• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

    प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    बिक्री हुन थाल्यो तम्घासमा फोहोर

    प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

    प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

महायज्ञबाट संकलित रकमबाट मन्दिर पुनर्निर्माण

by
११ मंसिर २०८०,
0
महायज्ञबाट संकलित रकमबाट मन्दिर पुनर्निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनर्निर्माण गरिएको छ । पुनर्निर्मित सो मन्दिरको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ ।

पन्ध्रौँ शताब्दीमा निर्माण भएको जगन्नाथ मन्दिरलाई महायज्ञ आयोजना गरेर सङ्कलन भएको रकमबाट नयाँ स्वरुपमा पुनर्निर्माण गरिएको हो । नवनिर्मित मन्दिरमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरूको विधिपूर्वक पूजा गरेर प्राणप्रतिष्ठा समेत गरिएको छ ।

विसं २०६९ मा मंसिरको ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रकमले जगन्नाथ मन्दिरको पुनर्निर्माण गरिएको थियो । सप्ताहव्यापी सो महायज्ञबाट सङ्कलित रु एक करोड आठ लाखको रकममध्ये जगन्नाथ मन्दिरको पुनर्निर्माण गर्नका लागि कुल ४७ लाख ९१ हजार नौसय ७३ रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिए ।

मन्दिर शिखर शैली एवं काठमाडौंको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ । पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले ऐतिहासिक जगन्नाथ मन्दिरको प्रचार प्रसार र प्रवद्र्धन गरेर धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।

उनले गलेश्वर, पौलस्त्य पुलहाश्रम, जगन्नाथ, डढेकोट हुँदै टोड्केको स्वर्गाश्रम क्षेत्रलाई जोडेर एकीकृतरूपमा धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउँदै जिल्लामा रहेका धार्मिक पर्यटकीयस्थलको पूर्वाधार निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य हरि र विमला गौचनले जगन्नाथ क्षेत्र पर्यटकीय दृष्टिकोणमा समेत सम्भावनायुक्त क्षेत्र रहेकाले यस क्षेत्रमा सडकको अवस्थालाई सुधार गर्दै पर्यटकीय पूर्वाधार निर्माणमा तीन तहकै सरकारबीचमा साझेदारी आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतम, बेनी नगरपालिका–५ पुलाचौरका वडाध्यक्ष गोविन्द बानियाँ, आर्किटेक इन्जिनियर विनोद खड्का, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, चन्दादाता गोपाल बानियाँ र जगन्नाथ मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले मन्तव्य व्यक्त गरेका थिए ।

जगन्नाथधाममा पूजा गरेमा मनोकांषा पूरा हुने जनविश्वास रहेको छ । तत्कालीन राजा दिलीपबम मल्लले विसं १५५० को दशकमा निर्माण गरेको यो मन्दिरको २०३९ सालमा पुनर्निर्माण गरिएको भए पनि तत्कालीन मन्दिर थप जीर्ण बन्दै गएपछि समुदायकै अग्रसरतामा महायज्ञ आयोजना गरेर पुनर्निर्माण गरिएको हो । मन्दिरको पुनर्निर्माण भएपछि अहिले यस क्षेत्रको भ्रमण तथा पूजापाठका लागि आउनेको संख्या बढेको छ ।

Previous Post

जापान पनि आर्थिक मन्दीको मारामा, अर्थतन्त्र सङ्कुचनमा

Next Post

निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन

सम्बन्धित खबर

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
आवाज

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

१० बैशाख २०८३,
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
आर्थिक

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

१० बैशाख २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

१० बैशाख २०८३,
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
आर्थिक

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

१० बैशाख २०८३,
प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग
समाचार

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

१० बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१० बैशाख २०८३,
Load More
Next Post
निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन

निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In