• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वी नाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

by
११ मंसिर २०८०,
0
पूर्वी नाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातको तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात गरिएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखानुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार रुपैयाँबराबरको २३ हजार ९८८ मेट्रिक टन ताजा तरकारी आयात गरिएको छ ।

सोही अवधिमा नेपालबाट नौ करोड ६५ लाख ७२ हजार ८०० रुपैयाँबराबरको ६ हजार ३० मेट्रिक टन तरकारी भारततर्फ निर्यात गरिएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए ।

पूर्वी नाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै ३८ करोड ३१ लाख ८७ हजार २०० रुपैयाँबराबरको घाटा भएको छ ।

नेपालबाट निर्यात गरिने ताजा तरकारीमा बन्दाकोबी, मुला र गोलभेँडा छन् । यीमध्ये सबैभन्दा बढी नौ करोड ५४ लाख ७२ हजार रुपैयाँबराबरको पाँच हजार ९६७ मेट्रिक टन बन्दाकोबी भारततर्फ निर्यात गरिएको ठाकुरले जानकारी दिए ।

यस्तै, तरकारीमा गोलभेँडा पाँच लाख १२ हजार रुपैयाँबराबरको २६ मेट्रिक टन र पाँच लाख ८९ हजार रुपैयाँबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात गरिएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोबी, मुला र गोलभेँडा भारततर्फ निर्यात गर्ने गरिएको छ ।

१९ करोड बढीको गोलभेँडा आयात
चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेँडा १९ करोड ३७ लाख ४० हजार रुपैयाँबराबरको नौ हजार ६८७ मेट्रिक टन आयात गरिएको छ ।

सोही अवधिमा भारतबाट दुई करोड सात लाख ८० हजार रुपैयाँबराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र तीन करोड ७१ लाख ८० हजार रुपैयाँबराबरको एक हजार ८५९ मेट्रिक टन गाँजर आयात गरिएको छ । तरकारीमध्ये मुला र बन्दाकोबीचाहिँ भारतबाट आयात गरिएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीलगायत कोसी प्रदेशका जिल्लामा बन्दाकोबीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ ।

कोदो र आलुमा पनि भारतकै भर
नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा २३ करोड ६१ लाख ६० हजार रुपैयाँबराबरको चार हजार ९२० मेट्रिक टन कोदो भारतबाट आयात गरिएको छ ।

सोही अवधिमा भारतबाटै ९९ करोड ८९ लाख चार हजार रुपैयाँबराबरको ४१ हजार ६२१ मेट्रिक टन आलु आयात गरिएको कार्यालयले जनाएको छ ।

ती महिनामा एक अर्ब ८६ करोड ६५ लाख ६३ हजार रुपैयाँबराबरको ३६ हजार ७३० मेट्रिक टन फलफूल भारतबाट आयात गरिएको छ ।

उक्त अवधिमा दुई करोड ५९ लाख ९२ हजार रुपैयाँबराबरको ३६१ मेट्रिक टन चना, नौ करोड २२ लाख चार हजार रुपैयाँबराबरको एक हजार ३६ मेट्रिक टन मुसुरो दाल, १२ करोड ८६ लाख रुपैयाँबराबरको एक हजार २८६ मेट्रिक टन लसुन र ९८ लाख ५६ हजार रुपैयाँबराबरको ६१६ मेट्रिक टन उखु भारतबाट आयात गरिएको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट चालु आवको तीन महिनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटबिरुवा, प्रशोधित सामग्री, काठका सामान, मसाला बाली र बीउबिजन गरेर कुल पाँच अर्ब १० करोड ६० लाख ३१ हजार रुपैयाँबराबरको आयात गरिएको कार्यालयका सूचना अधिकारी ठाकुरले बताए ।

सोही अवधिमा तरकारी, जडीबुटी, प्लाइउडका सामान, अम्रिसोसहित कुल पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार रुपैयाँबराबरको नेपाली उत्पादन भारत, बंगलादेशलगायत मुलुकमा निर्यात गरिएको उनले जानकारी दिए । रासस

Previous Post

चीनमा फैलिएको निमोनिया बारे यथार्थ सार्बजनिक गर्न डब्लुएचओको आग्रह

Next Post

मोदीले भने– देशभित्रै विवाह उत्सव मनाउनोस्

सम्बन्धित खबर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

९ बैशाख २०८३,
१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट
फिचर-ब्यानर

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

९ बैशाख २०८३,
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
फिचर-ब्यानर

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

९ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

९ बैशाख २०८३,
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
समाचार

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

९ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

९ बैशाख २०८३,
Load More
Next Post
भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

मोदीले भने– देशभित्रै विवाह उत्सव मनाउनोस्

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In