• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पेट्रोलियम पदार्थको खपत बढ्यो

by
१४ कार्तिक २०८०,
0
पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा, मूल्य नघट्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालीको महान् पर्व दसैँमा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा बजारमा माग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको हो ।

चाडपर्व मनाउन काठमाडौँ उपत्यकासँगै अन्य सहरी क्षेत्रबाट ठुलो सङ्ख्यामा सवारीसाधन बाहिरी जिल्लामा गएकाले पनि डिजेल, पेट्रोलको माग बढेर खपतमा वृद्धि भएको हो ।

अन्य समयको तुलनामा चाडपर्वका बेला सवारीसाधन बढी गुड्ने भएकाले पनि इन्धनको खपत बढी हुने गर्छ । दसैँ मनाउन सहरबाट गाउँ गाउँमा अधिकांश मानिस जाने हुँदा सवारीसाधनसँगै जहाजको उडान धेरै हुने गर्छ ।

नेपाल आयल निगमका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्षको दसैँमा डिजेल, पेट्रोलको खपतमा वृद्धि भएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दसैँमा इन्धनको खपतमा वृद्धि भएको जानकारी दिए । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा डिजेल, पेट्रोल र हवाई इन्धनको माग उच्च हुँदा खपतमा समेत वृद्धि भएको उनको भनाइ छ । गत वर्षको दसैँको तुलनामा यस वर्ष डिजेल र पेट्रोलको खपत बढेको उनको भनाइ छ ।

निगमका अनुसार गत वर्ष असोज १० देखि २३ सम्म दुई करोड ६९ लाख ४४ हजार ६०७ लिटर पेट्रोल खपत भएकामा यस वर्ष असोज २८ देखि कात्तिक ११ सम्म दुई करोड ९८ लाख ५८ हजार ६५८ लिटर खपत भएको छ ।

यस्तै गत वर्षको दसैँ अवधिमा दुई करोड ९७ लाख २८ हजार ९९४ लिटर डिजेल खपत भएकामा यस वर्ष तीन करोड ७७ लाख आठ हजार ९४३ लिटर खपत भएको निगमले जनाएको छ । सामान्य अवस्थाको तुलनामा दसैँका बेला दोब्बर बढी डिजेल खपत हुने गर्छ ।

निगमका अनुसार हाल बजारमा मासिक पेट्रोल ५६ हजार ४२६ किलोलिटर, डिजेल एक लाख १७ हजार २६४ किलोलिटर, मटितेल एक हजार ८३ किलोलिटर, हवाई इन्धन १४ हजार ४४७ किलोलिटर र खाना पकाउने एलपी ग्यास ४२ हजार ६८१ मेट्रिक टन खपत हुने गरेको छ ।

यसैबिच भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ६३ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) आयात भएको छ ।

साउनदेखि असोजसम्म २९ अर्ब ९२ करोड १६ लाख चार हजार रुपियाँ बराबरको दुई लाख ६९ हजार ८७६ किलोलिटर डिजेल आयात भएको छ । यस्तै पेट्रोल १७ अर्ब १० करोड ८७ लाख ३९ हजार रुपियाँ बराबरको एक लाख ६५ हजार ५९४ किलोलिटर आयात भएको छ ।

यस्तै चार अर्ब ७० करोड ३७ लाख १२ हजार रुपियाँ बराबरको ४३ हजार ५८० किलोलिटर हवाई इन्धन आयात भएको छ । ११ अर्ब ६२ करोड ७१ लाख ६३ हजार रुपियाँको एक लाख ३२ हजार ५७७ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको विभागको तथ्याङ्क छ ।

निर्यातभन्दा बढीको इन्धन आयात

चालु आर्थिक वर्षको तीन महिनामा कुल निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । साउनदेखि असोजसम्म मुलुकबाट ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपियाँ बराबरको वस्तु निर्यात हुँदा ६६ अर्ब १२ करोड ९६ लाख रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ । तीन महिनामा इन्धन आयात ५।७ प्रतिशतले वृद्धि भएको छ ।

बजारमा खपत बढेसँगै आयातमा समेत वृद्धि भएको छ । पेट्रोलियम पदार्थले मात्रै कुल वस्तु आयातको १८ प्रतिशत हिस्सा ओगटेको छ । पेट्रोलियम पदार्थ मात्रै आयात गरेर २६ अर्ब ७६ लाख रुपियाँ भन्सार राजस्व सङ्कलन भएको छ ।

Previous Post

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Next Post

दही कहिले र कसरी खाने ?

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
हप्तामा दुई पटक दही खानुका फाइदा

दही कहिले र कसरी खाने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In