• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार

by
४ मंसिर २०८०,
0
पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङको ऐतिहासिक गलकोट दरबार स्वरुपमा फर्किएको छ। बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको पुनर्निर्माण गरिएको हो।

द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो। अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने रङ्गरोगनपछि चिटिक्क भएको छ।

दरबारको पुनर्निर्माणसहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन्। लामो समयसम्म मर्मत सम्भार नहुँदा दरबारका झ्याल ढोका बिग्रिएका थिए। दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई पुनर्निर्माणसहित रिसोर्ट बनाउन थालिएको हो।

दरबार आकर्षणको केन्द्रको रुपमा विकास भइसकेपछि पर्यटकलाई लक्षित गरी आवासीय सुविधा सहितको रिसोर्टको काम पनि धमाधम चलिरहेको छ। दरबारमा रहेको पुरानो घर र गोठलाई मौलिक रुपमा पुनर्निर्माण गरिएको छ भने, तत्कालीन मल्ल राजाले निर्माण गरेको पोखरीको समेत पुनर्निर्माण थालिएको छ।

गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको १०० वर्षभन्दा पुरानो गलकोट दरबार घुम्न आउने पर्यटक बढेपछि मल्ल परिवारकै सक्रियतामा दरबारको पुनर्निर्माणसँगै साजसज्जा लगायतको काम धमाधम भइरहेको छ। तत्कालीन भरतबम मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेपछि उनकै पुस्ताले दरबारको संरक्षण थालिएको हो।

दरबार संरक्षणसँगै आम्दानीकोसमेत स्रोत बढाउन दरबारमा रिसोर्टको सुविधा थप गर्न थालेको तत्कालीन राजा भरतबम मल्लका नाती मञ्जेशबम मल्लले बताए। मञ्जेशबम मल्ल, विजयबम मल्लसहित चारजना मिलेर गलकोट दरबार क्षेत्रलाई रिसोर्टमा परिणत गर्न थालिएको हो।

विजयबम मल्लका अनुसार आगामी तीन महिनाभित्रै रिसोर्ट सञ्चालनमा ल्याउने गरी धमाधम संरचना तयार भइरहेका छन्। दरबारमा फोटो खिच्ने स्थान, रुखमाथि कटेज, झुला, विद्युतीकरणलगायतको काम भइरहेको छ। दरबारमा रहेको बगैँचा, पानी पोखरी, कुवालगायत अन्य संरचनालाई समेत थप आर्कषक बनाउने कार्य भइरहेको छ।

गलकोट दरबारमा आउने पर्यटकको सङ्ख्यामा उलेख्य वृद्धि भएपछि दरबार क्षेत्रको संरक्षण, पुनर्निर्माणसहित आवसीय सुविधासहितको रिसोर्ट बनाउन थालिएको गलकोट नगरपालिका–५ हरिचौरका वडाध्यक्ष तथा दरबार संरक्षणका अगुवा पवन हमालले जानकारी दिए।

“द्वन्द्वकालमा मल्ल परिवार विस्थापित भएपछि जीर्ण बनेको थियो, अहिले जीर्ण दरबारलाई मर्मत सम्भार गरेर चिटिक्क पारेका छौँ। हाम्रो मुख्य उद्देश्य भनेको आन्तरिक पर्यटक प्रर्वद्धन नै हो। दरबारलाई सङ्ग्रहालयको रुपमा विकास गर्ने, दरबार घुम्न आउने पर्यटकलाई दरबारको ऐतिहासिक विषयवस्तु सहितको सूचना केन्द्र स्थापना गर्ने र दरबारमा आएका पर्यटकले यही खान बस्ने सुविधा मिलाउनका लागि पूर्वाधार थप गरेका हौँ,” हमालले भने, “अन्य दरबार वरपरका अन्य भौतिक संरचना परम्परागत, ढुङ्गाले छाएर बनाएका छौँ।”

हमालका अनुसार दरबार संरक्षणसँगै आन्तरिक पर्यटकबाट आम्दानी गर्ने र दरबारलाई दीर्घकालीन रुपमा पर्यटकीय केन्द्रका रुपमा बनाउन आर्थिक स्रोतसमेत आवश्यक पर्ने भएकाले रिसोर्ट निर्माण गर्न थालिएको हो।

हमालका अनुसार पहिलो चरणमा दरबार मर्मत र अन्य भौतिक संरचनामा रु ५० लाख खर्च अनुमान गरिएको छ। पर्यटकको आवश्यकताअनुसार पूर्वाधारमा क्रमशः लगानी बढाउने सोचमा रहेको हमालको भनाइ छ।

पर्यटन प्रवद्र्धनसँगै दरबार परिसरको जग्गामा कृषि गर्ने योजनासमेत उक्त युवा समूहमा छ। दरबार ९१ वर्ष पुरानो रहेको छ। दरबार परिसरमा नाति मन्जेशबम मल्लले माछापोखरी बनाएर विभिन्न प्रजातीका माछासमेत पाल्दै आएका छन्। उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ।

विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो। राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ल आएको थियो। परिवारसहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा मारिएका थिए।

विसं २०५९ वैशाखमा भएको हत्यासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौं गएपछि दरबार जीर्ण बनेको थियो। पछिल्लो सममा नाति मन्जेशबम मल्लले दरबारको संरक्षणमा चासो दिएपछि स्थानीयवासीले सघाएका छन्। विसं १९६८ को अन्त्यतिर राजा नारायणबम मल्लको निधन भएपछि भरतबम मल्ल गलकोट राज्यका अन्तिम राजा भएका थिए।

विसं १९८९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडौं र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन्। दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार झण्डै पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ। रासस

Previous Post

वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

Next Post

बेँसी झरे मुस्ताङी, पोखरामा चल्न थाल्यो घुम्ती स्कुल

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
बेँसी झरे मुस्ताङी, पोखरामा चल्न थाल्यो घुम्ती स्कुल

बेँसी झरे मुस्ताङी, पोखरामा चल्न थाल्यो घुम्ती स्कुल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In