• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जोखिमपूर्ण बन्दै कमला नदीको काठे पुल

by
२३ कार्तिक २०८०,
0
जोखिमपूर्ण बन्दै कमला नदीको काठे पुल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा । दैनिक एक हजार भन्दाबढी मोटरसाइकल आवतजावत गदै आएको हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ ।

वर्षायाम सुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव बढेपछि सिरहा नगरपालिकाले तत्कालका लागि बाँस प्रयोग गरी अस्थायी प्रकृतिको काठको पुल बनाएको थियो ।

बाह्र वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावत गर्न सास्ती पर्ने गरेको छ ।

“नजिकैको बजार पनि यतै छ, नातेदार पनि यतै छन्”, पुल तरेर सिरहा बजार आउनुभएका धनुषाको कमला नगरपालिका निवासी अन्सारुल राइनले भने, “बिहानसम्म आवतजावत सहज थियो, तर अहिले दिउँसो पुलमाथिका काठ भाँचिन लागेछन् । स्थानीय युवाले काठका फलेकमा काँटी ठोकेर मर्मत गरेकाले जसोतसो पुल पार गरियो ।”

नगरपालिकाले यही काठको पुल पनि मर्मत सम्भारमा ध्यान नदिएको गुनासो उनले गरे । यात्रुलाई नदी वारपार गर्नलाई नजिकैको अर्को कुनै विकल्प नभएको सिरहा नगरपालिका—६ का वडा सदस्य उमेश यादव बताउछन् । “यहाँको दुर्गती भनेकै यो पक्की पुल निर्माणमा ढिलाइ गर्नु हो ।

विकल्पको रुपमा आवतजावत गर्नलाई कि त पूर्व–पश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करिब दुई घण्टा लामो यात्रा गर्नुपर्छ”, यादवले भने, “निर्माणाधीन पक्की पुल बन्छ र सहज यात्रा होला भनेर आशामै बसेको पनि एक दशकभन्दा बढी भइसक्यो । खोइ कहिले सम्पन्न हुने हो कुनै निश्चित छैन ।”

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि भाँसिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करिब दश वर्ष लाग्यो ।

निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो । निर्माण कम्पनी लुम्बिनी विल्डर्स कन्सट्रक्सनले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम सुरु गरेकोे थियो ।

तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकियो । निर्माण कम्पनीका अनुसार तिहार तथा छठ पर्वपछिबाट रोकिएको पुल निर्माणको काम पुनः सञ्चालन हुनेछ ।

Previous Post

अमेरिकाले गर्‍यो इरानी लडाकुमाथि दोस्रो पटक हवाई हमला

Next Post

भारतद्वारा नेपाल सरकारलाई भूकम्पको तेस्रो चरणको राहत सामग्री सहयोग

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
भारतद्वारा नेपाल सरकारलाई भूकम्पको तेस्रो चरणको राहत सामग्री सहयोग

भारतद्वारा नेपाल सरकारलाई भूकम्पको तेस्रो चरणको राहत सामग्री सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In