भिन्डी स्वास्थ्यका दृष्टिकोणले अत्यन्त गुणकारी पनि हुन्छ । भिन्डीमा प्रशस्त मात्रामा भिटामिन ए, बी सी र भिटामिन इ, क्याल्सियम, फलाम जस्ता पोषक तत्व हुन्छ । यसमा प्रशस्त मात्रामा फाइबर पनि हुने भएकोले स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ ।
१. भिन्डीको नियमित सेवनले ब्लड सुगरको लेवल नियन्त्रणमा राख्नुको साथै मधुमेहका बिरामीका लागि लाभदायी हुन्छ ।
२. भिन्डीको नियमित सेवनले कब्जियतको समस्याबाट मुक्ति मिल्छ ।
३. भिन्डीमा पाइने भिटामिन ‘ए’ ले आँखा तेजिलो बनाउन मद्दत गर्नुको साथै भिटमिन ‘इ’ ले छालालाई सुन्दर बनाउँछ ।
४. भिन्डीलाई राम्रोसँग धोएर काँचै चपाएर खानाले शरीरमा ऊर्जा बढ्नुको साथै स्फुर्ति बढेर पुरुषमा यौन क्षमता बढाउन मद्दत गर्छ ।













