• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामुदायिक वनभित्र ‘इको करिडोर’, जङ्गल ‘सफारी’ गर्ने पर्यटक बढे

by
५ मंसिर २०८०,
0
सामुदायिक वनभित्र ‘इको करिडोर’, जङ्गल ‘सफारी’ गर्ने पर्यटक बढे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधि बढ्दो क्रममा रहेको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि प्रमुख गन्तव्य बन्दै गएका छन् । यसले सामुदायिक वनहरू पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएका छन् । सामुदायिक वनले वन र वन्यजन्तु लक्षित गरी पर्यटकीय गतिविधिलाई बढाउँदै जाँदा वन र वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकको संख्या समेत बढ्दो छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जिल्लाको गैँडाकोटबाट त्रिवेणीसम्म वन र वन्यजन्तुमा आधारित पर्यटन फस्टाउँदो रहेको छ । निकुञ्जसँग गाँसिएका धेरैजसो मध्यवर्ती सामुदायिक वनमा वन र वन्यजन्तु अवलोकन गराउने कार्यक्रम तय गरिएका छन् । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकबाट वनको आम्दानी समेत बढ्दो रहेको छ ।

यहाँका वनमा गैँडा अवलोकनलाई मुख्यरूपमा जोड दिइएको छ । गैँडासँगै बँदेल, मृग, हरिण, भालु, मयुरलगायतका वन्यजन्तु र चराको अवलोकन गर्न सकिने हुँदा यसैलाई लक्षित गरी सामुदायिक वनमा जङ्गल सफारी गराउने गरिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए । जङ्गल सफारीमा आउने पर्यटकबाट लिइने शुल्क वनको आम्दानीको स्रोतसमेत भएको उनले बताए । ‘निकुञ्जसँग जोडिएकाले यहाँ गैँडा अवलोकन प्रमुख मानिन्छ, त्यसबाहेकका वन्यजन्तु र चरा अवलोकनका लागि समेत उपयुक्त क्षेत्र भएकाले हामीले यसैलाई आधार मानी पर्यटनलाई प्राथमिकता दिएका छौँ’, उनले भने, ‘यसैअनुसार मुख्य गरी जङ्गल सफारी गराउने गरिएको छ ।’

मध्यवर्ती वन र निकुञ्ज क्षेत्रबीच भएर नारायणी नदी बग्ने हुँदा नदीमा आश्रित चरा अवलोकनका लागि समेत यो क्षेत्र महत्त्वपूर्ण रहेको उनले बताए । नदी आसपासका रमणीय दृश्य आफैँमा पर्यटकलाई आकर्षित गर्ने रहेकाले आफूहरूले सोहीअनुसार वनभित्र ‘इको करिडोर’ निर्माण गरेको उनले बताए ।

सामुदायिक वनहरूले एकीकृतरूपमा वन र वन्यजन्तु अवलोकनका लागि मार्ग निर्माण गरेका छन् । अमलटारी क्षेत्रमा पर्ने गुद्रही ढकाहा, शान्तिकुञ्ज, कृष्णसार, नमूना मध्यवर्ती सामुदायिक वनले मिलेर दुई हजार २० हेक्टरको ‘इको करिडोर’ निर्माण गरेका छन् । पर्यटक सहजै वन्यजन्तुको अवलोकन गर्न सकुन् भनेर चारवटा वनले सयुक्तरूपमा यस क्षेत्रमा पर्यटकीयमार्ग निर्माण गरेका हुन् । पर्यटकले एक स्थानबाट प्रवेश गरेपछि चारैवटा वन क्षेत्रमा सहजै भ्रमण गर्न सक्ने अध्यक्ष महतोले बताए ।

जिल्लाकै शिशवार उपभोक्ता समितिमा आबद्ध रहेका चारवटा मध्यवर्ती वनले समेत सामूहिक योजना बनाएका छन् । दिव्य, प्रगति, नारायणी र मातृभूमि मध्यवर्ती सामुदायिक वन मिलेर वनमा ‘सफारीको रुट’ बनाएका छन् । वन्यजन्तु अवलोकनलाई पर्यटकले प्राथमिकता दिने गरेकाले यसैलाई लक्षित गरिएको छ ।

नारायणी नदी किनार चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्र पर्यटकको रोजाइमा पर्ने क्रम बढ्दै गएपछि वनहरूले सामूहिक योजना अगाडि बढाउन थालेका हुन् । वन क्षेत्रभित्र विभिन्न स्थानमा वन्यजन्तु अवलोकनका लागि मचान निर्माणसहित घाँसेमैदान र सिमसार व्यवस्थापनका लागि वनहरू लागेका छन् ।

सामुदायिक वनले वन र वन्यजन्तु लक्षित पर्यटकीय गतिविधि बढाउँदै जाँद यी क्षेत्रमा घरबास र होटल स्थापना हुने क्रम बढेको छ । मध्यवर्ती सामुदायिक वनसँगै जोडिएर आधा दर्जन बढी घरबास स्थापना भइसकेका छन् । यो सँगै पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल स्थापना गर्ने क्रमसमेत बढ्दो छ । मध्यवर्ती सामुदायिक वन वन्यजन्तु अवलोकनको क्षेत्रका रूपमा विकास हुँदा पर्यटक लक्षित गरी घरबास र होटल खुल्ने क्रम बढेको घरबास एशोसिएसनका केन्द्रीय अध्यक्ष एवं अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष पे्रमशङ्कर मर्दनियार थारूले बताए ।

‘मध्यवर्ती सामुदायिक वनमा गैँडासहितका वन्यजन्तु सहजै अवलोकन गर्न सकिने हुँदा पर्यटकको आगमन बढेको छ, सोहीअनुसार पर्यटक लक्षित गरी घरबास र होटल यस क्षेत्रमा खोल्ने क्रमसमेत बढेको छ’, उनले भने । धेरैजसो पर्यटक वन र वन्यजन्तु अवलोकनका लागि आउने गरेको उनले बताए । ‘वन र वन्यजन्तु अवलोकन पर्यटकको आकर्षणका रूपमा विकास भएको छ, यसमा आधारित पर्यटकीय गतिविधि बढ्दा यस क्षेत्रका संरक्षणकर्मीसमेत उत्साहित छन्’, अध्यक्ष थारूले भने ।

Previous Post

किसानलाई मल बीउभन्दा बाँदर आतंक समस्या

Next Post

रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In