• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    नवलपरासीमा आगलागी, बाह्र घर जले

    नवलपरासीमा आगलागी, बाह्र घर जले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

समय अगावै फुल्दै लालिगुराँस, लोप हुँदै पैयुँ

by
२४ मंसिर २०८०,
0
समय अगावै फुल्दै लालिगुराँस, लोप हुँदै पैयुँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भेरीगङ्गा (सुर्खेत) – समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद लागेसँगै पैयुँ फूल्न थाल्छ । यसको रस माहुरीका लागि प्रमुख आहारा हो ।

पैयुँ फूल्न थालेपछि पहाडी क्षेत्रमा गहुँखेती गर्न थालिन्छ । विभिन्न धार्मिक गतिविधिमा पैयुँका हाँगा प्रयोग गर्ने गरिन्छ । तर पछिल्लो समय पैयुँ हराउँदै गएको छ । गुराँस फूल्ने समयमा परिवर्तन आउन थालेको पाइएको छ ।

दैलेखको गुराँस गाउँपालिका–७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष भए । उनले थाहा पाउने बेलादेखि नै घर वरपर पैयुँका बिरुवा प्रसस्त थिए । जब पैयुँ फुल्न थाल्थे त्यतिबेला वन ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैयुँका बिरुवा हराउँदै गएको खड्का बताउछन् । “पहिला त पैयुँ वनैभरी थियो”, उनि भन्छन्, “कात्तिक लाग्न थालेपछि फुलेर ढक्कमक्क हुन्थ्यो, पछिल्लो समय त यो बिरुवा हराउँदै गएको छ ।”

खड्का भन्छन्, “विवाह गर्दा, पूजाआजा गर्दा पैयुँ चाहिन्छ, कूल पूजा गर्दासमेत मौलो पैयुँकै हाल्नुपर्ने हुन्छ । तर अहिले यो पाउन छाडेको छ ।”
समय अगावै फुल्दै लालिगुराँस, लोप हुँदै पैयुँ

गुराँस– ८ का जगत विसी पनि पैयुँ लोप हुन थालेको देखेर अचम्मित बनेका छन् । “यो बिरुवा एकैपटक सबै ठाउँमा हराउँदै गएको छ, यसको कारण के होला रु”, उनि प्रश्न गर्दै भन्छन्, “यो हराउनु सामान्य कुरा होइन ।”

पैयुँ नेपालको रैथाने वनस्पति हो । गुराँस–८ का महेश केसी पैयुँ हराउँदा यसले समग्र पर्यावरणमा असर पार्न सक्ने बताउछन् । यसको संरक्षणमा सबैले चासो दिनुपर्ने उनको सुझाव छ । यही क्षेत्रमा लालिगुराँस प्रसस्त पाइन्छ । स्थानीयवासीका अनुसार गुराँस पहिला फागुनदेखि फुल्न थाल्थ्यो । तर अहिले पुस महिनादेखि नै फूल्न थालेको छ । गुराँस गाउँपालिकाको कालिका माविमा वातावरण विषय अध्यापन गराउँदै आएका शिक्षक लोकबहादुर खड्का लालिगुराँस फूल्ने समयमा परिवर्तन आएको बताउछन् ।

“पहिला लालिगुराँस फूल्न थालेपछि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिथ्यो । यो फागुनदेखि फूल्न थाल्थ्यो । तर अहिले त पुसदेखि नै फुल्न सुरु गर्छ ।” शिक्षक खड्का पहाडी क्षेत्रमा पाइने अन्य बिरुवा पनि फूल्ने समयमा परिवर्तन आएको पाइएको बताउछन् ।

पैयुँलगायत वनस्पति हराउँदै जानु र फूल फुल्ने समयमासमेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर भएको मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान सङ्कायमा अध्यापन गराउँदैआएका प्रध्यापक डा। पुष्पराज आचार्य बताउछन् । उनि भन्छन्, “अहिले विश्वमै तापमानमा वृिद्ध भइरहेको छ । जलवायु परिवर्तनको असर हरेक क्षेत्रमा परिरहेको छ । तापमान वृद्धीको असर फूल फूल्ने बिरुवामा अधिक पाइएको छ ।” पैयुँ हराउँदै गएको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।

रामप्रसाद गौतम ३० वर्षदेखि कृषि र वनको क्षेत्रमा काम गर्दै आएका छन् । उनले काठमाडौँमा नेपाल कृषि बीउबिजन केन्द्र स्थापना गरेर विभिन्न प्रजातिका बिरुवाको बीउ तथा बेर्ना वितरण गर्दै आएका छन् । पैयुँ नेपालका पहाडी क्षेत्रका वनमा आफै उम्रिने बिरुवा भए पनि गौतमले आफ्नो संस्थाबाट यो बिरुवाका बीउ र बेर्ना उत्पादन गरी वितरण गर्दै आएका छन् । “ पैयुँ लोप हुन थालेपछि यसको संरक्षणका लागि बीउ उत्पादन गर्न थालिएको हो”, उनले भने ।

कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता रेणुका न्यौपाने केही बिरुवाको संरक्षणका लागि काम भइरहेको बताउछिन् । “पैयुँ लोप हुँदै गएको विषयमा त खोज अनुसन्धान भएको छैन”, उनले भनिन् । आगामी आर्थिक वर्षदेखि यस विषयमा प्रदेश सरकारले कार्यक्रम ल्याउने प्रवक्ता न्यौपानेले बताइन् ।

Previous Post

बालबालिकामा मोबाइलको लतले गम्भीर समस्या, कसरी छुटाउने ?

Next Post

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

सम्बन्धित खबर

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट
फिचर-ब्यानर

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

९ बैशाख २०८३,
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
फिचर-ब्यानर

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

९ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

९ बैशाख २०८३,
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
समाचार

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

९ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

९ बैशाख २०८३,
नवलपरासीमा आगलागी, बाह्र घर जले
समाचार

नवलपरासीमा आगलागी, बाह्र घर जले

९ बैशाख २०८३,
Load More
Next Post
भारतको विधानसभा निर्वाचनमा भाजपा चारमध्ये तीन प्रदेशमा विजयी, कंग्रेसलाई नराम्रो धक्का

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In