• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालबालिकामा मोबाइलको लतले गम्भीर समस्या, कसरी छुटाउने ?

by
२४ मंसिर २०८०,
0
बालबालिकामा मोबाइलको लतले गम्भीर समस्या, कसरी छुटाउने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बालबालिकाहरुले अधिकांश सयम मोवाइलमा बिताउने लतका कारण विभिन्न किसिमको समस्या देखा पर्न थालेको छ । नियमीत क्रियाकलाप गर्ने समय मोबाइल फोन चलनउदा बालवालिकाले सिक्नुपर्ने आधारभुत बानी व्यावहार समेत सिक्न नसकेको अभिभावकहरुले गुनासो गर्न थालेको पाइन्छ ।

काठमाडौंको अनामनगरमा बसोबास गर्ने सम्झना शर्माकी छोरी अहिले साढे तीन वर्षकी भइन्। सँगसँगै जन्मिएका अन्य बालबालिकाभन्दा ढिलासम्म आफ्नी छोरी नबोल्दा सम्झनालाई निकै चिन्ता लागेको थियो।

दुई वर्षकी हुन लाग्दासमेत कुनै बोली फुटाएर प्रतिक्रिया जनाउनु त परको कुरा बाबारमामु समेत भन्न नथाल्दा छोरी पनि अटिस्टिक रहिछ कि भन्ने धेरै तनावमा थिइन् सम्झना । बोली नफुटेकी उनकी छोरीलाई खुवाउनुपर्‍यो भने मोबाइलमा भिडिओहरू नदेखाई हुँदैनथ्यो।

‘हामी पनि दुवै जना काम गर्ने भएकाले उसलाई समय दिन पनि नभ्याउने अनि मोबाइल थमायो, खुवायो गर्थ्यौँ,’ सम्झना भन्छिन्। ढिलोसम्म छोरी नबोलेपछि उनले चिकित्सकहरूलाई पनि त्यसबारे भनिन्। सबैले मोबाइल धेरै खेलाएर पो नबोलेको हो कि भन्ने शङ्का गरे।

‘दुई वर्षकी भएपछि भने किन्डरगार्टनमा हालिदिएँ,” सम्झना भन्छिन्, ‘छोरी त बिस्तारै बोल्न मात्र थालिन, घरमा हुँदाभन्दा निकै टाठी पनि भईन्।’ उनलाई अहिले लाग्छ, ‘आमाबाबु दुवैले घरमा धेरै बेर मोबाइल नै चलाइरहने अनि छोरीलाई पनि फकाउन मोबाइल नै दिने गर्दागर्दै छोरीसँग गर्नुपर्ने खालको संवाद नै गरिएनछ।’

बालमनोचिकित्सक तथा मनोविद्हरूका अनुसार अचेल सम्झनाको जस्तै आफ्ना छोराछोरी ‘ढिलो बोलेका वा बोली नफुटेको’ गुनासो गर्नेहरू धेरै हुन थालेका छन्। र, त्यसको कारणको रूपमा देखा परेको छ । मोबाइलको अधिक प्रयोग अर्थात् मोबाइलको लत। यद्यपि त्यसबारे नेपालमा खासै अध्ययनहरू नभएकाले यकिनका साथ भन्न नसकिने उनीहरूको भनाइ छ।

पहिले कान्ति बाल अस्पतालमा काम गरिसकेकी र हाल मानसिक अस्पताल लगनखेलमा कार्यरत बाल तथा किशोरकिशोरीसम्बन्धी मनोचिकित्सक डा। शेरिना मोक्तानका भनाइमा विशेष गरी नेपालका सहरी क्षेत्रका कतिपय बालबालिकामा ढिलो गरी बोली फुट्नुको एउटा कारण मोबाइल पनि हुन सक्ने देखिएको छ।

उनी भन्छिन्, ‘बालबालिकालाई सानैदेखि चौबीसै घण्टा मोबाइलमा झुन्डिन दिँदा उनीहरूले सामाजिक संवाद नै गर्न पाइरहेका छैनन्। संवाद गर्ने वातावरण नभईकन बालबालिकाले बोल्न सिक्दैनन्।’ उनी भन्छिन्, ‘मोबाइलले नर्सरी राइम्स वा एबीसीडी त सिकाउला तर बोल्न वा संवाद गर्न सिकाउँदैन। त्यो निरन्तरको अभ्यासमा निर्भर हुने कुरा हो।’

कान्ति बाल अस्पतालमा रहँदा त्यस्तो समस्या लिएर आएका कतिपय बालबालिकाका अभिभावकलाई मोबाइल चलाउने समय कम गर्न लगाउँदा त्यसले फाइदा पुगेको देखिएको अनुभव उनको छ। बालबालिकामा बोली ढिलो आउने त एउटा उदाहरण मात्र भएको र मोबाइलको लत लागेपछि बालबालिकामा अनेकौँ मानसिक र शारीरिक समस्याहरू देखिन थालेको मोक्तान बताउँछिन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मोबाइलको लतका कारण बालबालिकाको समग्र विकासमै नकारात्मक असर पर्ने र समस्या देखिने भन्दै पटकपटक सूचना नै जारी गरेर सचेत गराउने गरेको छ।

बालबालिकामा मोबाइलको लत लाग्नुको कारण
बालबालिकामा मोबाइलको लत लाग्नुमा अभिभावकले अधिक मोबाइल चलाउनु पनि एउटा कारण हो । जानकारहरूका भनाइमा बालबालिका तथा किशोरकिशोरीमा मोबाइलको लत अहिले विश्वव्यापी समस्याका रूपमा देखिएको छ।

यद्यपि त्यो बालबालिसँग मात्र जोडिएको नभई अभिभावकको आनीबानीसँग पनि सम्बन्धित रहेको छ। बालबालिकामा हुने मोबाइलको लत भनेको उनीहरूले मोबाइल धेरै चलाउनु मात्र नभएको मोक्तान बताउँछिन्।

उनी भन्छिन्, ‘मोबाइल धेरै चलाउनु मात्र होइन, मोबाइल चलाउन नपाउँदा बालबालिकाले दुस्ख मान्ने, निराश हुने, डराउने, मोबाइलबाहेक अन्य कुरामा ध्यानै नदिने, सामाजिक नहुने खालको अवस्था बन्यो भने त्यसलाई मोबाइलको लत लागेको भन्नुपर्ने हुन्छ।’

मोबाइलको लत मोबाइल धेरै चलाएर मात्र नभई ‘सामाजिक चिन्ता’का कारण पनि हुन सक्छ। ‘सामाजिक चिन्ता भएका बालबालिकाले त्यसलाई भुलाउनका लागि मोबाइल चलाउन थाल्छन् र त्यो मात्रा बढ्दै जान्छ अनि लत बस्छ,’ मोक्तान भन्छिन्।

त्यस्तै डिप्रेसन भएका बालबालिकाले पनि त्यसबाट भुल्न मोबाइल धेरै चलाउने र त्यो लत बन्ने उनको भनाइ छ। मोक्तानका अनुभवमा कान्ति बाल अस्पतालमा दैनिक चाररपाँच जना बालबालिकाहरूलाई मोबाइलको लतकै कारण मानसिक समस्या देखिएको भनेर ल्याइने गरेको छ।

मोबाइलको लत कम गर्न के गर्ने ?

बालबालिकामा हुने मोबाइलको लत कम गर्न सबैभन्दा प्रमुख भूमिका अभिभावकको हुने विज्ञहरू बताउँछन्।

मोक्तान भन्छिन्, ‘सबैभन्दा पहिले अभिभावक आफैँले दिनको अधिकतम दुई घण्टाभन्दा बढी मोबाइल चलाउनु भएन र बालबालिकालाई पनि दिनु भएन।’

अभिभावकपछि शिक्षकशिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ। त्यस्तै घरमा कुनै स्थानलाई ‘स्क्रीन९फ्री जोन’ बनाउन उनी सुझाव दिन्छिन्।

सरकारले मोबाइलको लतबाट हुने असर र त्यसलाई कम गर्न अभिभावकले गर्नुपर्ने कामबारे सचेतना फैलाउनुपर्ने आवश्यकता शर्मा देख्छिन्।

त्यस्तै सरकारले नेपालमा ‘कति स्क्रीन टाइम उपयुक्त हो’ भन्ने मापदण्ड बनाउनुपर्ने र त्यो पालन गर्न सबैलाई उत्प्रेरित गर्नुपर्ने विज्ञहरूकव सुझाव छ।

त्यसका अतिरिक्त मोबाइल चलाउने समयमा त्यसलाई बन्द गरेर अन्य विकल्पहरूमा बालबालिकालाई सहभागी गराउनुपर्ने मोक्तानको सुझाव छ।

Previous Post

तत्कालीन अनुसन्धान अधिकृत बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा

Next Post

समय अगावै फुल्दै लालिगुराँस, लोप हुँदै पैयुँ

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
समय अगावै फुल्दै लालिगुराँस, लोप हुँदै पैयुँ

समय अगावै फुल्दै लालिगुराँस, लोप हुँदै पैयुँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In