• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    खाने हैन त ‘दुर्गा मोही’ ?

    खाने हैन त ‘दुर्गा मोही’ ?

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क ?

by
२० मंसिर २०८०,
0
कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बागलुङ बजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । बजारभन्दा नजिकै उपल्लाचौर दवगरामा बनेको सुविधासम्पन्न बसपार्क भने प्रयोगविहीन छ । बसपार्क निर्माण भएको दुई वर्ष पूरा भइसक्दा पनि बसपार्क कहिले सञ्चालनमा आउँछ भन्ने पत्तो छैन ।

नगर विकास कोषबाट करोडौँ ऋण लिएर बसपार्क निर्माण गरिएको थियो । अहिलेसम्म उक्त ऋण चुत्ता भइसकेको छैन । नगरपालिकाले हरेक वर्ष करिब रु ६० लाख भुक्तानी गर्दै आएको छ । निर्माणसम्पन्न भएको बसपार्क वर्षौंसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । बसपार्क सञ्चालनमा नआउँदा एकातिर बजारमा यात्रु र स्थानीयले सास्ती खेप्नुपरेको छभने अर्कोतिर बसपार्क प्रयोगबिना नै भत्किने जोखिम बढेको छ ।

पाँच वर्षअगाडि ठेक्कामा गएको बसपार्क विसं २०७८ मा निर्माण सम्पन्न भएको थियो । पाँच दशमलव पाँच प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्ने गरी नगर विकास कोषले विसं २०७४ मा रु नौ करोड चार लाख ३९ हजार ऋण नगरपालिकालाई दिएको थियो ।

दुई वर्षअगाडि निर्माण भएको बसपार्कको अहिले पार्किङस्थलको कालोपत्र उप्कन थालेको छ । उपल्लाचौरमा निर्मित बसपार्क पहुँच मार्ग नबनेका कारण सञ्चालनमा ढिलाइ भइरहेकोे छ । बसपार्क जोड्न एक सय मिटर सडक बनाउनु पर्दछ । बसपार्क सञ्चालनमा आए सटर भाडामा दिएर राम्रो आम्दानी गर्न सकिने भए पनि दुई वर्षदेखि सञ्चालनमा नआउँदा नगरपालिकाले ठूलो आम्दानीको स्रोत गुमाइरहेको छ ।

सुरुको लागत रकम रु सात करोड ६६ लाख ९९ हजार ७४ रहे पनि पहिलो ‘भेरियसन’बाट रु एक करोड १३ लाख ६० हजार पाँच सय २० थप भएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै रु आठ करोड ८० लाख ६४ हजार एक सय ९८ को बिल पेस गरेको थियो । कम्पनीले स्वीकृत गरिएको भन्दा रु ४० लाख ७० हजार नौ सय ७४ बिल भुक्तानी गरेको भए पनि बागलुङ नगरपालिकाले हालसम्म रु आठ करोड ८३ लाख एक हजार नौ सय ९४ भुक्तानी गरिसकेको छ ।

नगर विकाष कोषबाट लिएको ऋण र नगरपालिकाको आफ्नै स्रोतबाट गरी सो रकम भुक्तानी गरिएको छ । नगरपालिकाले नगर विकाष कोषलाई अझै रु छ करोड ४३ लाख सात हजार तीन सय १५ भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । बसपार्क सञ्चालनका लागि प्रयास भइरहेको नगर उपप्रमुख राजु खड्काले बताए । स्थानीय र जग्गादातासँग सहमति जुटाएर पहुँचमार्ग व्यवस्थित गरी सञ्चालन गरिने उनको भनाइ छ ।

बसपार्क निर्माणका लागि स्थानीय २२ परिवारले साढे १७ रोपनी जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए । विसं २०५७ देखि बसपार्कका लागि जग्गा व्यवस्थापन गर्न थालिएको थियो । बसपार्कका लागि दिइएको जग्गा बाहेकको १२ रोपनीमा बस्ती नक्साङ्कन, सडक, ढल, नाली, पानी, बिजुली जस्ता पूर्वाधार निर्माणको काम पनि बाँकी नै छ ।

जग्गा व्यवस्थापन तथा विकास समितिसँग भएको सम्झौताअनुसार नगरपालिकाले ती पूर्वाधार बनाई दिनुपर्ने समितिका अध्यक्ष सुभासचन्द्र राजभण्डारीले बताए । नागरपालिकाले आफूहरुसँग गरेको १२ बुँदे समझदारीलाई पालिकाले कार्यान्वयन गर्नुपर्ने उनी बताउँछन् । बसपार्कमा ५० ठूला बस र १० साना बस अट्ने क्षमता छ । सो बसपार्कमा टर्मिनल भवन, व्यापारिक भवन, टिकट कक्षलगायत संरचना बनाइएको छ ।

Previous Post

जुवातास खेलिरहेका १४ जना पक्राउ

Next Post

सिन्धुपाल्चोकको विकट गाउँमा पुग्यो बिजुली

सम्बन्धित खबर

ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

८ अशोज २०८३,
संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

८ अशोज २०८३,
खाने हैन त ‘दुर्गा मोही’ ?
आवाज

खाने हैन त ‘दुर्गा मोही’ ?

८ अशोज २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

८ अशोज २०८३,
भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

८ अशोज २०८३,
भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
Load More
Next Post
विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा

सिन्धुपाल्चोकको विकट गाउँमा पुग्यो बिजुली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In