काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय राजकिशोर सिंह राजपूतको सालिक अनावरण गरेका छन् ।
धनुषाको औरही गाउँपालिकास्थित औरही गाउँमा आयोजित कार्यक्रमबिच सोमबार कांग्रेस सभापति देउवाले धनुषा निर्वाचन क्षेत्र नं। २ का पूर्व सभापति स्वर्गीय सिंहको सालिक अनावरण गरेका हुन् । उक्त अनावरण कार्यक्रममा कांग्रेस नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधि लगायतको उपस्थिति रहेको थियो ।













