• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भारतीय प्रधानमन्त्रीको गृहनगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन

by
१ पुस २०८०,
0
भारतीय प्रधानमन्त्रीको गृहनगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुजरात । भारतको गुजरातमा अमेरिकी सुरक्षा मुख्यालय पेन्टागन भन्दा ठुलो बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । सुरत डायमण्ड बोर्स (एसडीबी) नामको सो भवन उद्घाटन समारोहमा विश्वका ७० हजार व्यवसायीहरूलाई निमन्त्रणा गरिएको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

आफ्नो गृहनगरमा निर्मित एसडीबी भवनको प्रधानमन्त्री नरेन्द्र मोदीले आज उद्घाटन गर्दै छन् । यो भवनलाई सबैभन्दा ठुलो अन्तर सम्बन्धित कार्यालय भवन मानिएको छ। यसमा ४ हजार ७०० भन्दा बढी कार्यालयहरू रहन सक्नेछन् ।

यसको निर्माण लागत ३५ अर्ब भारतीय रुपैयाँ छ। भवनको निर्माण फेब्रुअरी २०१५ मा सुरु भएको थियो । यसको काम अप्रिल २०२२ मा सम्पन्न भएको हो। एसडीबी भवनमा सूरतको हीरा उद्योगले उत्पादन र व्यापार दुवैको लागि एउटै छानामुनि सबै थोक पाउन सकिने उद्देश्य राखेको बताइएको छ । सूरतले विश्वको प्राकृतिक हीराको ९२ प्रतिशत उत्पादन गर्छ ।

गिनिज वर्ल्ड रेकर्डमा नाम

यस भवनको नाम यसै वर्ष अगस्टमा गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको थियो । यो भवन ३५।५४ एकडमा फैलिएको छ । यो भवन ६७ लाख वर्ग फिटमा फैलिएको छ । यसअघि विश्वको सबैभन्दा ठुलो अफिस कम्प्लेक्सको कीर्तिमान अमेरिकाको पेन्टागनको नाममा थियो। पेन्टागनको निर्माण क्षेत्र ६५ लाख स्क्वायर फिट छ ।

सूरतमा बनेको यो मेगास्ट्रक्चरमा ९ ग्राउन्ड टावर र १५ फ्लोर छन्। नौ आयताकार टावरहरू केन्द्रीय मेरुदण्डद्वारा जोडिएका छन्। यसमा ३०० स्क्वायर फीट देखि १ लाख स्क्वायर फीट सम्मका ४ हजार ५०० भन्दा बढी अफिस स्पेस छन्। भवनले इन्डियन ग्रीन बिल्डिङ काउन्सिलबाट प्लेटिनम र्याङ्किङ प्राप्त गरेको छ ।

कार्यालयबाहेक डायमण्ड बोर्स क्याम्पसमा सेफ डिपोजिट भल्ट, कन्फरेन्स हल, बहुउद्देश्यीय हल, रेस्टुरेन्ट, बैंक, भन्सार क्लियरेन्स हाउस, कन्भेन्सन सेन्टर, प्रदर्शनी केन्द्र, तालिम केन्द्र, मनोरञ्जन क्षेत्र र क्लब जस्ता सुविधाहरू छन्। पछिल्ला केही हप्तामा, धेरै हीरा व्यापार कम्पनीहरूले यहाँ आफ्नो कार्यालय सुरु गरेका छन्।

एसडीबी भवनको विशेषता

भारतबाट हिरा, रत्न र गहनाको आयात, निर्यात र व्यापारलाई प्रवर्द्धन गर्ने, हीरा उत्पादन र व्यापारमा संलग्नहरूलाई अत्याधुनिक पूर्वाधार उपलब्ध गराउने, हिरा, रत्न र आभूषण काट्न, पालिश र प्रशोधन सहित सम्बन्धित व्यवसाय विस्तार गर्न, भारतलाई विश्वमा आधुनिक हीरा, रत्न र आभूषण बजारको रूपमा विकास गर्न र यस भवनलाई ६५ हजारभन्दा बढी हीरा विशेषज्ञहरूको लागि सुविधाजनक हब बनाउने विशेषता रहेको छ ।

यो भवनको डिजाइन दिल्लीका वास्तुविद्ले गरेका हुन्। यो भवन दिल्लीका आर्किटेक्ट सोनाली र मनित रस्तोगी र उनीहरूको फर्म मोर्फोजेनेसिसले डिजाइन गरेका हुन्। भवनको संरचना र बनाउने चुनौतीबारे मनित रस्तोगीले भने–‘भवन बनाउनुको सबैभन्दा ठुलो चुनौती भनेको ६५ हजार मानिस आउन सक्ने भवन कसरी डिजाइन गर्ने भन्ने थियो ।

६५ हजार मान्छे अट्ने यो भवन कुनै फुटबल रङ्गशाला जस्तै छ। यो उच्च सुरक्षा क्षेत्र पनि हो। यहाँ नियमित रूपमा आउने मानिसहरू एकै समयमा भवन भित्र र बाहिर गर्न सक्नेछन्। त्यस कारण मेरुदण्डको आकारको भवन बनाइएको छ। मेरुदण्ड साना हड्डीहरूको शृङ्खलाबाट बनेको हुन्छ जसलाई कशेरुका भनिन्छ। त्यसै गरी यो भवन पनि एक अर्कासँग जोडिएको छ ।

Previous Post

पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी

Next Post

सोलुखुम्बुको मह भिरमा ‘रक क्लाइम्बिङ’ सञ्चालनमा आउँदै

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
सोलुखुम्बुको मह भिरमा ‘रक क्लाइम्बिङ’ सञ्चालनमा आउँदै

सोलुखुम्बुको मह भिरमा ‘रक क्लाइम्बिङ’ सञ्चालनमा आउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In