• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘राष्ट्रिय सौन्दर्यकर्मी सम्मान’

by
२७ कार्तिक २०७९,
0
मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘राष्ट्रिय सौन्दर्यकर्मी सम्मान’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यस वर्षको राष्ट्रिय सौन्दर्यकर्मी सम्मानबाट सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई राष्ट्रिय नाचघरमा सम्पन्न दोश्रो क्वालिटी ईन्टरटेनमेन्ट अवार्डमा उक्त सम्मान प्रदान गरिएको हो । राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड विजेता पाण्डेलाई सौन्दर्यकर्मीको रुपमा लामो समयदेखि योगदान दिए वापत सम्मान गरिएको आयोजकले जनाएको छ ।

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा विभिन्न ३९ विधामा अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै सो समारोहमा यो वर्षको क्वालिटी इन्टरटेनमेन्ट चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार २५ हजार एक रुपैयाँ सहित पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो । अढाई दशक भन्दा लामो समयदेखि क्षेत्री पत्रकारितामा सक्रिय छन् ।

प्रमुख अतिथि प्रथम उपराष्ट्रपति झा सहित आयोजक संस्था क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङ, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतले सो अवार्ड तथा पुरस्कार प्रदान गरे ।

कार्यक्रममा विभिन्न ३९ विधामा दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड प्रदान गरियो । समारोहमा आधुनिक गीत तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड हिजो अर्कै सँग (आफ्टर) बाट यस कुमारले, आधुनिक गायक जुरी अवार्ड सुजन तिगेला लिम्बुले, आधुनिक गीत सर्वोत्कृष्ट गायिकाको अवार्ड बतास बनिबाट सुजाता केसीले प्राप्त गरे ।

यस्तै आधुनिक गीतबाटै सर्वोत्कृष्ट संगीतकारको अवार्ड यो तापमाबाट योगेन्द्र उपाध्यायले, पपुलर अवार्ड सन्तोष केसीले, जुरी अवार्ड राजकुमार बगरले प्राप्त गरे ।

यस्तै अधुनिक गीतकारको सर्वोत्कृष्ट अवार्ड शिब पौडेलले, गीतकार जुरी अवार्ड प्रकाश सुवेदीले, सर्वोत्कृष्ट महिला गीतकार अवार्ड ज्योती गुरुङले, नवगायन अवार्ड भुपेन्द्र थापामगरले, सर्वोत्कृष्ट डायस्पोरा गीतकार अवार्ड पूर्णबहादुर थापा दीपक माइथानेले हाँसिल गरे ।

आधुनिक गीतमै म्युजिक भिडियो तर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड मेरो जीवनबाट प्रकाश श्रेष्ठले, पपुलर मोडल अवार्ड तिम्रो मायाँले न होबाट यसराज गचारले, जुरी अवार्ड निराजन प्रधानले र पब्लिक च्वाईस अवार्ड दीपक थापा माईथानेले प्राप्त गरे ।

अधुनिक तर्फ नै सर्वोत्कृष्ट महिला मोडलको अवार्ड चाहिँदैन तिम्रो मायाँबाट केकी अधिकारीले, जुरी अवार्ड एशिला राईले, डायस्पोरा मोडल अवार्ड पार्वती थापाले, पब्लिक च्वाईस अवार्ड सुस्मिता श्रेष्ठले, तिमीले कालो कालोबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड गँभिर बिष्टले र जुरी अवार्ड सोनाम पाख्रिनले प्राप्त गरे ।

यस्तै लोकदोहोरी तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड मुग्लिन पुल तरीबाट मौसम गुरुङले, डायस्पोरा अवार्ड दीपक बसन्त कार्कीले, पपुलर गायकको अवार्ड अमृत सापकोटाले हाँसिल गरे ।

सर्वोत्कृष्ट लोक दोहोरी गीत गायिकाको अवार्ड मुग्लिन पुल तरीबाट कालिका रोकाले, पपुलर गीत गायिकाको अवार्ड टीका पुनले, जुरी अवार्ड कल्पना सुनुवारले, नव गायकको अवार्ड केहर सिंह प्यासीले, लोक दोहोरी नव गायिकाको अवार्ड रिता बरालीले हाँसिल गरे ।

लोकदोहारी गीत संगीतकारको अवार्ड मेरी सानुबाट टिका बम्जनले, लोकदोहारी गीत गीतकारको अवार्ड मायाँ गरुम्लाबाट कमल सरगम चौलागाईले, गीतकार जुरी अवार्ड सन्तोष गिरीले प्राप्त गरे ।

म्युजिक भिडियो तर्फ लोकदोहोरी गीत भिडियो तर्फ सर्वोत्कृष्ट मोडल पुरुष अवार्ड धु्रब हिमालीले, जुरी अवार्ड कमलबहादुर जोशीले, सर्वोत्कृष्ट महिला मोडल अवार्ड आरुसी मगरले, जुरी अवार्ड मायाँ राम्जालीले, म्युजिक भिडियो निर्देशक अवार्ड मौसम हिमालीले र जुरी अवार्ड बबिता श्रेष्ठले प्राप्त गरे ।

यस्तै पप गीत तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड वान टु वान टुबाट संजिब सिंह रानाले, पब्लिक च्वाईस अवार्ड सँगम लिम्बुले, पप गीतबाटै गायकको जुरी अवार्ड चमेली नेपाली गीतबाट अर्जुन खरेलले प्राप्त गरे । यस्तै सर्वोत्कृष्ट गायिकाको अवार्ड सेल्फी डाँडाबाट चन्द्रकला लिम्बुले, नव गायकको अवार्ड दिलिप कुमार मिश्रले, नव गायकको जुरी अवार्ड रेशराज लिम्बुले, पप गीत संगीतकारको अवार्ड सैलुँगे मेलाबाट अनिल लामाले, सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड कता कता (हेलो जिन्दगी)बाट गीता पौडेलले प्राप्त गरे ।

यस्तै लोकगीत तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड तिमी मेरोबाट गणेश गुरुङले, जुरी अवार्ड गायक दुर्गा गुरुङले हाँसिल गरे । सर्वोत्कृष्ट गायिकाको अवार्ड कविता गुरुङले, पब्लिक च्वाईस अवार्ड गायिका दुर्गा गुरुङले, लोक गीत युगल गायन अवार्ड टीका गुरुङर भिमकला गुरुङले, जुरी अवार्ड माया स्याङबो र इन्करेजमेन्ट अवार्ड दीपा गुरुङले हाँसिल गरे ।

यस्तै पर्व गीततर्फ लाली पाउडरबाट सर्वोत्कृष्ट पर्व गीत गायिकाको अवार्ड शान्ती शाही चन्दले, सर्वोत्कृष्ट पर्व गीत डायस्पोरा गायिकाको अवार्ड रातो सारीबाट मन्जु रसाईलीले, जुरी अवार्ड के ग-यो करिमैले गीतबाट गायिका प्रमिला गैरेले र पब्लिक च्वाईस अवार्ड रिया खड्काले, सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड राजन पालुँवा लिम्बुले प्राप्त गरे ।

यस्तै भाषा भाषी गीततर्फ सर्वोत्कृष्ट तामाङ गीत गायकको अवार्ड उकाली चढ्दाबाट जीवन बोम्जन तामाङले, तामाङ गीत गायिकको अवार्ड शशीकला मोक्तानले, तामाङ सेलो सर्वोत्कृष्ट गायकको अवार्ड सोल्टिनी कान्छीबाट बिशाल योञ्जनले, सर्वोत्कृष्ट राई गीत गायकको अवार्ड पुष्प राईले, सर्वोत्कृष्ट लिम्बु गीत गायकको अवार्ड अशोक मुकारुङले, लिम्बु गीत गायिकाको अवार्ड आनी याक्थुम्बाबाट रुक्साना लिम्बुले, लिम्बु भाषा नव गायिकाको अवार्ड स्वस्तिका सावादेनले, राईभाषा उत्कृष्ट गायिकाको अवार्ड अनुका राईले र चोलीमा फसगई होलीबाट सर्वोत्कृष्ट अवधि भाषा गीत गायिकाको अवार्ड दुर्गा दाहालले जिते ।

यस्तै भाषाभाषी गीत तर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड सुरज लामाले, सर्वोत्कृष्ट भाषाभाषी महिला मोडलको अवार्ड सितल तामाङले, लिम्बु भाषा गीत महिला मोडलको अवार्ड पुष्पाञ्जली तिलिँगाले, भाषाभाषी गीत सर्वोत्कृष्ट गीतकारको अवार्ड सेसेमीसे नाल्बो लिम्बुले, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकारको अवार्ड रबिन्द्र बरालले, संगीत संयोजकको अवार्ड स्वर्ग झै रमाईलोबाट डोलराज बाह्राघरेले, सर्वोत्कृष्ट बाद्यबादकको अवार्ड बाँसुरी बादनबाट धनबहादुर गुरुङले, सर्वोत्कृष्ट ढाका फेशन अवार्ड सरु ढाका उधोगबाट सरु लिम्बु राईले र सर्वोत्कृष्ट म्युजिक कम्पनी अवार्ड हमाल म्युजिक प्रा।लि।बाट सज्जन हमालले हाँसिल गरे ।

अवार्ड समारोहमा विभिन्न व्यक्तिहरु सम्मानित भए । जसमा संगीत क्षेत्र गायकहरु नवराज जँग थापा, अनिल गुरुङ, जीतबहादुर रावत, राजन गुरुङ, सिजन मगर सिञ्जाली, नारायण थापा, रमेश कुमार विश्वकर्मा, राजशुक्र लिम्बु सम्मानित भए । यस्तै गायिका तथा सञ्चारकर्मी सरिता भारती, गायिकाहरु शोभा त्रिपाठी, उमा श्रेष्ठ, रमिला गुरुङ, गीतकार टेकबहादुर गुरुङ, म्युजिक भिडियो निर्देशक राज किङ वाईवा पनि कार्यक्रममा सम्मानित भए ।

अभिनेता धिरेन शाक्य, अभिनेत्री तेन्याङ (सुरु) गुरुङ राना, कलाकार रश्मी पाण्डे, साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’, ब्यबसायी जनक तामाङ, समाजसेवी चमेली थापा, निर्देशक रोशनकुमार श्रेष्ठ, संगीतकार राजेन्द्र बजगाई, संगीत संयोजक राजु खड्का, व्यबसायी मिलन लामा, दृष्य सम्पादक निशान घिमिरे, भिडियो निर्देशक दीप गुरुङ, कोरियोग्राफर अश्विनीकान्त झा, सहकारीकर्मी सन्तोष पुडासैनी, कवि, साहित्यकार शनी लिम्बुपनि कार्यक्रममा सम्मानित भए ।

सम्मानित अरु श्रष्टामा संगीत व्यबसायी निर्मलराज ढकाल, सूर्य बहादुर मगर, नन्दराम परियार, नृत्य निर्देशक भईराम श्रेष्ठ, पर्यटन व्यबसायी शँकर अधिकारी, ग्राफिक डिजाईनर गणेशबहादुर बुढाथोकी, अधिवक्ता प्रतिमा कार्की, मेकअप आर्टिष्टहरु टेकराज पाण्डे, जमुना पुन, सञ्चारव्यबसायी सुमित प्रताप जबरा, जेष्ठ समाजसेवी बेदी नारायण खापुङ लिम्बु रहेका थिए ।

बरिष्ट सञ्चारकर्मी दिनेश डिसीद्धारा सञ्चालित अवार्ड समारोहमा चर्चित गायक आशिष सचिनले दाह्री फुल्यो सहित केही गीत प्रस्तुत गरेर दर्शकलाई नचाए । यस्तै अभिनेता गजित बिष्टको नृत्य, अभिनेत्री अरुसी मगरको नृत्यसँगै गायक टिका बमजनको गायन प्रस्तुतिले पनि कार्यक्रमको रौनकता बढायो ।पाण्डेले यसअघि पनि बिभिन्न अवार्ड प्राप्त गरिसक्नु भएको छ ।

Previous Post

मतदाता शिक्षा कार्यक्रममा कठिनाइ भएको गुनासो

Next Post

निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In