• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

    कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालन

by
१४ कार्तिक २०८०,
0
प्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा । ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।

बुङ्कोट सामुदायिक सेवा केन्द्रले लगनशील आयआर्जन महिला समूहमा आबद्ध महिलाको सहभागितामा उद्योग सञ्चालनमा ल्याएर सालको पातबाट टपरी, बोतालगायत उत्पादन गर्न सुरु गरेको केन्द्रकी अध्यक्ष दुर्गा गरन्जा मगरले बताइन् । पालिकाभित्र अधिकांश भोजभतेरमा प्लास्टिकबाट बनेका सामग्री प्रयोग हुन थालेपछि त्यसलाई विस्थापित गर्न टपरी उद्योग सञ्चालनमा ल्याइएको हो ।

“पछिल्लो समय भोजभतेरमा मात्र होइन हरेकजसो चिया पसल र घरको भान्सामा समेत प्लास्टिकका गिलास, प्लेट चम्चाको प्रयोग बढ्न थाल्यो”, उनले भनिन्, “प्लाटिकबाट बनेका सामग्री प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापनमा कठिनाइ हुने, वातावरण पनि प्रदूषित हुने भएकाले सालको पातबाट बनेको टपरी र बोता प्रयोगमा प्रोत्साहन गर्न उद्योग सुरु गरिएको छ ।”

प्लास्टिकका प्लेट, गिलास, चम्चालगायतका सामान प्रयोग गर्दा मात्र नभई नष्ट गर्दा समेत त्यसबाट निस्कने प्रदूषणले स्वास्थ्यमा असर पुर्याउने हुँदा सालको पातबाट बनाइएका सामग्री प्रयोग गर्नु राम्रो हुने भएकाले जङ्गलमा खेर गइरहेका पातबाट गाउँमै दुना, टपरीलगायत उत्पादन गर्न थालिएको अध्यक्ष मगरको भनाइ छ ।

“हाम्रा सामुदायिक वनमा खेर गइरहेका सालका पात अहिलेसम्म हामीलाई पैसा पर्दैन”, उनले भनिन्, “बिरुवाको संरक्षण गरेर पात सहजै ल्याउन सकिन्छ, त्यसबाट टपरी र बोता उत्पादन गर्यौँ भने दिदीबहिनीको खेर गइरहेको समय पनि सदुपयोग हुने, आयआर्जन पनि हुने र प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्न पनि पर्दैन ।”

उद्योगबाट स्थानीय महिलाको आयआर्जन वृद्धिमा सहयोग पुग्ने केन्द्रकी परिचालक गीता श्रेष्ठले जानकारी दिइन् । “रु दुई लाखमा मेसिन खरिद गरेर उद्योग सुरु गरिएको हो”, उनले भनिन्, “फुर्सदको समयमा समूहका सदस्यले जङ्गलबाट पात सङ्कलन गरेर ल्याउने र मेसिनबाट टपरी उत्पादन गर्ने गर्छौँ ।”

महिला समूहमा १४ महिला आबद्ध छन् । उद्योगबाट अहिले टपरी बोता ९दुना०लगायत उत्पादन गर्ने गरिएको छ । उत्पादित टपरी प्रतिगोटा रु सात र बोता प्रतिगोटा रु पाँचमा बिक्री हुने गरेको श्रेष्ठले जानकारी दिइन् । उत्पादन गर्नसके बजारको समस्या नरहेको उनको भनाइ छ ।

“अहिलेसम्म बजारको कुनै समस्या भएको छैन, जति उत्पादन भयो त्यति बिक्री भइरहेको छ”, श्रेष्ठले भनिन् । उद्योगमा उत्पादित सामग्री स्थानीयस्तरमा नै खपत हुने गरेको उनले बताइन् । उद्योगमा टपरी र बोता उत्पादन गरेर राख्ने र माग भएपछि बजारमा पठाउने गरिएको छ ।

‘‘महिला समूहका दिदीबहिनी वनमा गएर सालको पात टिपेर ल्याउनुहुन्छ, उत्पादित सामग्री बिक्रीबाट हुने आम्दानी महिला समूह र सिकाइ केन्द्रले लिने गरेको छ”, उनले भनिन । चाडपर्व, विवाह, व्रतबन्ध, भोजभतेरलगायत सामूहिक कार्यक्रम गर्दा स्थानीयस्तरमा उद्योगमा उत्पादित सामग्री बिक्री हुँदै आएको छ ।

स्थानीवासी सचेत भएका कारण पनि उत्पादित सामग्रीको बजार समस्या नहुने श्रेष्ठले विश्वास व्यक्त गरिन । पर्याप्त प्रचार–प्रसार गर्न सके यसको माग अझै बढ्न सक्ने छ । जुनसुकै ठाउँबाट माग आए पनि सामान उत्पादन गरी पुर्याउन सकिने उद्योगले जनाएको छ ।

Previous Post

अस्ट्रेलियन युवाहरू जुवा तासको बढी जोखिममा

Next Post

चितवनमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै
फिचर-ब्यानर

कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

१३ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

१३ असार २०८३,
खाडीको जीवनभन्दा गाउँ प्यारो
आर्थिक

खाडीको जीवनभन्दा गाउँ प्यारो

१३ असार २०८३,
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता
आवाज

फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

१३ असार २०८३,
आवाज

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

१३ असार २०८३,
Load More
Next Post
चितवनमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

चितवनमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In