• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्याङ्जाको गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन

by
२४ कार्तिक २०८०,
0
स्याङ्जाको गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा।स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिरमा बडादसैँको अवधिमा करिब १५ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।

वालिङ नगरपालिका–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित ‘गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्र’मा रहेको भगवती तथा कालिका मन्दिरमा भेटीस्वरुप उक्त रकम सङ्कलन भएको हो । यो भेटी गत वर्षको सोही अवधिको भन्दा दोब्बर हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाणका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा मन्दिरमा विभिन्न शीर्षकबाट भेटी सङ्कलन भएको हो ।

गत वर्ष बडादसैँको अवधिमा आठ लाख १६ हजार भेटी सङ्कलन भएको थियो । मन्दिरमा चढाइएको भेटी, पाठा तथा पाडाको टाउको बिक्री, परेवा बिक्री, टीका थाली, दानपेटिका, होटल, पसल तथा सहयोग रसिदबाट उक्त भेटी सङ्कलन भएको हो ।

बडादसैँको अवधिभर पूजापाठ गर्ने पण्डित तथा पुजारीलाई दक्षिणा ७० हजार ६५, कामदारलाई पारिश्रमिक एक लाख ७१ हजार तीन सय, पूजा भोग वस्तु खरिद ६६ हजार चार सय ६०, अन्य दानदक्षिणा, खाना खर्च, इन्धन तथा मसलन्द गरी सबै शीर्षकमा कुल तीन लाख ७० हजार दुई सय पाँच रुपैयाँ खर्च भएको छ । सबै खर्च कटाएर ११ लाख १० हजार बचत भएको उनले जानकारी दिए ।

तत्कालीन बाइसे–चौबीसे राज्यअन्तर्गतको गह्रौँकोट राज्यका प्रथम राजा दशरथ खाणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको सो मन्दिर पाँच सय ५० वर्ष पुरानो मानिन्छ ।

धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको यस मन्दिरमा नयाँ–नयाँ भौतिक संरचना निर्माण भइरहेकाले थप आकर्षण बढ्दै गएको छ ।

स्याङ्जाको व्यापारिक केन्द्र वालिङ बजारबाट मन्दिरसम्म पुग्नका लागि पछिल्लो समय आंशिकरूपमा सडक कालोपत्र, ढलान तथा ग्राभेल गरिएको छ ।

विशेषगरी बडादसैँ र चैतेदसैँमा यहाँ हजारौँको सङ्ख्यामा पाठा, पाडा, भेडा, हाँस र परेवाको बलि दिने गरिन्छ । एकादशी, चौथी, औँशी, सोह्रश्राद्धबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ ।

स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बाग्लुङ, तनहुँ, बुटवल, पोखरालगायत स्थानबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन् ।

समुद्र सतहबाट झण्डै एक हजार छ सय मिटरको उचाइमा रहेको यस स्थानबाट मनमोहक हिमशृङ्खलासहित नागबेली आकारमा बगेका कालीगण्डकी र आँधीखोला तथा ती नदीले बनाएका समथर भूभाग देख्न सकिन्छ ।

यहाँबाट स्याङ्जासहित, पाल्पा, तनहुँ, नवलपरासी, नवलपुर, कास्की, पर्वत, गुल्मीलगायतका जिल्लाका भाग सहजै देख्न सकिन्छ ।

यस ठाउँलाई पछिल्लो समय पर्यटनसँग पनि जोड्दै अगाडि बढ्ने क्रममा सुविधासम्पन्न अतिथि गृह, सभाहल, हेलिप्याड, ढुङ्गेधारालगायतका भौतिक संरचना निर्माण भइसकेका छन् । वालिङ बजारबाट झण्डै आठ किलोमिटरको कच्ची सडक हुँदै यहाँ पुग्न सकिन्छ ।

Previous Post

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटियो

Next Post

दिवाली–छठः किसानलाई आर्जनको अवसर

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
Load More
Next Post
दिवाली–छठः किसानलाई आर्जनको अवसर

दिवाली–छठः किसानलाई आर्जनको अवसर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In