• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

    किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने

by
१३ मंसिर २०८०,
0
जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टोक्यो । जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् ।

आपत्कालीन गर्भनिरोधक चक्की सामाजिकरूपमा रूढीवादी जापानमा चिकित्सकको प्रेस्क्रिप्सन र क्लिनिक वा फार्मेसीमा गएर मात्र उपलब्ध हुने भन्दै अधिकार समूहहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । अभियानकर्ताहरूका अनुसार यसले धेरै महिला विशेषगरी बलात्कार पीडित र किशोरीहरूलाई टाढा राखेको छ ।

पाइलट प्रोजेक्टअन्तर्गत यौन सम्पर्कको ७२ घण्टाभित्र गर्भधारणलाई रोक्न सक्ने तर समयसँगै कम प्रभावकारी हुने चक्की एक सय ४५ फार्मेसीमा उपलब्ध गराउने तयारी छ । यद्यपि जापान फर्मास्युटिकल एसोसिएसनको वेबसाइटअनुसार महिलाहरूले अहिले पनि परिचयपत्र देखाउनुपर्ने र फर्मासिस्टको अगाडि औषधि लिनुपर्नेछ ।

चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की लिन न्यूनतम उमेर १६ छ तर १८ वर्षभन्दा कम उमेर भएकालाई बुबाआमा वा अभिभावक हुन आवश्यक छ । गर्भनिरोधक चक्कीको मूल्य सात हजारदेखि नौ हजार येन ९४७ देखि ६१ अमेरिकी डलर० को बिच निर्धारण गरिएको छ ।

आपत्कालीन गर्भ निरोधकका लागि फार्मेसी परियोजना अभियान समूहले परीक्षण पर्याप्त नभएको बताएको छ । समूहका सह–अध्यक्ष असुका सोमेयाले भन्नुभयो, “फार्मेसीको छनोट अत्यन्तै कडा थियो, यो चक्की एक सय ४५ औषधि पसलमा मात्र उपलब्ध छ, यो जापानमा कूल ६० हजारमा शून्य दशमलव दुई प्रतिशत मात्र हो ।”

उहाँले बाबुआमाको सहमतिको आवश्यकताले नाबालिगहरूलाई ठुलो बाधा उत्पन्न गर्ने बताउनुभयो । “यस्ता धेरै मानिस छन् जसले सम्भावित गर्भावस्थाका बारेमा आफ्ना बाबुआमासँग कुरा गर्न सक्तैनन्, उनीहरूलाई आफ्नो यौन अनुभव र गर्भावस्थाको चिन्ताका बारेमा बाबुआमासँग कुरा गर्न कठिन हुनेछ”, उहाँले भन्नुभयो, “हामीले फेरि पनि स्वास्थ्य मन्त्रालयसँग कुनै प्रतिबन्धबिना फार्मेसीहरूमा चक्की सम्पूर्णरूपमा र छिटो उपलब्ध गराउन अनुरोध गरेका छौँ ।”

पाइलट प्रोजेक्टले यो वर्ष स्वास्थ्य मन्त्रालयको सार्वजनिक परामर्शमा अत्यधिक सकारात्मक प्रतिक्रियालाई अनुसरण गरेको छ । परामर्शमा ४६ हजार उत्तरदाताहरूमध्ये ९७ प्रतिशतले पक्षमा राय दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन गर्भनिरोधक चक्की सबै राष्ट्रिय परिवार नियोजन कार्यक्रममा नियमितरूपमा समावेश गर्नुपर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । अभियानकर्ताहरूका अनुसार ९० भन्दा बढी मुलुकमा बिना प्रेस्क्रिप्सन गर्भनिरोधक चक्कीको बिक्रीलाई अनुमति दिएका छन् ।

Previous Post

उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु

Next Post

तनहुँमा चार मिटर लामो अजिंगर फेला

सम्बन्धित खबर

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी
फिचर-ब्यानर

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

११ बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

११ बैशाख २०८३,
हर्मुज तनावबीच युद्धविराम विस्तार
फिचर-ब्यानर

हर्मुज तनावबीच युद्धविराम विस्तार

११ बैशाख २०८३,
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
समाचार

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

११ बैशाख २०८३,
सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ
समाचार

सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

११ बैशाख २०८३,
नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज
समाचार

नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

११ बैशाख २०८३,
Load More
Next Post
तनहुँमा चार मिटर लामो अजिंगर फेला

तनहुँमा चार मिटर लामो अजिंगर फेला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In