• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

by
२५ मंसिर २०८०,
0
सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मङ्सिरको १५ गते शुक्रबार पोखरा महानगरपालिका – ३३ भरतपोखरीको बर माझथरका सात युवा कास्कीकै मादी गाउँपालिका – १ स्थित सिक्लेसको भ्रमणका लागि निस्किए। पछिल्लो समयमा बढ्दो पर्यटकको आगमनले चासो र चर्चा कमाएको सिक्लेस सञ्चारमाध्यममा सुनेका उनीहर”को उद्देश्य सिक्लेसमै पुगी त्यहाँको वातावरण प्रत्यक्ष अवलोकन गर्नुथियो।मोटरसाइकलमार्फत यात्राको तय गरेका उनीहरूलाई घरबाट निस्कँदा कतै भीडभाडका कारण बस्ने ठाउँ नै पाइँदैन कि भन्ने चिन्ता पनि थियो।

त्यसै चिन्ताले यात्राकै क्रममा त्यहाँका होमस्टे सञ्चालकलाई फोन गरी आफूहरू आउन लागेको जानकारी गराएको भ्रमणटोलीका सदस्य कमलप्रसाद पौडेलले बताए। ‘बाटोबाटै फोन गरिएका कारण हामीलाई त्यहाँ पुुगेर बस्न र खान धेरै सजिलो भयो’, स्थानीय चण्डी माध्यमिक विद्यालयका शिक्षक रहेका उनले भने, ‘त्यो दिन सिक्लेस पुग्नेको ठूलै उपस्थिति थियो, स्थानीयवासीलाई व्यवस्थापन गर्न हम्मेहम्मे देखिन्थ्यो।’

आफूहरू पनि पहिलोपटक सिक्लेस पुुगेको बताउँदै पौडेलले सञ्चारमाध्यम एवम् विभिन्न सामाजिक सञ्जालमा सुनेको भन्दा पनि अझै रमणीय स्थान भएको बताए। सिक्लेस जाने बाटो ठाउँ ठाउँमा निर्माणकै क्रममा रहेका कारण दुईपाङ्ग्रे सवारीसाधनमार्फत जाँदा होसियारीपूर्वक नै जानुपर्ने उनको सुुझाव थियो। पर्यटकीय गाउँ र ठाउँलाई आन्तरिक रूपमा पनि प्रवर्द्धन गर्न आवश्यक भएको पौडेलले उल्लेख गरे।

उनले भनेजस्तै बढ्दो पर्यटकको आगमनले यहाँका पर्यटन व्यवसायी ठूलो सङ्ख्यामा आउन थालेकाले तिनको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा छन्। विगतका वर्षमा कोरोनाको महामारीले लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न भागबाट पर्यटक आउन थालेसँगै यहाँको चहलपहल ह्वात्तै बढेको हो।

सिक्लेसमा गाउँमाथिका पदमार्ग क्षेत्रकासमेत गरी ४१ वटा होटेल सञ्चालनमा आइसकेको मादी गाउँपालिका( १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए।

होटेलका साथै यहाँका झण्डै दुुई दर्जन सङ्ख्याका घरवास ९होमस्टे०ले यहाँ दैनिक रूपमा पर्यटकलाई खाने बस्ने सुविधा दिइरहेका छन्। आफ्नो मौलिक कला, संस्कृति तथा मनोरम प्रकृतिका कारण सिक्लेसले स्वदेशी एवम् विदेशी पर्यटकलाई लोभ्याउने गरेको उनले बताए। सिक्लेस समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा छ।

वरिपरि हरियो वनजङ्गल रहेको यो गाउँमा चरा र वन्यजन्तुप्रेमी पनि रमाउने गरेका छन्। यहाँबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जो कोहीलाई लोभ्याउने गरेको छ।

पछिल्ला समयमा पर्यटकको आगमनले यहाँको पयर्उटन राम्रै प्रवद्र्धन भएको उल्लेख गर्दै वडाध्यक्ष गुरुङ आगामी दिनमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयले आँफूहरूलाई सचेत गराएको बताए।

‘पर्यटकको आगमनलाई लक्ष्य गरी यहाँको प्रकृति, संस्कृति र मौलिकता समेतको संरक्षण गर्दै उचित व्यवस्थापन गर्नुु जरुरी छ’, उनले भने, ‘बढ्दो पर्यटकको आगमनमा समेत यहाँको सरसफाइ, प्राकृतिक एवम् सांस्कृतिक मौलिकता जोगाउन आजैदेखि लाग्नु अपरिहार्य देखिएको छ।’

लगभग चार सय कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँ हो। सिक्लेसमा ढुङ्गाले छाएको तथा ढुङ्गा छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर बस्ती छन्। सरसफाइमा निकै ध्यान दिइएका कारण बाटाघाटा तथा घर, चोकमा प्लास्टिक एवम् कागज केही नभेटिनु यहाँको विशिष्टता हो।

यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ। कला र संस्कृति बचाउनका लागि यहाँ गरिने मेला तथा महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघिसम्म प्रचलित खेल झिझिलि, हेकुचे, घुर्राजस्ता प्रतियोगिता समेत गराउने गरिएको छ।

संस्कृतिकै निरन्तरतास्वरूप सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा कायमै छ। परम्परागत हस्तकला व्यवसाय, राडिपाखी, थैलो, भाङ्ग्रा ९रेँका०, बख्खु र मान्द्रो, भकारी, डोकोडालो, नाम्लो र गुन्द्री उत्पादन आदिले पनि यहाँको मौलिकता बचाएको छ।

गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर पनि एक दिनमा पुग्न सकिन्छ। त्यसैले गुरुङ जातिको अध्ययन अनुसन्धानका लागि पनि स्वदेशी एवं विदेशीसमेत सिक्लेस जाने गरेका छन्।

त्यहाँ रहेको सिक्लेस ईको म्युजियम पनि दर्शनीयस्थलका रुपमा विकास भएको छ। संग्रहालयमा गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रूपमा झल्काउने सामग्री राखिएको इको म्युजियम व्यवस्थापन समितिका अध्यक्ष हुमकुमारी गुरुङले बताइन्।

सङ्ग्रहालयमा आउने पर्यटकले हिमाली जीवन र संस्कृतिसँगै विभिन्न जडीबुटी आदिबारे पनि जानकारी लिन पाउँछन्। त्यहाँ आउने पर्यटकले गुरुङ पहिरन लगाएर तस्बिर खिच्ने गर्दछन्। संङ्ग्रहालयको व्यवस्थापनका लागि विदेशी पर्यटकसँग रु एक सय ५०, अन्य सर्वसाधारणसँग एक सय र विद्यार्थीसँग ३० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको उनको भनाइ थियो।

सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्त्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔंले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन्।

सिक्लेसबाट कफुचे हिमतालका साथै कोरिसम्म पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ। वडाध्यक्ष गुरुङका अनुसार सिक्लेसबाट कफुचे, कोरीसम्मको पदयात्रा मार्गलाई केटुु पदमार्गका रुपमा विकास गर्ने सोच राखिएको छ। यस पदमार्ग क्षेत्रका कफुचे, होगुँ, कोरी, पासाँलगायत स्थानमा होटेलपनि सञ्चालनमा आएको उनले जानकारी दिए।

सिक्लेसबाट पहिलो दिन कफुचे हिमताल पुुगेका पर्यटक दोस्रो दिन कोरी र तेस्रो दिन पुनः सिक्लेस फर्कन सक्ने अध्यक्ष गुरुङले बताए। ‘सिक्लेसबाट तारहिलटप हुँदै तिइँ, कफुचेसम्मको नयाँ पदमार्ग समेत विकास गर्ने हाम्रो सोच छ’, उनले भने, ‘पदयात्राका क्रममा उक्त मार्गबाट देखिने धवलागिरिदेखि मनास्लु हिमशृङ्खलासम्मका दृश्यलाई एकसाथ अवलोकन गर्न पाउनु यहाँको विशिष्टता हो।’

यस पदमार्गलाई मादी गाउँपालिका वडा नं ६ को थाक हिल, चिप्ली, मादीकै वडा नं १ को सिलाङ गाउँका साथै घलेखर्कबाट पनि जोड्न सकिने उनले जानकारी दिए। गुराँसै गुराँसले भरिएका यस पदमार्ग गुराँस फुल्ने समयमा अझै मनमोहक देखिने अध्यक्ष गुरुङले बताए। पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेस जान काहुँ खोलामा जीप सहज रूपमा नै उपलब्ध हुन्छन्।

नेपालको १२ वर्षे द्वन्द्व अन्त्यका लागि तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा माओवादीका नेता पुष्पकमल दाहाल पहिलो पटक यही सिक्लेसबाट सार्वजनिक बनेकाले यो शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा चित्रित भएको छ। गाउँपालिकाले यही गाउँमा शान्ति स्मारकसमेत निर्माण गरिसकेको छ।

Previous Post

पक्की पुल निर्माण नहुँदा आवतजावतमा सास्ती

Next Post

रुसी सेनामा २ सय नेपाली रहेछन्, युक्रेनी सेनामा पनि भेटिएः प्रधानमन्त्री प्रचण्ड

सम्बन्धित खबर

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट
समाचार

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

८ अशोज २०८३,
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
समाचार

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

८ अशोज २०८३,
प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग
समाचार

प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

८ अशोज २०८३,
बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक
फिचर-ब्यानर

बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

८ अशोज २०८३,
दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो
फिचर-ब्यानर

दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

८ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

८ अशोज २०८३,
Load More
Next Post
रुसी सेनामा २ सय नेपाली रहेछन्, युक्रेनी सेनामा पनि भेटिएः प्रधानमन्त्री प्रचण्ड

रुसी सेनामा २ सय नेपाली रहेछन्, युक्रेनी सेनामा पनि भेटिएः प्रधानमन्त्री प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In