• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

    मध्यावधिअघि ट्रम्पको नयाँ चुनावी आरोप

    क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

    क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

    उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

    उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

    मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन

    कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पृथ्वीराजमार्गको पूर्वी सडकखण्डको आँबुखैरेनीमा कालोपत्र सुरु

by
१९ मंसिर २०८०,
0
पृथ्वीराजमार्गको पूर्वी सडकखण्डको आँबुखैरेनीमा कालोपत्र सुरु

rqmky ;8ssf] aNv'df sfnf]kq lrlgofF ;xof]udf lgdf0ff{wgLg sn+sL–sf]6]Zj/ rqmky ;8ssf] aNv'df laxLaf/ sfnf]kq ub}{ sfdbf/ . tl:a/ M gf/fo0f Gof}kfg], /f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक (पूर्वीखण्ड)अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रको काम सुरु गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका चोकबाट सुरु गरी गत असारमा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र अघि बढाएको हो । यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरी मार्किचोकसम्मको करिब तीन किलोमिटर दूरीमा कालोपत्र सम्पन्न गरिसकेको छ ।

अब गरिने चार किलोमिटर दूरी कालोपत्र काम १० देखि १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेको भनाइ छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्मको करिब छ किलोमिटर दूरी एकतर्फी कालोपत्र केही समय अघि सम्पन्न भएको थियो ।

बन्दीपुर–१ नाहालादेखि व्यास–१२ छिर्कनसम्मको उक्त दूरीमा अस्फाल्ट प्रविधिको कालोपत्र तिहारपछि लगत्तै सम्पन्न गरेको हो । तिहारअघि तीन किलोमिटर र तिहारपछि तीन किलोमिटर दूरीमा कालोपत्र सम्पन्न गरेपछि आँबुखैरेनी क्षेत्रबाट काम सुरु गरेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

राजमार्गको पूर्वी खण्डको एकतर्फी सडकमा कालोपत्र गर्न थालेपनि एकतर्फी पूरै कालोपत्र गर्ने कार्य बाँकी छ । बरादीबाट डुम्रे, छिर्कनबाट दमौली र दमौलीबाट जामुनेसम्म एकतर्फी कालोपत्र गर्ने कार्य बाँकी रहेकाले एकतर्फी कालोपत्र गरिए पनि सवारीसाधनलाई धेरै सहज हुने विश्वास गरिएको छ ।

“बिजुलीको खम्बा हटाइएको, घर भत्काएर खुला भएका स्थानमा काम गर्दै जाने योजनाअनुरुप निर्माण र कालोपत्रका कार्य अघि बढाइएको छ”,इञ्जिनियर पाण्डेले भने, “उक्त खण्डमा हालसम्म ३६ प्रतिशतभन्दा बढी कार्य प्रगति भइसकेको छ ।”

“सडकका दायाँबायाँ कटिङ गर्ने र कल्भर्ट राख्नेलगायतका कार्य सम्पन्नपश्चात कालोपत्र कार्य अघि बढाइएको हो”,उनले भने, “कालोपत्र गर्नुपूर्व समाबेस र बेस प्रयोग गरी रोलिङ गरेर सुकेपछि बिटुमिनको झोल राखेर कालोपत्र गरिन्छ ।”

उक्त राजमार्गको पूर्वी सडकअन्र्तगत ४१ दशमलव ४५ किमी दूरीमा सडक विस्तारका कार्य भइरहेको छ । पूर्वी खण्डको सडक निर्माणका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि निर्माण प्रक्रिया अघि बढाइएको हो ।

पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।

पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यसखण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको इञ्जिनियर पाण्डेले जानकारी दिए ।

Previous Post

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्नेे सुविधा

Next Post

काष्ठ व्यवसाय धराशायी बन्दै गएको व्यवसायीको गुनासो

सम्बन्धित खबर

अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प
अन्तर्राष्ट्रिय

मध्यावधिअघि ट्रम्पको नयाँ चुनावी आरोप

२ साउन २०८३,
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
समाचार

क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

२ साउन २०८३,
उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
समाचार

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

२ साउन २०८३,
मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिचर-ब्यानर

मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

२ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२ साउन २०८३,
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन
फिचर-ब्यानर

कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन

२ साउन २०८३,
Load More
Next Post
काष्ठ व्यवसाय धराशायी बन्दै गएको व्यवसायीको गुनासो

काष्ठ व्यवसाय धराशायी बन्दै गएको व्यवसायीको गुनासो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In