• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ

by
११ कार्तिक २०८०,
0
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट– दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन् । मोटरसाइकलमासमेत पुग्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । दसैँं तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसाबले महत्वपूर्ण मानिँदै आएको छ ।

दसैँं तिहारको समयमा आन्तरिक पर्यटकले पर्यटकीयस्थल चलायमान हुने गरेको पाइन्छ । विदेशी सिकारी पर्यटकको रोजाइमापर्ने ढोरपाटन पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पनि पर्न थालेको हो । कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने गर्थे । सडकमार्गको पहुँच र यस क्षेत्रको प्रचारप्रसारले दसैँंअघि र दसैँंपछि ढोरपाटनमा आन्तरिक पर्यटकको चाप देखिएको हो ।

दसैँं सुरु हुनुभन्दा अघि र दसैँंको टीकाको भोलिपल्टदेखि ढोरपाटनमा आन्तरिक पर्यटकको चाप बढी भएपछि होटल तथा घरवास भरिभराउ भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए।

‘दसैँंको टीकाको पर्सिपल्ट ६० वटा भन्दा बढी चारपाङ्ग्रे सवारीसाधन ढोरपाटन पुगेका थिए, पर्यटकको सङ्ख्या ढोरपाटन सिकार आरक्षले राख्छ, तर अहिले ढोरपाटनमा खोलिएको २२ वटा भन्दा बढी होटल तथा घरबासमा पर्यटकले भरिएको छ, कतिपय पर्यटक ढोरपाटन नपुगेर बोबाङमै बास बसेका छन्’ कायतले भने ‘ढोरपाटनमा यो चाडवाडको समयमा अहिलेसम्मकै धेरै पर्यटक आएको अनुमान छ, यस्को मुख्य कारण प्रचारप्रसार नै हो ।’

कायतका अनुसार ढोरपाटनमा असोज १५ र १६ गते नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रिय बैठक आयोजना गरिएपछि धेरै स्थानमा ढोरपाटनको महत्वले थप व्यापकता पाएको छ । तीन दिनदेखि ढोरपाटनका सबै होटल तथा सामुदायिक घरबासहरु आन्तरिक पर्यटकहरूले भरिभराउ भइरहेको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेलले बताए ।

‘कात्तिक लागेपछि दसैँंको दिनमाबाहेक मेरो होटलमा पाहुँनाको कमी छैन, अन्य होटल तथा सामुदायिक घरबासमासमेत लगातर तीन दिनदेखि भरिभराउ छ, यहाँका होटल व्यवसायी उत्साहित बनेका छन्, दसैँं र तिहारको याममा यति धेरै पर्यटक पहिलो पटक ढोरपाटन आएको हाम्रो अनुमान छ’ पौडेलले भने ‘ढोरपाटनको प्रचारप्रसार र पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटकका कारण ढोरपाटनमा पर्यटक बढेको पाइयो, ढोरपाटनमा जनैपूर्णिमाको दिन सबैभन्दा बढी पर्यटक आउँछन् तर घुम्नका लागि दसैँंपछि निकै आन्तरिक पर्यटक आएको पाइयो ।’

पौडेलका अनुसार ढोरपाटनमा बागलुङसहित छिमेकी जिल्ला म्याग्दी, पर्वत, कास्की ९पोखरा०, गुल्मी, चितवन र नारायणगढ लगायतको स्थानबाट बढी मात्रामा पर्यटक आएको पाइएको छ । सिकार आरक्षमा सिकार खेल्न विदेशी पर्यटक दुई याममा ढोरपाटनमा सिधै हेलिकप्टरमार्फत आउने भएकाले ढोरपाटन उपत्यका आन्तरिक पर्यटककैभरमा छ ।

गत आर्थिक वर्षमा सात हजार ६ सय ४५ पर्यटक ढोरपाटन घुम्न आएका छन् । जसमध्ये जम्मा ७८ जना मात्रै विदेशी पर्यटक र अन्य सबै नेपाली पर्यटक रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । दसैँं तिहारमा फुर्सदको समयलाई सदुपयोग गर्नसमेत पर्यटकीयस्थलमा घुम्न जाने संस्कारको विकास भइरहेको छ ।

आन्तरिक पर्यटकहरु ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि त्यहाँ पुग्ने गरेका छन् । त्यसमध्ये ढोरपाटन शिकार आरक्षभित्रैको जलजला पुग्ने पर्यटकको लर्को रहेको दसैँंको भोलिपल्ट ढोरपाटन घुम्न गएका आन्तरिक पर्यटक नारायण रिजालले बताए ।

त्यहाँ पुगेका पर्यटक घोडा सफारी र बाइकमार्फत जलजला पुग्ने गरेको रिजालको भनाइ छ । जलजलाबाट एक दर्जन हिम शृङ्खला देख्न पाइने उनको भनाइ छ । ढोरपाटनमा विदेशी सिकारी भने नाउर र झारलको वैधानिक सिकार खेल्न आउने गरेका छन् ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

पेट घटाउनु छ भने ज्वानोपानी पिउने गर्नुपर्छ

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
यस्ता छन् पेटको बोसो घटाउने सजिलो तरिका

पेट घटाउनु छ भने ज्वानोपानी पिउने गर्नुपर्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In