• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेँसी झरे मुस्ताङी, पोखरामा चल्न थाल्यो घुम्ती स्कुल

by
४ मंसिर २०८०,
0
बेँसी झरे मुस्ताङी, पोखरामा चल्न थाल्यो घुम्ती स्कुल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । हिमाली जिल्ला मुस्ताङका नागरिकहरू बेँसी झर्न थालेका छन् । कात्तिक सुरुदेखि नै झर्न थालेका उनी मङ्सिरसम्म आधाभन्दा बढी पोखरा र तल्ला सहरहरूमा झरिसकेका छन् ।

चिसोमा मुस्ताङको जनजीवन कष्टकर हुन्छ । अधिकांश घरमा ताला लगाएर बेँसी झर्छन् । बर्खाभरि गाउँमा खेती किसानी गर्ने र हिउँद लागेपछि बेँसी झरेर व्यापारका लागि डुल्ने उनीहरूको सदियौँदेखिको चलन हो ।

लोमान्थाङ र लो घेकरका सबैजसो पोखरा, बेनी, बागलुङ लगायत ठाउँमा झरिसकेका लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हुर्वू गुरुङले बताए । ‘प्रायः सबै झरिसके । गाउँमा बृद्धबृद्धा र घर कुर्ने कुरुवा मात्रै छन्,’ उनले भने, ‘कुरुवा पनि धेरै घरमा छैनन् । अधिकांशको घरमा ताला लागेको छ ।’

यहाँका विद्यालय र गुम्बा स्कुलहरू समेत तल्ला क्षेत्रमा सारिएको छ । हिउँद याममा उत्तरी मुस्ताङका सबै स्कुलहरू घुम्तीका रूपमा पोखरा र आसपासमा चल्छन् ।

लोमान्थाङका ३ सामुदायिक विद्यालय र ४ वटा गुम्बा स्कुल पोखरामा सारिएको गुरुङले बताए । दिव्य दीप मावि, झिंझु आधारभूत स्कुल र राष्ट्रिय आधारभूत विद्यालय तथा मञ्जुश्री गुम्बा, निफु नाम्डोल गुम्बा, पाल नाम्ग्याल गुम्बा र महाकरुणा शाक्यापा गुम्बा तिहार अगाडि झरेका छन् ।

दिव्य दीप स्कुल विजयपुरस्थित कालिका माविको भवनमा सञ्चालन भइरहेको छ भने झिंझु हेमजाको आफ्नै भवनमा सञ्चालित छ । राष्ट्रिय आधारभूत स्कुल चाहिँ वेगनासतालमा सञ्चालन भएको शिक्षा प्रमुख विकास केसीले जानकारी दिए ।

दिव्य दीप स्कुलको भवन विजयपुरमा पालिकाले नै टेन्डर निकालेर निर्माण सुरु भएको छ । ४ करोडमा टेन्डर निकालिएको उनले बताए ।

‘सामुदायिक विद्यालयहरूले पनि घुम्ती पढाइका लागि आफ्नै भवन बनाएका छन् । सरकारले घुम्ती स्कुल बनाउन अनुदान पनि दिन्छ,’ उनले भने, ‘गुम्बाहरूको झन् व्यवस्थित छ । उनीहरूलाई खासै अनुदान दिनुपरेको छैन ।’ घुम्ती विद्यालय सञ्चालनका लागि सरकारले प्रति विद्यालय ३ लाख ५० हजारका दरले अनुदान दिने गरेको उनले जानकारी दिए । यसबाहेक प्रति विद्यार्थी मासिक ३ हजार ६ सय रुपैयाँ आवासबापत सहयोग गर्दै आएको छ ।

लो घेकर दामोदर कुण्ड गाउँपालिकाका ८ सामुदायिक स्कुलमध्ये ७ वटा पोखरामा घुम्ती रूपमा चल्न थालेका छन् । चराङ, मराङ, ढाक्मार, शालिग्राम, यारा, घारा र जनज्योति आधारभूत विद्यालयले पोखरामा घुम्ती पढाई सञ्चालन गरेका हुन् । उनीहरू पोखराको हेमजा, भकुन्डे, विजयपुर लगायत क्षेत्रमा सञ्चालन गरिन्छन् । पालिकाले समेत घुम्ती विद्यालय सञ्चालनका लागि विशेष बजेट विनियोजन गर्दै आएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल भण्डारीले संघबाट आएको अनुदानले नपुगे पालिकाले थप गर्ने बताए ।

‘संघ सरकारले नै घुम्ती विद्यालयका लागि सहयोग गर्छ । पुगेन भने पालिकाले थपिदिन्छ,’ उनले भने, ‘हिमाली जिल्लामा घुम्ती विद्यालय सञ्चालनको लागि विशेष अनुदान नै आउँछ ।’ वारागुङ मुक्ति क्षेत्र गाउँपालिका अन्तर्गतको जननर्मल माध्यमिक विद्यालय र मुक्तिनाथ आधारभूत विद्यालय झारकोट बेँसी स्थानान्तरण गरिए पनि अन्य विद्यालयहरूलाई पुस र माघ हिउँदे २ महिना जाडो बिदा दिने गरिएको छ । बेँसी झरेका स्कुलहरू चिसो घटेपछि मुस्ताङ फर्किन्छन् ।

Previous Post

पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार

Next Post

ट्रम्प समर्थक दक्षिणपन्थी नेता मिलेइ अर्जेन्टिनाको राष्ट्रपतिमा बिजयी

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
ट्रम्प समर्थक दक्षिणपन्थी नेता मिलेइ अर्जेन्टिनाको राष्ट्रपतिमा बिजयी

ट्रम्प समर्थक दक्षिणपन्थी नेता मिलेइ अर्जेन्टिनाको राष्ट्रपतिमा बिजयी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In