• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सुन तस्करी र सनम शाक्य हत्याकाण्डको प्रतिवेदन गायब

by
२९ मंसिर २०८०,
0
सुन तस्करी र सनम शाक्य हत्याकाण्डको प्रतिवेदन गायब
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुलुकका महत्वपूर्ण सरकारी दस्ताबेजहरू सुरक्षित राख्ने थलो प्रधानमन्त्री कार्यालय भए पनि त्यहींबाट कागजात हराएको पाइएको छ। सरकारले सुन तस्करीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन र तस्करी नियन्त्रण गर्न गठित कार्यदलले सुझावसहित दिएको दस्ताबेज भेटिएको छैन।

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा तत्कालीन सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले २०७५ साउन १६ गते बुझाएको प्रतिवेदन नभेटिएको हो।

वर्तमान सरकारले पनि सुन तस्करी प्रकरणमा छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले ३३ किलो सुन तस्करीसम्बन्धी प्रतिवेदन खोजी गर्दा प्रधानमन्त्री कार्यालयले उपलब्ध गराउन नसकेको हो।

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा तत्कालीन सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन फेला नपरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

‘साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा फेला परेन,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने। उक्त प्रकरणमा छानबिन समितिले संगठित सुन तस्करीबारे ७७३ पृष्ठको प्रतिवेदन २०७५ साउन १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो।

सुन तस्करीसम्बन्धी थप अनुसन्धान पनि निरन्तर हुने आश्वासन ओलीले दिएका थिए। ओलीले प्रतिवेदन बुझेपछि संगठित सुन तस्करीमा थप अनुसन्धान अघि बढाउने प्रतिबद्धता पनि जनाएका थिए। तर वर्तमान सरकारले बनाएको आचार्य नेतृत्वको आयोगले ३३ किलो सुन तस्करीसम्बन्धी प्रतिवेदनलाई पृष्ठभूमिका रूपमा प्रयोग गर्न अध्ययनका लागि माग्दा पाएको छैन।

‘प्रधामन्त्री कार्यालय र गृह मन्त्रालय दुवै ठाउँमा सो प्रतिवेदन भेटिएन,’ उच्चस्तरीय जाँचबुझ आयोगका एक सदस्यले भने। साउन ३ गते त्रिभुवन विमास्थलबाट राजस्व अनुसन्धान विभागले ६० किलोभन्दा बढी सुन बरामद गरेपछि त्यस सम्बन्धमा जाँचबुझ गर्न बनेको आयोगले ३३ किलो सुन तस्करीसम्बन्धी प्रतिवेदन अध्ययनका लागि मागेको हो।विमानस्थलबाट लगातार सुन तस्करी हुन थालेको भन्दै सरकारको आलोचना भइरहेको बेला आयोग गठन भएको हो।

गत साउनमा राजस्व अनुसन्धान विभागले ब्रेक सुमार्फत आएको सुन बरामद गरेपछि विमानस्थलबाट विभिन्न तरिका अपनाएर सुन ओसारपसार भइरहेको अनुमान गरिएको थियो।

विभागले सुन बरामद गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि लगातार सुन तस्करी भइरहेको प्रतिवेदन तयार पारेको थियो।

साउनमा तस्करीको ६० किलो सुन बरामद हुनुअघि गत माघमा विमानस्थलबाटै इलेक्ट्रिक सिगरेट ९भेप० मार्फत नौ किलो सुन तस्करी भएको विषयले राजनीतिक रूपमै तरंग ल्याएको थियो। यी सबै विषयलाई समेटेर थप अनुसन्धान गर्न र सरकारलाई सुझाव दिन उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा आयोग गठन गरिएको हो।

अनुसन्धान समितिले संकलन गरेका प्रमाण राखिएको बाकस । यो बाकस गृह मन्त्रालयमा त्यसबेला राखिएको थियो ।
आयोगले २०७० सालअघि र पछि भएका सुन तस्करीका घटनाको अध्ययन थालेको छ। यसका लागि उसले विभिन्न क्षेत्रबाट सूचनासमेत संकलनरमाग गरिरहेको जनाइएको छ। यसैक्रममा उसले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।

प्रधानमन्त्री कार्यालयले उक्त प्रतिवेदन आफ्नो कार्यालयमा नभएको जवाफ दिएको र गृह मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा भएको जवाफ दिएको स्रोतले जनाएको छ।

आयोगले प्रधानमन्त्री कार्यालयबाट उक्त प्रतिवेदन उपलब्ध नभएपछि प्रधानमन्त्री निवास बालुवाटारमा पनि खोजीका लागि ताकेता गरेको थियो। ‘बालुवाटरमा पनि ताकेता गरियो। अहिलेसम्म फेला परेको छैन,’ स्रोतले भन्यो।

त्यतिबेला संगठित सुन तस्करीमा विमानस्थलमा कार्यरत प्रहरीका उच्च अधिकारीहरू, सुन व्यापारी आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, व्यापारी विमल पोदार लगायतले ठुलो परिमाणमा सुन तस्करी भएको निष्कर्ष निकालेको थियो।

तत्कालीन प्रधानमन्त्री ओलीको पालामा गठित समितिले संगठित तस्करले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत कर्मचारी, लोडर र प्रहरीका उच्च अधिकारीहरूसँगको मिलेमतोमा गुपचुप अवैध स्वर्ण धन्दा चलारहेको निष्कर्ष निकालेको थियो। पौडेल संयोजक रहेको समितिले तयार पारेको प्रतिवेदनमा ५२१ पटक विमानस्थल हुँदै सुन तस्करी भएको निष्कर्ष निकालेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा सुन तस्करीका मुख्य व्यक्ति भनिएका ‘गोरे’ भनिने चुडामणि उप्रेतीको अनामनगरस्थित फ्ल्याटबाट बरामद गरिएका विभिन्न नौवटा डायरीमा उल्लेख भएको सुन ल्याउने व्यक्तिका नाम, परिणाम, सुन ल्याएको मिति र ल्याउने भरियाको नामसमेत समावेश भएको उल्लेख थियो। प्रतिवेदनलाई आधार मान्ने हो भने अभियोगपत्रमा २०१५ को जुलाईयता ५२१ पटक सुन ल्याइएको उल्लेख थियो।

२०७४ साल फागुन तेस्रो साता दुवईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको साढे ३३ किलो अवैध सुन बाहिरिने क्रममा हराएपछि घटना बाहिर आएको थियो।

तस्करीको सुन ओसारेर भारतीय बजारसम्म पु¥याउने मुख्य जिम्मा पाएका मोरङ उर्लाबारी घर भएका ‘गोरे’ ले सुन खोजी गर्ने क्रममा सनम शाक्यको हत्या भएको थियो।

त्यतिबेला तस्करीको सुन विमानस्थलबाट लिएर निस्केका सानु बन बाटामै हराएको र सोही क्रममा सुन पनि हराएपछि गोरेले सबैभन्दा धेरै केरकार विमानस्थलभित्र कार्यरत थाई एयरलाइन्सका प्राविधिक कर्मचारी बनलाई नै गरेको प्रतिवेदनमा उल्लेख छ। त्यही कारण २०७५ माघ २२ माघमा बनले विमानस्थलभित्र गुडिरहेको ट्याक्टरमुनि छिरेर आत्महत्या गरेको भए पनि त्यस दिन प्रहरीले प्रकाशित गरेको नियमित बुलेटिनमा उनको मृत्यु ट्याक्टर दुर्घटनामा भएको उल्लेख थियो।

पौडेल समितिले बुझाएको प्रतिवेदनका आधारमा ६३ जना प्रतिवादीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। अहिले त्यतिबेलाका सुन तस्करीका मुख्य नाइके गोरे केन्द्रीय कारागारको गोलघरमा छन्। यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

Previous Post

काठमाडौं महानगरको काम गम्भीरतापूर्वक नियालिरहेको छुः प्रधानमन्त्री

Next Post

मादीनदीमा तटबन्ध निर्माणपछि जोखिममुक्त

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
मादीनदीमा तटबन्ध निर्माणपछि जोखिममुक्त

मादीनदीमा तटबन्ध निर्माणपछि जोखिममुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In