• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मादी नदीमा तटबन्धन निर्माण गरिँदै

by
२३ मंसिर २०८०,
0
मादी नदीमा तटबन्धन निर्माण गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ– गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत दुई चरणमा तटबन्धन निर्माण भइरहेको छ । व्यास नगरपालिका–६ शिशाघाटदेखि व्यास-५ पाटनसम्म करिब १६ किलोमिटर दूरीमा तटबन्धन निर्माण भइरहेको हो ।

गत वर्ष मादी नदीमा आएको बाढीले मानव बस्ती आसपासका क्षेत्र कटान गरी उच्च जोखिम बनाएपछि संरक्षणका लागि तटबन्धन निर्माण थालिएको जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

पहिलो चरणअन्तर्गत सिसाघाटदेखि चिन्तुटारसम्म र दोस्रो चरणअन्तर्गत गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्धनका काम भइरहेको कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार दुवै चरणको गरी हालसम्म ४८ प्रतिशत कार्य प्रगति भएको छ ।

सङ्घ विशेष अनुदान कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशको आर्थिक सहयोगमा निर्माण भएको मादी नदी किनारमा तटबन्धनका काम भइरहेको श्रेष्ठले बताए। उक्त योजनाको हालसम्म वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ । उनका अनुसार विसं २०८१ भदौ ५ गतेभित्र योजना सम्पन्न गर्ने गरी सम्झौता गरी निर्माण अघि बढाइएको हो ।

‘नदी कटानले जोखिममा परेका बस्तीलाई प्राथमिकता दिएर काम गरिएको छ’, श्रेष्ठले भने, ‘तटबन्धन निर्माणपछि स्थानीयवासीले राहतको महसुस गर्नसक्ने छन् ।’अति जोखिम क्षेत्र व्यास नगरपालिकाको वडा नं ३,४,५,६ र १० मा पर्ने मादी नदी नियन्त्रणका लागि निर्माण तीव्र गतिमा भइरहेको कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिएका छन् । उनका अनुसार चरण–१ का लागि रू आठ करोड ६३ लाख र चरण–२ का लागि रू नौ करोड ३५ लाखमा ठेक्का सम्झौता भएको हो ।

गत वर्ष नदीमा आएको बाढीले कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि किनारमा ग्याबिन वालसहितको बाँध निर्माण गरिएको थियो । समुद्री सतहबाट करिब चार मिटर उचाइको ग्याबिन वाल निर्माणपछि नदी कटान नियन्त्रणमा आई सदरमुकाम संरक्षणमा सहयोग पुगेको पाटन टोल विकास संस्थाका निवर्तमान अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए ।

बाढीले बस्ती जोखिममा परेपछि रातभर जाग्रम बसेको स्मरण गर्दै उनले भने,’तटबन्धन निर्माण भएपछि स्थानीय बासिन्दा ढुक्क भएका छौँ ।’ उनका अनुसार नदी कटानले व्यास–६ पाटन क्षेत्रका मात्रै छ सयभन्दा बढी घरधुरी जोखिममा रहेका थिए ।

‘समयमै तटबन्धन नगरिएको भए धेरै क्षति भोग्नुपर्ने अवस्था थियो’, श्रेष्ठले भने, ‘व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको पहलमा गण्डकी प्रदेशले बजेट विनियोजन गरिदिएपछि नदी किनारमा तटबन्धन निर्माणसँगै राहतको महसुस गरेका छौँ ।’

Previous Post

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

Next Post

भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

सम्बन्धित खबर

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
Load More
Next Post
भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In