• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाउँ है पोखरा अभियानः प्राथमिकतामा आन्तरिक पर्यटन

by
१७ कार्तिक २०८०,
0
नयाँ वर्षमा पोखराका होटलमा ९० प्रतिशत पर्यटक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

होटल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहीबारदेखि पूर्वी नेपालका प्रमुख सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ ।

पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ अभियानका साथ हिँडेको पर्यटन व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले पूर्वी नेपालका प्रमुख सहरमा पर्यटनसम्बद्ध क्षेत्रका व्यवसायीलाई भेट्दै पोखरा भ्रमणको निम्तो दिने होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

पोखराबाट बिहीबार जनकपुर आइसकेको टोलीले उक्त क्रममा राजमार्ग क्षेत्रको बर्दिबासमा त्यहाँका व्यवसायीसँग पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । छलफलमा होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीले आफूहरूले दुई दशकअघिदेखि नेपालभित्रैका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको जानकारी गराए।

होटल सङ्घले अभियान सञ्चालन गर्दा तत्कालीन समयमा एक प्रतिशतमात्रै रहेको आन्तरिक पर्यटकको आगमन हालसम्म आइपुग्दा ३५ प्रतिशत पुगिसकेको उनले बताए। जाउँ है पोखरा अभियानले पोखरामात्र नभई नेपालका अन्य पर्यटकीय सहरमा पनि महत्त्वपूर्ण प्रभाव पारेको सुवेदीले बताए। देशमा आन्तरिक द्वन्द्वको समयका साथै कोरोना महामारीलगायतका विभिन्न विपत्तिले समग्र पर्यटन क्षेत्र संकटमा परेका अवस्थामा आन्तरिक पर्यटनले महत्त्वपूर्ण भरथेग गरेको उनले बताए ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ बर्दिवासका अध्यक्ष गोपाल कार्कीले पर्यटन क्षेत्रको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए । सरकारको पर्यटनमैत्री नीतिका साथै अत्यावश्यकीय पूर्वाधार विकासमा राज्यले सहयोग गर्नुपर्नेमा उनले जोड दिए। आन्तरिक पर्यटनको विकासबाट पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताउँदै कार्कीले आफूहरू पर्यटकीय साझेदारी बढाउने कुरामा तयार रहेको बताए ।

होटल एशोसिएसन नेपाल मधेस प्रदेशका सदस्य दीपेन्द्र पराजुलीले साझेदारी बढाउन सकेमा पर्यटन क्षेत्रको विकास सम्भव हुने धारणा राखे । पूर्वी नेपालका धेरै पर्यटकीय गन्तव्य प्रवर्द्धन हुन नसकेको बताउँदै उनले २३ प्रजातिको लालीगुराँस पाइने तीनजुरेलगायतका गन्तव्यमा पर्यटक पुग्न नसकेका बताए।

‘कतिपय गन्तव्य बाटोलगायतका पूर्वाधार नहुँदा प्रवर्द्धन हुनसकेका छैनन्’, उनले भने, ‘पूर्वाधारका कारण पछि परेका गन्तव्यको विकासका लागि त्यहाँका अत्यावश्यकीय पूर्वाधार निर्माणलाई राज्यले जोड दिनुपर्छ ।’ पछिल्ला समयमा बर्दिवास क्षेत्रमा सुविधासम्पन्न होटल थपिने क्रम बढिरहेको बताउँदै उनले सुविधासम्पन्न होटलको सङ्ख्या न्यून रहेको जानकारी दिए । बर्दिबासका मध्यमस्तरका तथा सामान्य होटल भने थपिँदै छन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ बर्दिबासका महासचिव नारायण घिमिरेले पछिल्लो समयमा नेपालीमा घुमफिर संस्कृति बढिरहेको बताए। होटलको व्यवसाय घट्दा समग्र बजारको व्यवसाय पनि घटेको पाइएको उल्लेख गर्दै उनले देशका सबै किसिमका व्यापार(व्यवसाय बढ्नका लागि होटलको व्यापार बढ्नु जरुरी रहेको धारणा राखे। दिगो पर्यटनका लागि आन्तरिक पर्यटन नै बढ्नुपर्नेमा जोड दिँदै उनले यसका लागि पर्यटकीय सहर तथा गन्तव्यको एकापसका साझेदारी हुनु आवश्यक रहेको बताए। चर्को ब्याजदरलगायतका कारण पर्यटन व्यवसाय संकटमा परिरहेको उल्लेख गर्दै घिमिरेले पछिल्लो समयमा बढ्दो युवा जनशक्ति पलायनले पर्यटन क्षेत्रमा दक्ष कामदार पाउन मुस्किल परिरहेको बताए। विभिन्न धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनबाट उक्त मार्ग तथा क्षेत्रमा पर्ने स्थल प्रवर्द्धन हुने बताउँदै उनले पाथिभरा जाने पर्यटकको सङ्ख्या बढ्दा बर्दिबासको स्वतः प्रवर्द्धन हुने बताए।

होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हीरा गौतमले दिगो पर्यटनका लागि आन्तरिक पर्यटनका गतिविधि बढ्नु जरुरी रहेको बताए। स्वदेशी पर्यटकले विदेशी पर्यटकले भन्दा बढी खर्च गर्ने गरेको अनुभवन सुनाउँदै उहाँले आन्तरिक पर्यटनको विकासका लागि एकापसमा समन्वय तथा सहकार्य आवश्यक भएको बताए।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि आफूहरू पनि अभियान सञ्चालन गर्ने तयारीमा रहेको उनले जानकारी दिए। ‘जाउँ है पोखरा’ अभियानका क्रममा जनकपुर, विराटनगर, बिर्तामोड, धनकुटालगायत सहरमा त्यहाँका पर्यटन व्यवसायी सङ्घसँग छलफल एवं अन्तरक्रिया गरिने होटल सङ्घ पोखराका सचिव पार्वता पाण्डेले जानकारी दिए।

Previous Post

मुद्दा जितेपछि बालकोट पुगिन् भारती

Next Post

सीप कार्यक्रममा सूचीकृत हुन काठमाडौँ महानगरको आग्रह

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न कामपाको निर्देशन

सीप कार्यक्रममा सूचीकृत हुन काठमाडौँ महानगरको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In