• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सराय नाचको संरक्षणमा गुल्मेली युवा

by
१२ कार्तिक २०८०,
0
सराय नाचको संरक्षणमा गुल्मेली युवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुल्मी– गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागतरुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन् ।

बडादसैँका बेला खेलिने सराय नाच जिल्लाको निकै पुरानो संस्कृतिका रुपमा चिनिन्छ । पछिल्लो समय पुराना पाका उमेर समूहका व्यक्तिको देहवशान र युवाको विदेश पलायनसँगै सराय नाच सङ्कटमा पर्दै जान थालेको छ ।

गुल्मी जिल्लाको रेसुङ्गा, मुसिकोट, धुर्कोट, इस्मा, छत्रकोट, मालिका, मदाने, चन्द्रकोटलगायत पालिकाका युवा यसको संरक्षणमा जुटेका हुन् ।

विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म जिल्लाका मुख्य मन्दिर, देवालय, तथा शक्तिपीठका कोतकोतमा सराय नाच्ने प्रचलन छ ।

मुसिकोटको जोगिथुम, छत्रदेवालय, अर्जै, घमिर, धुर्कोट, चोयँगा, अमरपुर, धागिथुमलगायत स्थान सराय नाचका लागि निकै प्रख्यात स्थलका रुपमा परिचित छन् । एकादशीदेखि पूर्णिमाका दिनसम्म यी स्थानमा हजारौँ मानिस मेला हेर्न र सराय नाच्नका लागि घुइँचो लाग्ने गर्दछ ।

स्थानीयमात्र हैन जिल्ला बाहिर रहेका व्यक्ति पनि यहाँको सराय नाच हेर्नका लागि आउने गर्दछन् । सबै मानिसको एकै ठाउँमा जमघट हुने र वर्षौंदेखिका पुराना आफन्त र साथीभाइसँग पनि भेटघाट हुने भएका कारण मानिसको बाक्लो उपस्थिति हुने गर्दछ ।

रुमाल र तरबार नचाएर एकआपसमा खुसी साटासाट गरेर सराय नाच नाचिन्छ । संस्कृतिको जर्गेनासँगै नयाँपुस्तालाई सराए नाचको महत्वबारे जानकारी गराउने उद्देश्यले गुल्मीका युवाले परम्परागत संस्कृतिको जगेर्नामा लागेको मुसिकोट युवा क्लबका अध्यक्ष वसन्त अधिकारीले बताए ।

मन्दिरमा चढाइएका खोडा र दसैँका बेलामा राखिएका जमराको माला र धोती पासासहितको एउटै पहिरन लगाएर सराय नाच प्रदर्शन गर्ने प्रचलन छ ।

कतिपय लहैलहैमा हातमा रुमालको सहायताले पनि सराय नाचमा झुम्मी रहेका हुन्छन् । पछिल्लो समयमा नयाँपुस्ताले अनुशरण नगर्दा सराय लोप हुने अवस्थामा पुग्न थालेको स्थानीय हरि घिमिरेले बताए ।

इस्मा गाउँपालिकाअन्तर्गत ताल्तुङमा पनि युवाले स्थानीयस्तरमै आपसमा सहयोग उठाएर सराय नाचको संरक्षण गर्दै आएको स्थानीय राजेन्द्रविक्रम कुँवरले बताए ।

उनले पछिल्लो समय सराय खेल्नेभन्दा हेर्नेको सङ्ख्या धेरै भएपछि यसपटकको दसैँका अवसरमा अभियान नै चलाएर सराय नाच संरक्षणमा युवा परिचालन भएको बताए । स्थानीय कुँवरले पुराना पुस्ता सकिँदै जाँदा पुराना कलासंस्कृति पनि हराउँदैै जाने सङ्कट पैदा भएको जनाउँदै यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

मन्दिरमा राखिएका तरबार निकालेर तिनै तरबारलाई घुमाउँदै एकआपसमा जोडिएर सराय नाच्ने गरिन्छ । सराय नाच धेरैजसो गुल्मीलगायत अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठानलगनयतका जिल्लाका कोट र शक्तिपिठमा नाच्ने प्रचलन छ । यसरी सराय नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास छ ।

Previous Post

सुनको कण खोज्न बोटेहरू लागे त्रिशूली किनारातर्फ

Next Post

तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

सम्बन्धित खबर

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
Load More
Next Post
तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In