• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी

by
१ पुस २०८०,
0
पर्यटकको आकर्षण बन्दै भक्तपुरको रानीपोखरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वरिपरि परम्परागत शैलीमा बनेको ठूलो पर्खाल। चारै दिशामा कलात्मक शैलीमा बनेका प्रवेशद्वारसहितको पाटी। वरिपरि कलात्मक इँटा छापेर बनाइएको बाटोको बीचबीचमा देवीदेवताका मूर्तिहरु।

बिहान उज्यालो नहुँदै पोखरी परिक्रमा गर्नेहरुको लर्को, दिउँसो आन्तरिक तथा बाह्य पर्यटक र साँझ उपत्यका बिभिन्न ठाउँबाट आउने पारिवारिक र युवा जोडीको भ्रमण अचेल देखिने यस्ता दृश्य उपत्यकाकै जेठो र ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको भक्तपुरको रानीपोखरीको हो।

नेपाली सैनिकको सैनिक इलाका। नेपाली सेनाको सैनिक आवासीय माध्यमिक विद्यालय र उच्च शिक्षा अध्ययन हुने क्याम्पससँगै जोडिएर रहेको ऐतिहासिक सम्पदाको धरोहर भक्तपुरको रानीपोखरी यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने गरेको छ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित प्राचीन एवं ऐतिहासिक महत्व बोकेको पुतली बगैँचासहितको रानीपोखरीको संरक्षणमा राससको पटक पटकको समाचार सम्प्रेषणले झक्झक्याएसँगै भक्तपुर नगरपालिकाको अथक प्रयासपछि यो पोखरीले पाएको पुनर्जीवनले एउटा हराउँदै गरेको साँचो इतिहास पछिल्ला पुस्ताका लागि जीवित बन्न सफल भएको छ।

पोखरीको चारै दिशामा रहेको कलात्मक पाटीहरू भत्किसकेको र यसको जीर्णोद्वारमा सेनाले चासो नदिएका कारण सिङ्गो रानीपोखरी, पुतली बगैँचा, यहाँका पाटीहरु र कलात्मक एवं बहुमूल्य कलाकृति सङ्कटमा पर्दै लोप हुने अवस्थामा पुगेको भन्दै राससले पटकपटक समाचार सम्प्रेषण गरेको थियो।

विसं २०४० मा तत्कालीन पञ्चायती सरकारले सैन्य तालीम केन्द्रका लागि पोखरी आसपासका सार्वजनिक र सर्वसाधारणको जग्गा अधिग्रहण गरेपछि भक्तपुरको रानीपोखरी नेपाली सेनाको घेराभित्र पुगेसंँगै यसको अस्तित्व नै लोप हुने अवस्थामा पुगेको थियो।

यहाँको तस्वीरसमेत लिन बन्देज गरेको अवस्थामा दिवाली पूजाका लागि खुलेको समयमा मैदानमा परिणत भएको पोखरीको तस्विर र समाचार सम्प्रेषण भएको थियो। त्यसपछि नयाँ पुस्तालाई बल्ल थाहा भयो, भक्तपुरमा पनि रानीपोखरी छ भने।

पटकपटकका समाचार, स्थानीय इतिहासविदहरुको चासोसँगै भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले २०७५ चैत १८ नेपाली सेनाका तत्कालीन सेनापति पूर्णचन्द्र थापालाई भेटेर रानीपोखरी संरक्षणको विषयमा छलफलको सुरुआत भएको थियो।

त्यसपछिको पटकपटकको सेना र नगरपालिकाबीचको छलफलले २०७६ असार १ नेपाल सेनाले ऐतिहासिक रानीपोखरी पुनःनिर्माण र संरक्षणको लागि भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको लिखित सम्झौतापछि बल्ल यस पोखरीले पुनर्जीवन पाउने बाटो तय गरेको थियो।

नेपाल संवत् ७५० अर्थात १६८७ सालमा भक्तपुरका राजा जगज्योति मल्लले आफ्नी रानी राजलक्ष्मीको सम्झनामा झन्डै ३२ रोपनी क्षेत्रफलमा यो पोखरी निर्माण गराएको र रानीको नाममा बनाइएकोले यस पोखरीको नाम पनि रानीपोखरी रहन गएको इतिहासमा उल्लेख छ।

रानीपोखरी भन्ना साथ मानिसहरू काठमाडौँको ऐतिहासिक रानीपोखरी सम्झन्छन्। तर, तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउनुभन्दा ४० वर्षअघि नै भक्तपुरमा रानीपोखरी बनेको इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।

कान्तिपुरका राजा प्रताप मल्लले नेपाल सम्बत ७९० अर्थात १७२७ सालमा बनाउन लगाएका भन्दै उनले त्यो भन्दा ४० वर्ष अगाडि नै भक्तपुरको रानीपोखरी नेपाल सम्बत ७५० ९विसं १६८७० मा भक्तपुरका तात्कालीन मल्ल राजा जगज्योति मल्लले बनाएको बताउनुभयो । रानीपोखरी नजिकका तःपुखु ९सिद्धपोखरी०, नःपुखु र भाज्यापुखुभन्दा पछि बनेको नयाँ पोखरी भएकाले यो पोखरीलाई ‘न्ह पुखुु’ अर्थात् ‘नयाँ’ पोखरीको नाममा पनि चिनिन्थ्यो।

रानीपोखरीको दक्षिणपट्टि रहेको ह्वाङह्वाङ पाटीमा रहेको शिलालेखअनुसार सो पोखरीको नामाकरण पुष्करणी भनी उल्लेख गरिएको पाइएको संस्कृतिविद् एवं इतिहासविद प्राडा श्रेष्ठले बताउँछन्।

मल्ल राजाले यो पोखरी पाँच महिनामा निर्माण गराएको इतिहास छ। ह्वाङह्वाङ पाटीमा रहेको शिलालेखमा रानीपोखरीको निर्माण पुस कृष्ण एकादशीका दिनमा आरम्भ भएर वैशाख कृष्ण द्वादशीका दिनमा सम्पन्न भएको उल्लेख गरिएको पाइएको उहाँ बताउँछन्।

तत्कालीन मल्ल राज्यहरूबीचको आपसी प्रतिस्पर्धा र वैमनस्यताको कोपभाजनमा रानीपोखरी पनि परेको थियो। कान्तिपुरका राजा प्रताप मल्लले भक्तपुरमाथि हमला गर्दा चारैतिर पर्खालले घेरिएको भक्तपुरभित्र प्रवेश गर्न नसकेपछि रिसले नगर क्षेत्रबाहिरको रानीपोखरीमा तोडफोड गरेको इतिहासमा उल्लेख छ।

काठमाडौँका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गरी जित्न नसकेपछि यो पोखरीमा रहेको सुनको नागलगायत पोखरी वरिपरिका अनुपम कलाकृतिहरू समेत उठाएर काठमाडौँको हनुमानढोका दरबार र काठमाडौँस्थित रानीपोखरीमा सजाएको इतिहासमा उल्लेख छ।

मल्लकालीन समयमा भक्तपुरमा आउने विदेशी पाहुनालाई सिधै भक्तपुर दरबारमा प्रवेश गर्न नदिई पहिला पोखरीको पूर्वपट्टि रहेको ह्वाङह्वा पाटीमा एकदिन राखेपछि मात्र नगर प्रवेश गराउने वा नगराउने निर्णय गरिन्थ्यो भन्ने भनाइ छ।

यस पोखरीलाई बाहिरबाट आएका पाहुनाका लागि नगर प्रवेश गराउन भेटवार्ता गर्ने प्रमुख स्थानका रूपमा लिइने गरेको बताइन्छ। यो पोखरीलाई मल्ल राजाले राजनीतिक र कुटनीतिक रुपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ।

भक्तपुर प्रवेश गर्दा होस् वा बाहिरिँदा यही पोखरी हुँदै जानुपर्छ। त्यति बेला तीनवटै मल्ल राजा र कूटनीटिक व्यक्ति भेट गर्नु परेमा रानीपोखरीमा भेट गर्ने चलन थियो।

नेपाल सम्बत् ७९८ अर्थात १७३५ सालमा जितामित्र मल्लले पहिलोपटक यस पोखरीको जीर्णोद्वार गरेर मल्लकालीन सभ्यतालाई अझ झल्काउन वास्तुशास्त्रअनुसार देवीदेवता, नागनागिनी स्वरूपमा कुँदिएर निर्माण गरिएका ढुङ्गाहरूलाई पङ्क्तिवद्ध रूपमा राखिएको छ।

पुरातत्व विभाग सम्पदा संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले भक्तपुरको ऐतिहासिक रानीपोखरी लुकेर बसेको सम्पदा जीर्णोद्धारसँगै सर्वसाधारणको लागि उजागर भएको बताए।

जीर्णोद्धारका क्रममा चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वर, लक्ष्मी नारायणलगायतका मूर्ति भेटिएका र ती मूर्तिलाई पुनःस्थापना गरिएको थियो।

पोखरी क्षेत्रमा भेटिएका विभिन्न कालखण्डका इँटा, ढुङ्गामा कुँदिएका विभिन्न कलात्मक आकृति पुनःप्रयोग गरिएको छ। मल्ल राजाले पोखरीसम्म पुग्न र भित्र छिर्न बनाइएको ढुङ्गाका सिँढी अझै यथामवत छन्।

पोखरीको बीचमा वासुकी नागको सुनको टाउको छ भने चारैतिर विभिन्न कलात्मक मूर्तिहरूले घेरिएको छ। नागको जीउ नजिकैको सिद्धपोखरीमा र पुच्छर नःपुखुमा रहेको छ भन्ने भनाइ अहिले पनि रहेको छ। लहरै पश्चिमबाट पूर्वतर्फ रहेका यी तीन पोखरीलाई अझै पनि एउटै नागको स्वरूपमा लिइन्छ।

भक्तपुर नगरपालिका–१ मा नै रहेको रानीपोखरीलगायत पूर्वमध्यकालमै नेपाल संवत् २३९ मा तत्कालीन युवराज इन्द्रदेवले बनाउन लगाएको सिद्धपोखरी र नेपाल संवत् २८९ मा राजा रुद्रदेवको पालामा राति गोप्य रूपमा बनाइएको गुह्यपोखरी ९नःपुखु० सहितको तीनवटा पोखरीलाई स्थानीय बासिन्दाले तीन दिदीबहिनीको रूपमा लिने गरेको पाइन्छ।

त्यसो त नजिकै दक्षिणतर्फ रहेको १६ औं शताब्दीमा बनेको भाजुपोखरी बनेको धेरैपछि मात्र काठमाडौंँको रानीपोखरी बनेको पाइएको उनी बताउँछन्।

मल्ल राजा जगज्योर्ति मल्लले रानी पोखरीको सुन्दरतासँगै धार्मिक र सांस्कृतिक अर्थ जोड्न खाजेको प्रष्ट हुने इतिहासविद् प्राडा श्रेष्ठ बताउँछन्।

यो पोखरीमा जोन्छे, धौभडेल, अवाल, प्रजापति र मान्नधरको दिगु द्यों अर्थात कुलदेवताको दिवाली पूजासमेत यहाँ गराएका थिए।

अक्षय तृतीयाका दिन भक्तपुरका स्थानीयवासी सिद्धपोखरी र रानीपोखरीमा भेला भएर देवाली मनाउने प्रचलन आजसम्म पनि कायमै रहेको छ।

जगज्योर्ति मल्लले नगरको शोभा बढाउन, राज्यको प्रतिष्ठा कायम राख्न, संस्कृति जीवन्त बनाउन र जल भण्डारण गर्न पोखरी बनाएको उनको भनाइ छ।

प्राडा श्रेष्ठका अनुसार प्रताप मल्ल चाँगु हुँदै भक्तपुरको उत्तरतिरको महाकाली पीठसम्म आक्रमण गर्दै आए। तर भक्तपुरको पर्खालबाट भित्र छिर्न सकेनन्। त्यहाँ मजबुत गढ थियो। उत्तरबाट नसकेपछि भक्तपुरको पश्चिममा रहेको रानीपोखरीबाट आक्रमण गरेका थिए।

प्रताप मल्लले सुन्दर रानीपोखरी बिगारे। सुनको नागको टाउको काटे र यहाँका सुन्दर कलाकृति उठाएर हनुमानढोका दरबारमा सजाउन लगे। भक्तपुरका भाजुपोखरी, सिद्धपोखरी, रानीपोखरी देखेपछि प्रताप मल्लले आफ्नो दरबारको पूर्वमा रानीपोखरी बनाएको उनको भनाइ छ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रताप मल्लले नेपाल संवत् ७९० मा राजा प्रताप मल्लले निर्माण गराएको काठमाडौंको रानीपोखरी, नेपाल संवत् ७६७ मा सिद्धिनरसिंह मल्लले निर्माण गराएको पाटनको रानीपोखरीभन्दा पहिला नेपाल संवत् ७५० मा जगज्योति मल्लले निर्माण गरेको भक्तपुरको रानीपोखरी उपत्यकाको तीन रानीपोखरीमध्ये भक्तपुरको पोखरी जेठो भएको बताउँछन्।

उनले २०२१ सालको नापीमा यो पोखरी सार्वजनिक पोखरीको रुपमा रहे पनि २०४० सालमा नेपाली सेनाको नियन्त्रणमा गएपछि अस्तित्व नै सङ्कटमा परेको यो पोखरीले अहिले नयाँ जीवन पाएको बताए।

पुनर्निर्माणपछि रानीपोखरी १५ रोपनी ५ आना २ पैसा क्षेत्रफलमा रहेको र यसको बीचमा नागको अवशेष राख्ने ठाउँ जीर्णोद्धार गरिएको छ।

पोखरीको वरिपरिको पर्खाल, पेटी, बाटो, डबली, सबै संरचना परम्परागत र मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको उनले बताए।

उनका अनुसार यो मौलिक शैलीमा पुनर्निर्माण गरिएको हो। पुरातत्वविद, इतिहासविद्, सांस्कृतिकविद्हरुसँग व्यापक छलफल यसको अध्ययन, अनुसन्धान र उत्खनन् गरी यसलाई पुनर्जीवन दिएको हो।

रानीपोखरीको पुनर्निर्माण २०७५ माघ १ गतेदेखि सुुरु गरी २०७८ फागुन १७ गते उद्घाटन गरिएको थियो।

रानीपोखरी पुनर्निर्माणका लागि नगरपालिकाको कुल चार करोड ४१ लख १९ हजार १६४ रुपैयाँं २९ पैसाका लागत अनुमान गरिएकामा उपभोक्ता समितिमार्फत कुल दुई करोड ५४ लाख ८३ हजार ५८७ रुपैयाँं ४७ पैसाबाट सम्पन्न भएको नगर प्रमुख प्रजापतिले बताए।

पुनर्निर्माणका लागि इतिहासविद् प्राडा श्रेष्ठको संयोजकत्वमा अध्ययन तथा अनुसन्धान समिति गठन गरी सात महिनाको अध्ययनपछि पुनर्निर्माणको साइत जुराइएको थियो।

यो पोखरी पुनर्निर्माणमा स्थानीयले ठूलो साथ दिएका थिए। स्थानीयवासीले २२ टोली बनाएर ८८४ जनाले पोखरीको पुनर्निर्माणमा जनश्रमदानसमेत गरेका थिए। रमेश गिरी

Previous Post

बसाइँसराइले रित्तिदै गाउँ, बढ्यो बाँदर आतङ्क

Next Post

भारतीय प्रधानमन्त्रीको गृहनगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
भारतीय प्रधानमन्त्रीको गृहनगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन

भारतीय प्रधानमन्त्रीको गृहनगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In