आत्माको खोजमा लागेका कोही दुर्लभ सज्जन सन्ततिलाई छोडेर प्रायतः समग्र मनुष्य नरनारीहरूको मनो भूमिका एकै किसिमको हुन्छ । आफ्नो स्वार्थ, आफ्नो अभिमान, आफ्नो लोभ मोहमा चोट लाग्यो, नुक्सान प-यो भने अत्यन्त निकटको प्रिय बन्धु पनि तुरन्त शत्रु भइहाल्छ, तसर्थ असारमा अमुक मेरो प्रिय छ भनेर मक्ख पर्नु आपूmलाई धोखा दिनु हो ।
जबसम्म सामनेवालाको मनमा आपूmप्रति मोह ममता छ तथा आपूmबाट उसले केही उसको हित हुने कुरा सोचेको सम्झेको र कल्पना गरेको छ तबसम्म राम्रो नराम्रो कुराकानीका व्यवस्थामा पनि हितको पल्टा भारी राखेर सम्बन्ध बनाउँछन् । जब लोभ, रुचि र अभिमानमा धक्का लाग्छ, बालुवाको घर भत्के भैmँ सबै सम्बन्ध भत्किन्छन् । वृत्तिहरू धेरै किसिमका छन्रु। ऋ । ऋषिवृत्ति, सज्जनवृत्ति धैर्य र ज्ञानका बलले गल्तीबाट युक्त रहन्छन्रु। प ।
परन्तु असुरवृत्ति, स्वार्थवृत्ति, चञ्चलवृत्ति भएका मनुष्यहरू अनायास परिस्थितिका साथ मन बदलेर अचानक अमुक पर्वतमा असिना परभैmँ दुष्ट बन्न बेर लाउँदैनन् । एक सत्य याद राख्नु – ज्ञानीको हृदय मेरु र सागरभन्दा पनि महान् हुन्छ ।
भाग्य एवं त्यागको प्रक्रियालाई राम्ररी सम्झनुपर्छ, जो हुँदै छ, जस्तो हुँदै छ, जहाँ छौ त्यो भाग्य हो । विवेक, विचार, सन्तोष, अनासक्ति यी चार तत्वका आशयले मानसिक संसारबाट (स्मृति, अहं, इच्छा, आशा, तृष्णा, अपेक्षा) आपूmलाई स्वतन्त्र राख्नु ‘त्याग’ हो ।
स्थान, व्यक्ति, वातावरण, परिस्थिति परिवर्तनशील छन् । अ । आफ्नो स्वरूप आपूm जहाँ गए पनि साथै जान्छ । अशोधित या शोधित मन पनि साथै जान्छ । योग्यता, तत्परता, क्षमता एवं अहोभाव पनि नित्यसँगै रहन्छन् । विरोधिता (अयोग्यता, अतत्परता, अक्षमता, दोषीभाव) पनि साथै रहन्छन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













