• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जसले आठौँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते

by
७ कार्तिक २०८०,
0
जसले आठौँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ताकम (म्याग्दी), ७ कात्तिक : ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुुन्छ । धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा बडादसैँको महानवमी पर्वको अवसरमा तत्कालीन थापा राजाका पालादेखि माल पहिचान गर्नका लागि ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ ।

ताकमकोतमा सोमबार भएको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धौलागिरि गाउँपालिकाको वडा नम्बर ७ का ३४ वर्षीय अशोक खत्रीले जित्नुुभयो । सोही वडाका अध्यक्षसमेत रहनुभएका उहाँले आठौँ पटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास बनाउनुुभएको हो । आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फाल्नुभएका खत्रीलाई ‘माल’ घोषणा गरिएको ताकमकोत पूजा व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताउनुुभयो । यसअघि आठपटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि जितेका थिएनन् । प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ युवाले सहभागिता जनाएका थिए ।

पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा विजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ । यसअघि विसं २०७८ र २०७९ मा विजयी हुुुनुुभएका मालिका गाउँपालिका–१ निस्कोटका याम परियार दोस्रो बन्नुुभयो । विसं २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जित्नुभएका खत्रीले २०७८ मा सहभागिता जनाउनुुभएको थिएन भने २०७९ मा यामसँग पराजित हनुुभएको थियो । निरन्तरको अभ्यास, शारीरिक व्यायम र स्वच्छ खानपानले उपाधि जित्न सहयोग गरेको उहाँको भनाइ थियो । “विसं २०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिको रुपमा काम गर्दा तयारी नपुुगेर सफल भएको थिइन”, खत्रीले भन्नुुभयो, “यसपालि करिब एक महिनादेखि तयारी गरेको थिए । सफल भए ।

सोख पूरा भएको छ । खुुसी छुु ।” मालको सम्मानले समाजमा स्थापित गराउन र गत निर्वाचनमा उम्मेदवार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुुभव छ । भलिबल र बास्केटबलका खेलाडीसमेत रहनुभएका र स्नातक तहको शिक्षा हासिल गर्नुभएका खत्री नेकपा (माओवादी केन्द्र)को वडा कमिटीका अध्यक्ष पनि हुुनुहुन्छ । जनप्रतिनिधिको जिम्मेवारी पूरा गरेपछि खेल प्रशिक्षक बन्ने उहाँको लक्ष्य छ । खत्रीलाई गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जाली, धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगर, पूर्वउपध्यक्ष रेशम छन्त्याललगायतले सम्मान गर्नाका साथै स्थानीयवासीले काँधमा बोकेर बाजागाजासहित गाउँ परिक्रमा गराएका थिए ।

माललाई फेटा गुुटाएर सम्मानका साथै नगद उपहार दिने चलन छ । म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । यस वर्षको दसैँको नवमीका दिन करिब पाँच हजारभन्दा बढीले ताकमकोतमा पूजाआजा गरेका पुजारी गोविन्द पौडेलले बताउनुभयो । कोतघर र मन्दिर पुुनःनिर्माण, सडक सुविधा र प्रचारप्रसार भएका कारण ताकमकोतमा धार्मिक पर्यटकको आगमन बढेको छ । समुुद्री सतहदेखि दुुई हजार दुुई सय मिटर उचाइमा रहेको ताकमकोतबाट धौलागिरि, अन्नपूर्ण र गुुर्जा हिमालका साथै अग्ला पहाड, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

Previous Post

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालको शुभकामना

Next Post

मौसमी रुघाखोकीबाट कसरी बच्ने ?

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
मौसमी रुघाखोकीबाट कसरी बच्ने ?

मौसमी रुघाखोकीबाट कसरी बच्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In