• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलवायु वार्ता कठिन हुँदै गर्दा जीवाश्म इन्धनको पैरवी गर्नेको सङ्ख्या बढ्दै

by
२० मंसिर २०८०,
0
जलवायु वार्ता कठिन हुँदै गर्दा जीवाश्म इन्धनको पैरवी गर्नेको सङ्ख्या बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुबई। दुबईमा जीवाश्म इन्धनको पैरवी गर्नेहरूको कीर्तिमानी सङ्ख्या प्रत्येक प्रतिनिधिमण्डलभन्दा धेरै हुँदा मङ्गलबार संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा कोइला, तेल र ग्यासका लागि बोल्ने स्वरहरू कडा भएको कार्यकर्ताहरूले बताएका छन् ।

विभाजन यति गहिरो छ कि नयाँ मस्यौदा सम्झौतामा जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने वा यो मुद्दालाई सम्बोधन नै नगर्ने विकल्पहरू समावेश गरिएको छ । यसबाट आगामी साताको अन्त्यमा हुने कठिन छलफलका लागि मञ्च तयार भएको छ ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातक मुलुक साउदी अरबले कडा धारणा राख्दै जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले बन्द गर्न त के चरणबद्ध तरिकाले घटाउनसमेत आफू बिल्कुलै सहमत नभएको बताएको छ ।

सात वर्षभित्र विश्वव्यापी तापक्रमले एक दशमलव पाँच डिग्री सेल्सियसको सीमालाई पार गर्न सक्छ भनी वैज्ञानिकहरूले दिएको चेतावनीका बावजुद यस्तो धारणा आएको हो ।

विश्वव्यापी तापक्रममा सबैभन्दा ठूलो योगदान गर्ने जीवाश्म इन्धनको भविष्यमाथिको पेचिलो बहसका लागि तेल समृद्ध मुलुक संयुक्त अरब इमिरेट्स ९युएई० ले आयोजना गरेको राष्ट्रसङ्घीय जलवायु सम्मेलन ९कोप२८० को बैठक मुख्य रणभूमि हो ।

दुबईमा सम्भावित सम्झौताको पछिल्लो संस्करणमा तीन विकल्प थिए– जीवाश्म इन्धनको ‘व्यवस्थित तथा न्यायसङ्गत’ चरणबद्ध अन्त्य, जीवाश्म इन्धन परियोजनाहरूलाई चरणबद्ध कम गर्नका लागि तीव्र प्रयास वा कुनै पनि विषय समावेश नगर्ने ।

अघिल्लो कोप वार्ताहरूमा अवरोध सिर्जना गरेका राष्ट्रहरूले ती परम्परागत स्थितिमा आफूलाई उभ्याउँदै छन् । साउदी अरबका ऊर्जामन्त्रीले कोप२८ सम्झौतामा जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले कम गर्नका लागि आफू ‘बिल्कुल सहमत’ नभएको बताएका छन् । उनले यस्तो परिवर्तनको सम्भावनाबारे समेत प्रश्न गरेका छन् ।
यद्यपि जर्मनीका जलवायु दूत जेनिफर मोर्गनले विश्वव्यापी ऊर्जा प्रणालीलाई रूपान्तरण गर्नु ‘एकमात्र विकल्प’ भएको बताउनुभयो । “नवीकरणीय ऊर्जाहरू भविष्य हुन्, जीवाश्म युगको अन्त्य यहाँ कोप२८ मा मूर्त हुनुपर्छ ।”

धनी अर्थतन्त्रहरूले आफ्नै हाइड्रोकार्बन परियोजनाहरूको विस्तार गर्दा जीवाश्म इन्धनबाट बाहिर निस्कन माग गरेकामा उनीहरूलाई पाखण्डको आरोप लगाइएको छ ।

क्युबाका कूटनीतिज्ञ पेड्रो लुइस पेड्रोसोले विकासोन्मुख मुलुकहरूलाई पर्याप्त सहयोग उपलब्ध नगराई कठोर आर्थिक परिवर्तन गर्न गइरहेको बताउनुभयो । “यदि एउटा अत्यन्त निर्धन मुलुकले तेल पत्ता लगाउँछ र उसलाई कसैले सहयोग गर्दिन भन्यो भने हामीले कसरी उसलाई जीवाश्म इन्धन छुन सक्दैनौ भन्न सक्छौँ ? ”, कथित ग्लोबल साउथ राष्ट्रहरूको समूहको नेतृत्व गर्ने पेड्रोसोले भन्नुभयो ।

जर्मन जलवायु दूत मोर्गनले प्रगति भइरहेको बताउनुभयो । उहाँले कहिलेकाहीँ यो सुस्त हुने तर यस्तो स्तरमा यो सामान्य भएको स्वीकार गर्नुभयो ।

सन् २०१५ मा ऐतिहासिक पेरिस जलवायु सम्झौताका वास्तुकार लरेन्स टुबियानाले वार्ताहरू कठिन छन् भन्नुभयो । उहाँका अनुसार ‘हामी यस्तो चरणमा छौँ जहाँ सबै विकल्प टेबलमा छन् तर हामीले कुनै सन्तुलन विन्दु देखिरहेका छैनौँ ।’

“यस्तो स्तरमा यो सामान्य हो तर यो विशेषरूपमा कठिन देखिन्छ किनकी हामी कोठामा हात्तीको बारेमा छलफल गरिरहेका छौँ जुन जीवाश्म इन्धन हो ।”

यद्यपि अमेरिकी जलवायु दूत जोन केरीले वार्ताकारहरूले अगाडिको मार्ग पत्ता लगाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले सिङ्गापुरको प्रसारक सिएनएलाई भन्नुभयो, “तपाइँसामु एक सय ९५ देश वार्तामा आउँदा कठिन हुन्छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बुधबार संयुक्त अरब इमिरेट्स ९युएई० को भ्रमण गर्दै हुनुहुन्छ तर विश्वको सबैभन्दा ठूलो जीवाश्म इन्धन उत्पादकमध्येको एक रुसका नेताले कोप२८ को भ्रमण गर्नुहुन्छ वा हुन्न भन्नेबारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

करिब दुई हजार पाँच सय जीवाश्म इन्धन पैरवीकर्ताहरूलाई दुबईमा कोप२८ वार्ताका लागि मान्यता दिइएको अभियान समूहहरूले बताएका छन् । एनजीओ अम्ब्रेला ग्रुप किक बिग पोल्युटर्स आउटका अनुसार जीवाश्म इन्धनको रुचिमा जोडिएका दुई हजार चार सय ५६ मानिसको पहिचान भएको छ । यो गत वर्षको कोप२७ को सङ्ख्याको करिब चार गुणा हो ।

यदि यिनीहरूलाई एउटा समूहमा लिने हो भने उनीहरूको सङ्ख्या ब्राजिल र युएई बाहेक ‘प्रत्येक मुलुकका प्रतिनिधिमण्डल’ भन्दा बढी हुनेछ । युएईको राष्ट्रिय तेल कम्पनी एडिएनओसीका प्रमुख सुल्तान अल जाबेर कोप२८ को अध्यक्षमा नियुक्त भएदेखि अभियानकर्ताहरू जीवाश्म इन्धन पैरवीकर्ताहरूको प्रभावलाई लिएर चिन्तित छन् ।

Previous Post

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल अस्पतालमा

Next Post

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छः उपप्रधानमन्त्री खड्का

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छः उपप्रधानमन्त्री खड्का

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छः उपप्रधानमन्त्री खड्का

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In