दुर्गा प्रसाईंको हिजो भएको प्रदर्शनमा अराजक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् ।
सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् । उनीहरुलाई सिंहदरबार बृत्त लगिएको जनाइएको छ ।
को कहाँबाट पक्राउ परे ?
१. ROYAL TIGER FORCE (RTF) का अध्यक्ष मुनेन्द्र राजभण्डारीलाई असनबाट
२. वीर गोर्खाली (ATF) को अभियान प्रबन्धक सतिस राजाबादीलाई थापाथलीबाट
३. शाही युवा शक्तिका अध्यक्ष पशुपती खडकालाई फुटुंङबाट
४. वीर गोर्खाली (ATF) का सदस्य आभास खड्कालाई थापाथलीबाट
५. वीर गोर्खाली (ATF) का सदस्य अनुप बिक्रम शाहीलाई थापाथलीबाट













