• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै

by
१० मंसिर २०८०,
0
दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘गामके अधिकारी तोहे बरका भैया हो,
भैया हात दश पोखरी खुनाइ दिय,
चम्पा फूल लगाइ दिय
सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’

अर्थात् (गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनाई दिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु) यी लगायतका गीत गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइका लागि दिदीबहिनीहरुले दीर्घायुको कामना गर्ने पर्व तराई मधेसमा प्रत्येक साँझ अहिले खेलिदैछ ।

सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्व खरनाको दिनदेखि सामाचकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् । मिथिल्लाञ्चल क्षेत्रमा बसोबास गर्ने मैथिली भाषी र थारू समुदायले यो पर्वलाई विशेष धुमधामका साथ मनाउने गरेकाले यहाँका गाउँहरू अहिले गीतमय बनेको छ । यो पर्वमा चेलिबेटीले गीतको माध्यमबाट दाजुभाइको दीर्घायुको कामना र आशिक दिने गर्छन् ।

यो बेलामा गाउँमा एक किसिमको सिनेमा प्रदर्शन भएको जस्तो लाग्छ । दसैं, तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रूपमा मनाइन्छ । साँझपख समाचकेवाका लागि महिलाले निकै उत्साहका गीत गाउने गर्छन् । जनकपुरधाम–२ की नितु मिश्र भन्छिन्, “मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निक्कै महत्वपूर्ण हो ।” मिश्रले यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यस पर्वलाई मनाउने गरेको बताउछिन् । उनले सामाचकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास रहेको बताइन् ।

समाचकेवा पर्व सुरु भएपछि यहाँका दिदीबहिनीहरूले समुदायमा रहेका फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतीक ’चुगला’ र कुचोको मसाल बनाई गाउँ÷टोल घुमाउँदै सार्वजनिक स्थलमा लग्छन् । त्यहाँ पहिले कुचोको मसालमा आगो बाल्ने र त्यसपछि त्यही मसालबाट चुगलाको जुँगामा आगो सल्काइ ढडाउने चलन छ । “कुरौटे र फटाहा प्रवृत्तिका व्यक्तिले समाजमा जरा गाड्न नपाओस् भन्ने सन्देश दिन र समाजमा दाजुभाइको सम्बन्ध सधैं सुमधुर बनाइराख्न चुगलाको जुँगा ढडाउने गरिन्छ” क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाकी अनिता यादवले भनिछन् ।

सामा भनेको दिदीबहिनी तथा चकवा भनेको दाजुभाइलाई बुझाउने गरेको यादवले बताउछिन्। यो पर्वमा माटोको समाचकेवाको भाँडो बनाइ पर्व अवधिभर दिदीबहिनीले पुज्ने गर्छन् । दाजुभाइ र दिदीबहिनीको प्रतीकको रूपमा माटोको समाचकेवा बनाई प्रचलित चलनअनुरूप पुजिने गरेको समाजशास्त्री नागेन्द्र दुबेले बताए । दुबेका अनुसार कार्तिक पूर्णिमामा चलिबेटीले दाजुभाइलाई मीठो परिकार खुवाएर चिरायुको कामना सहित आशीर्वाद दिने र भोलिपल्ट विधिवत रूपमा अन्त्य गरिन्छ ।

सामाचकेवा पर्वका लागि बजारमा थरिथरिका माटाका मूर्तिहरू बिक्री गरेको भेटिन्छ । फुर्सदिला चेलीहरूले समाचकेवामा प्रयोग हुने मूर्तिहरू आफैं बनाउँछन् भने केहीले बजारबाट खरिद गरेर ल्याउने गर्छन् । पञ्चमीदेखि दश दिनसम्म सामा चकेवा खेलेर दिदीबहिनीले एघारौँ दिनमा बिहानै सामा चकेवालाई पुनः बनाउने रङ्गरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामाचकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामाचकेवा फुटाउन लगाएर सामाचकेवालाई बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् । दिदीबहिनीले दाजुभाइलाई आशीष दिँदै यस्तो गीत गाउँछन् –

‘जीव, जीव’ जीव,की मोर भैया जीव’
कि तोर भैया जीव
जैसन धोवियाके पाठ तैसन भैयाक पीठ
जैसन करडिक थम्ह तैसन भैयाक जाँघ’

अर्थात्, मेरो दाजुभाइ वर्षौं वर्षसम्म बाँचुन्, धोबीले लुगा धुने धाटजस्तै पिठ्यूँ र करडिकको बोटजस्तै तिघ्रा बलियो होस् ।

संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामाचकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउछन् । कापडीका अनुसार दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामाचकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सामा चकेवा पर्वको बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोही अनुरुप यस पर्वमा टाढा टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् ।

यसरी सुरु भयो सामा चकेवा पर्व
पद्म पुराणमा उल्लेख भए अनुसार श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् । तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झूटा कुराहरु लगाइदिन्छ । त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शंका गरी चरी बन्ने सराप दिन्छन् । चारुबक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रूपमा वृन्दावनमा बस्न थाल्दछन् ।

यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन् । श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले चुगलाको मुख झोस्नेछन् भनि दिएको सरापबाट रिसाएर चूडकले वृन्दावनमै आगो लगाइदिन्छ ।

आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ । यसपछि भगवान् विष्णु साम्वाप्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदेखि सामाचकेवाको पर्व प्रचलित भएको मान्यता रहिआएको छ । सामा–चकेवा पर्वमा श्यामा र चारुबक्यको चरा रूपमै पूजा गर्ने गरिन्छ । भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चकेवा नाम प्रचलित हुन गएको हो । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ ।

रासस

Previous Post

तेमाल बृहत् खानेपानी आयोजनाको समयावधि लम्बियो

Next Post

बेलायत जान ७१ जना नर्स छनोट

सम्बन्धित खबर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी
फिचर-ब्यानर

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

२३ चैत्र २०८२,
Load More
Next Post
बेलायतमा नर्स पठाउन समय लाग्ने

बेलायत जान ७१ जना नर्स छनोट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In