भुक्तानीका लागि रु नौ लाख ९५ हजार नौ सय ३५ बराबर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निकासा गरेको छ ।

इजरायलमा आतङ्कवादी समूह आक्रमणमा ज्यान गुमाएका परिवारलाई सहायतास्वरुप प्रतिपरिवार रु १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराउन रु एक करोड निकासा गरेको छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

को को छन् राष्ट्रिय सभाका लागि कांग्रेसमा आकांक्षी ?

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेता कांग्रेसबाट निष्कासित

को को छन् राष्ट्रिय सभाका लागि कांग्रेसमा आकांक्षी ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In