• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चाडपर्व र बाली थन्क्याउने चटारो सँगसँगै

by
१७ कार्तिक २०८०,
0
चाडपर्व र बाली थन्क्याउने चटारो सँगसँगै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी।मध्य कात्तिक कटेसँगै महोत्तरीका किसानलाई चटारो बढेको छ । खेतमा धान पाकेर खेत पहेँलपुर छ । आलु, कोभी, भाण्टासहितका हिउँदे तरकारी, गहुँ, दलहन र उखु लगाउने बेला ।

यसैबेला मुख्य चाडपर्व तिहार र छठको रमझम छ । यहाँका किसानलाई अहिले राष्ट्रिय महत्वका पारम्परिक चाडपर्वसँगै धान थन्क्याउने र हिउँदे बाली लगाउने चटारो सँगसँगै परेको छ ।

जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा अलि ढिलो पाक्ने धान लगाउने गरिन्छ । तर उत्तरी क्षेत्रमा हिउँदे बाली लगाउन पछि खेतबारी रुखिने हुँदा चाँडै पाक्ने धान लगाइने गरिन्छ । यसपालि कात्तिक दोस्रो साताभित्र दसैँ सकेका किसानलाई अन्तिम सातामा दिवाली र त्यसलगत्तै छठले छोप्दैछ । यसैबेला मुख्यबाली काट्ने, दाइँ गर्ने र थन्क्याउनु छ ।

हिउँदे आलु, कोभी र भाण्टासहितका तरकारी बाली लगाउन बेला बित्दैछ । धान काट्नासाथ गहुँ, दलहन ९चना, मुसुरो, रहरिया, केराउ०, तेलहन–तोरी, सस्र्यू, आलस० मसला र उखु रोपिनु छ । चाडवाडको रमझम र खेतीपातीको चटारो सँगसँगै पर्दा आफूहरूलाई अहिले भ्याइनभ्याई परेको किसान बताउँछन् ।

‘मुखमा चाडवाड छन्, खेतमा वर्ष दिन खाने अन्न ९धान० पहेँलपुर भएर पाकेको छ, राम्ररी सास फेर्ने फुर्सद छैन’, भङ्गाहा–५ कर्पुरगन्जका रामजुलुम सर्दार भन्छन्, ‘सबैलाई पर्व लागेको हुँदा जनमजदुर ९कृषि कार्यका श्रमिक० पनि पाइँदैनन्, घरका केटाकेटी चाडवाडकै रमाइलोमा छन्, अहिले धपेडी छ ।’ तिहार र छठजस्ता मुख्य पर्वको मुखमा यहाँका किसानलाई धान काट्ने, झाँट्ने र थन्क्याउनेसँगै तोरी छर्ने बारीको खनजोत गर्न पनि भ्याइनभ्याई परेको सर्दार बताउँछन् ।

अहिले कतिले धान काटेर खेतमै सुकाएका छन् । कति खलोमा धान चुट्दैछन् । यता घरमा लिपपोत र सिङ्गारपटारको चटारो छ । खुसी र उज्यालोको पर्व दिवाली आ–आफ्ना सावगासअनुसार सबैले मन फुकाएर मनाउने परम्परा छ । गृहस्थ जीवन यी सबैको चाँजोपाँजोको जोड रहेको भङ्गाहा–४ पलारका ८० वर्षीय चौठी बाँतरले बताए।

जिल्लाको उत्तरी क्षेत्रमा अहिले हिउँदे बाली लगाउने ठीक बेला परेको छ । कात्तिक अन्तिम साताको प्रारम्भमा रोपिने उखु, त्यसै बेला छरिने गहुँ र त्यसअघि दलहन चना, मुसुरो र केराउसहितका फसल कात्तिकमै लगाइसक्नुपर्ने हुँदा अहिले खेतबारी जोतखन गर्ने बेला छ । त्यसैगरी कतिपय किसान दिवाली र छठलक्षित आम्दानी लिन उखु पेलेर सख्खर बनाउन थालेका छन् । यसैबेला पुस–माघमा उत्पादन लिइने आलु, कोभी, भाण्टासहितका तरकारी बाली लगाउन पनि बेला भड्किँदै छ ।

पछिल्ला दुई–तीन दशकयता कृषि श्रमिक रोजगारीका लागि भारतको पञ्जाव र हरियाणा जाने क्रम बढेसँगै यहाँको खेतीपाती निकै अप्ठ्यारो बन्दै गएको किसान बताउँछन् । ‘अब जनमजदुर छैनन्, सबै मुग्लान ९भारत० जान्छन्, खेतीपाती धान्न सकस छ’, गौशाला–१० लक्ष्मीनियाँका किसान लक्ष्मी महतोले भने, ‘अब घरमा खेतीपातीका काम गर्नसक्ने परिवारजन हुनेले मात्र खेती धान्न सक्छन् ।’

स्थायी सिँचाइको प्रबन्ध नहुँदा जिल्लाका ९० प्रतिशत खेतीयोग्य जग्गा आकाशे पानीको भरमा छ । यो समस्यासँगै बीउ, मलखाद र खेतीका बेला सुलभ ऋणसम्म पनि नपाउँदा किसान अब खेतीबाट बिरक्तिँदै गएका छन् । तीन तहका सरकार भए पनि किसानका समस्या ज्युँका त्युँ छन् ।

Previous Post

नुवाकोट र रसुवामा एकैपटक दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन

Next Post

कित्ताकाट खुलाए लगत्तै बढ्यो घरजग्गा कारोबार र राजस्व

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
कित्ताकाट खुलाए लगत्तै बढ्यो घरजग्गा कारोबार र राजस्व

कित्ताकाट खुलाए लगत्तै बढ्यो घरजग्गा कारोबार र राजस्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In