स्पाईरोमिटर फोक्सोलाई वलियो बनाउनका लागि आधुनिक चिकित्सा पद्धतिको वलियो आधार र सरल उपकरण हो । सहजै उपलव्ध र हावा मुखवाट फुकेर ब्रिदिगं थेरापी गर्न मिल्ने यस उपकरणको पोष्ट कोभिड रिकभरिमा ठूलै भूमिका रहेको मानिन्छ ।
यसरी फोक्सोलाई वलियो बनाउने स्पाइरोमिटरको स्वास्थ फाइदाको अहिले आएर चर्चा चलिरहँदा सनातन सस्कारको प्राचिनतम यन्त्र शंखसंग तुलना गरिरेको छ । शंखलाई आज म एउटा धार्मिक रुपमा नभईकन वैज्ञानीक रुपमा ब्याख्या गर्न चाहन्छु ।
शंखको आकार र त्यस्को आवाजमा यस ग्रहको उर्जाहरु केन्द्रित हुने र त्यसवाट निकालीएको ध्वनीको वातावरणमा पर्ने प्रभाव र शुद्धिकरणको पक्ष एकातर्फ छ । अनि अर्कोतर्फ छ शंख बजाँउदा फोक्सोमा हुने चलायमानता र श्वाँसप्रश्वास प्रक्रियाको प्रभावकारितामा वृद्धि । यतिमात्र नभई शंखको ध्वनी दैनिक सुन्ने र ध्वनी बजाउनेहरुलाई हृदयरोग कम हुने र रक्तचापको समस्या पनि कम हुने प्रमाणित नै भइसकेको छ ।
कतिपय विश्वस्तरिय अनलाइन पत्रिकाहरुको अध्ययन श्रोतहरुलाई उद्धृत गर्दा शंखध्वनीको उपयोगिता अनि कोभिड विरुद्धको शारिरीक तयारीका लागि विशेषगरि फोक्सोको सार्मथ्य बढाउन शंखको भूमिकालाई निकै सराहना गरिएको पाइन्छ । द स्टेट्सम्यान नामक अँग्रेजी भाषाको अनलाइन पत्रिकाको एक संस्करणमा प्रयागराजको योगा गुरु रतन सिन्हालाई उद्धृत गरेको छ । रतनका अनुसार पछिल्लो पुस्ताहरुमा अनि पछिल्ला शताव्दीहरुमा धार्मिक आस्थागत रुपमा नै भएपछि शंखध्वनीको नियमित प्रयोग गरिने कारणले मान्छेहरु, पुजा गर्ने कर्ताहरुमा श्वाँसप्रश्वासको खासै समस्या नदेखिएको उल्लेख गरिएको छ । स्पाइरोमिटरलाई अहिले ठ्याक्कै यहाँ जोड्दा चाँही शंखको ध्वनीका लागि श्वाँसको प्याटर्न र स्पाइरोमिटरमा हावा भर्दाको श्वाँसको प्याटर्न लगभग उहि हो, आखिर हामीले शंख छाडेर अहिले पाएको चिकित्साको पद्धति पनि शंख ध्वनीकै स्परुप जस्तो नै त छ ।
स्पाइरोमिटर या शंख बजाउने दुबै प्रकारका मान्छेहरुलाई कोभिड मात्र नभई अन्य कुनै पनि श्वाँसप्रश्वास समस्या अन्यलाई झैं नहुने पाइएको छ । आजभोली त दैनिक योगा अभ्यासमा पनि कम्तिमा पनि ५ मिनेट शंख बजाउने अभ्यासलाई आत्मसाथ गरिएको बिभिन्न योगगुरुहरुको भनाँईलाई पनि धेरै अनलाइन पत्रिकाहरुमा उद्धृत गरिएको छ ।
घरमा र पुजाकोठामा वर्षौदेखि थन्कीएको शंख बजाउने प्रयास गर्ने हो कि ?