• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ऐतिहासिक हर्सिङडाँडामा पर्यटक बढे

by
२४ कार्तिक २०८०,
0
ऐतिहासिक हर्सिङडाँडामा पर्यटक बढे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ– राष्ट्रिय विभूति भक्ति भापाले बालापनमा गाईबस्तु चराएको हर्सिङडाँडामा पछिल्लो समय पर्यटकको सङ्ख्या बढेको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडासम्म पुग्ने बाटो राम्रो भएको र यसबारे प्रचार(प्रसार हुन थालेसँगै पर्यटकको वृद्धि हुन थालेको हो ।

विगतमा सुनसानजस्तै हुने यहाँ यतिबेला दैनिक ४० देखि एक सय जनासम्म पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए । उनले भने, ‘विगतमा ओझेलमा पर्दै आए पनि केही समयदेखि भने पर्यटक घुम्न तथा बास बस्ने गरेर आउने गरेका छन् ।’ विस्तारै मौसम राम्रो हुँदै गएको र बाटोसमेत राम्रो भएकाले पर्यटक वृद्धि हुने स्थानीय सुरज गुरुङले बताए।

यस स्थानमा चार युवा मिलेर खाना र बस्नका लागि पूर्वाधार निर्माण गरेपछि पर्यटक आगमनमा बढेको हो । पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवा मिलेर ११ लाख लगानीमा खाना–बस्नका लागि ३५ जनासम्म अट्ने हल निर्माण गरेका छन् । यहाँ आउने पर्यटकलाई अर्ग्यानिक खानाखाजा दिने गरिएको छ ।

यस डाँडाबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, ढङ्गै, भुस्मे, घनपोखरालगायत अधिकांश ठाउँ घाउँ देखिन्छ । त्यस्तै दक्षिण एसियाकै नमूना घलेगाउँडाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी नदीको नागबेली, डा हर्क पिक हिमाल, मनास्लु रेन्स, बुद्ध हिमाललगायतका देख्न सकिन्छ । त्यस्तै तनहुँको बन्दीपुरडाँडासमेत देख्न सकिने पर्यटन व्यवसायीको भनाइ छ । यहाँ खाना बस्नका लागि एक रातको प्रतिव्यक्ति रु एक हजार लिने गरेको छ ।

यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको स्थानीयको भनाइ छ । यसै वडामा विसं १८०२ मा खुदीको ढङ्गैबेसीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा वस्तुभाउ चराउने, छेलो हान्ने गरेका थिए । हर्सिङडाँडामा गाईवस्तु चराएका भक्ति थापा विसं १९७१ मा नेपाल–अङ्ग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए । उनी लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मिएका हुन् । उनी पहिले लमजुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरैपटक युद्ध लडेको इतिहास छ ।

गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रूपमा काठमाडौँ पुगेको करिब एक वर्षपछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए । विसं १८७८ मा ७३ वर्षको उमेरमा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उनले गरे । देउथलमा अङ्ग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अङ्ग्रेजको गोली लागेर मृत्यु भएको थियो ।

अङ्ग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानका साथ अमरसिं थापालाई बुझाएको इतिहास छ ।

Previous Post

बझाङका भूकम्पपीडितको गुनासो : त्रिपाल समेत पाइएन

Next Post

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटियो

सम्बन्धित खबर

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट
समाचार

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

८ अशोज २०८३,
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
समाचार

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

८ अशोज २०८३,
प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग
समाचार

प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

८ अशोज २०८३,
बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक
फिचर-ब्यानर

बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

८ अशोज २०८३,
दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो
फिचर-ब्यानर

दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

८ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

८ अशोज २०८३,
Load More
Next Post
२३ वर्षपछि बस्तीमा धारा वितरण

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In